
धनगढी, फागुन ५ गते । प्रदेश ७ को मन्त्रीमण्डल गठन भएको छ । सो मन्त्री मण्डलमा माओवादी केन्द्रकी विनिता चौधरी भूमी व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी पाउनुभएको छ ।
प्रदेश ७ मा मुख्यमन्त्री त्रिलोचन भट्टको नेतृत्वमा शनिबार ७ सदस्यीय मन्त्रीमण्डल गठन भएको छ । वाम गठबन्धन आवद्ध एमाले र माओवादी पार्टीले तीन दिनको कसरतपछि आज सबै मन्त्रीको टुङ्गो लगाएका थिए ।
प्रदेश ७ मा मुख्यमन्त्री त्रिलोचन भट्टको नेतृत्वमा शनिबार ७ सदस्यीय मन्त्रीमण्डल गठन भएको छ । वाम गठबन्धन आवद्ध एमाले र माओवादी पार्टीले तीन दिनको कसरतपछि आज सबै मन्त्रीको टुङ्गो लगाएका थिए ।
एमालेले चार र माओवादीले मुख्यमन्त्रीसहित तीन मन्त्रालय पाएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रीमा एमाले संसदीय दलको नेता प्रकाश शाह, भौतिक पूर्वाधार मन्त्रीमा पठानसिंह बोहरा, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रीमा माया भट्ट चयन हुनुभएको छ ।
यसैगरी, सामाजिक विकास मन्त्रीमा दीर्घ सोडारी, आर्थिक तथा योजना मन्त्रीमा झपट बोहरा, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा विनिता चौधरी चयन हुनुभएको छ । बोहरा र चौधरी माओवादी पार्टीका हुनुहुन्छ । मुख्यमन्त्रीसहितका सबैमन्त्रीले आजै शपथ ग्रहण गरेका छन् ।
प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा प्रदेश मोहनराज मल्लले मुख्यमन्त्री सहित मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएको हो । मन्त्री चौधरी भजनी नगरपालिका धनौरा कैलालीको स्थायी बासिन्दा हुनुहुन्छ ।




