थारु संस्कृतिको संरक्षणकानिम्ति दाङमा गठन भयो ख्याल बगाल


दाङ, फागुन १९ गते । थारु भाषा, संस्कृतिको संरक्षणकानिम्ति थारु युवायुवतीहरुको भेलाले सबि थारुको अध्यक्षतामा १३ सदस्यीय ख्याल बगाल तदर्थ समिति गठन गरेको छ ।

भेलाले थारु भाषा ,संस्कृतिको संरक्षण तथा सम्बर्द्धन गर्ने उद्देश्यका साथ ख्याल बगाल गठन गरेको बताएको छ । भेलाको उपाध्यक्षमा विष्णु कुसुम ,सचीवमा प्रवीण चौधरी ,कोषाध्यक्षमा महेश चौधरी, सहसचिवमा तिर्थराज चौधरी, सदस्यहरु प्रमोद चौधरी, उर्मिला चौधरी, विष्णु चौधरी, उदिराम चौधरी, निता चौधरी, अन्जना चौधरी, सन्देश चौधरी र शिवहरी चौधरी रहेका छन् ।

कार्यक्रमका वक्ता हरुले भाषा, संस्कृति कला र परम्परा जोगाउन हरेक समुदायका युवायुवतीहरुको काँधमा विशेष दायित्व रहेको बताएका थिए ।

कार्यक्रमका वक्ता हरुले भाषा, संस्कृति कला र परम्परा जोगाउन हरेक समुदायका युवायुवतीहरुको काँधमा विशेष दायित्व रहेको बताएका थिए ।

ख्याल बगालका सल्लाहकारमा प्राध्यापकद्वय कनैलाल चौधरी, केबि चौधरी, साहित्यकार छबिलाल कोपिला, शिक्षक श्रीराम दहित, कानुनी सल्लाहकारहरु अधिवक्ताद्वय रामशरण चौधरी र श्रीराम चौधरीलाई राखिएको बागलले बताएको छ ।

त्यस्तै प्रेस संयोजकमा थारु पत्रकार संघ प्रदेश पाँचका अध्यक्ष सन्तोष दहित तथा कार्यक्रम संयोजकमा लालु थारुलाई राख्ने निर्णय गरेको बागलका अध्यक्ष सवि थारुले बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि रेग्मीले संस्कृति संरक्षण गर्नु भनेको मानव सभ्यताको संरक्षण र सम्बर्द्धन गर्नु हो भन्नुभयो ।

तपाईको प्रतिक्रिया