थारु कल्याणकारिणीसभा चितवनको १२ औं अधिवेशनको तयारी पूरा


कारी महतो
चितवन, फागुन २३ गते । थारु कल्याणकारिणी सभा (थाकस) चितवनको फागुन २४–२६ गते हुने १२ औं अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ । अधिवेशन मूल आयोजक समितिका संयोजक एवं थाकस चितवनका सभापति विश्राम महतोले अधिवेशनको सबै तयारी पूराभएको बताए ।

भरतपुर महानगरपालिका २२ पटिहानीको धनौजीमा हुन गइरहेको अधिवेशन चितवन क्षेत्र नं. ३ (ख) निर्वाचित प्रदेश साँसद रामलाल महतोले उदघाटन गर्नेछन । उदघाटन अगाडि झाँकी ¥यालीसहितको शोभायात्राले स्थानीय बजार परिक्रमा गर्ने जनाइएको छ । उदघाटन समारोहमा चितवनमा बसोबास गरी संगठित भएका सम्पूर्ण आदिवासी जनजातिका छाता संगठनहरुका प्रनिनिधिहरुलाई आमन्त्रण गरिएको छ ।

२४ गते हुने उदघाटन समारोहमा थारु लगायत विभिन्न जातजातिका साँस्कृतिक नाचगीत र अतिथिहरुको शुभकामना मन्तव्यकालागि समय छुट्याइएको छ ।

२४ गते हुने उदघाटन समारोहमा थारु लगायत विभिन्न जातजातिका साँस्कृतिक नाचगीत र अतिथिहरुको शुभकामना मन्तव्यकालागि समय छुट्याइएको छ । सोहि दिन थाकसले भरतपुरमा निर्माण गरेका थारु छात्रावास निर्माणका लागि सहयोग गर्ने विभिन्न व्यक्तिहरु, स्थानीय निर्वाचनमा निर्वाचित प्रमुख र उपप्रमुखहरु र दुईजना थारु पत्रकारहरुलाई सम्मान गरिने सभापति विश्राम महतो बताए ।

२५ र २६ गत थाकसको आर्थिक प्रतिवेदन, कार्यप्रगति प्रतिवेदन, साँगठनिक प्रतिवेदन र भावी कार्ययोजनाका साथै समुदायका समसामयिक विषयहरुबारे बहस, छलफल र निर्णय गर्दै निर्वाचनसत्रमा आगामी कार्यकालकालागि नयाँ नेतृत्व चयन गर्नेछ ।

तपाईको प्रतिक्रिया