थारु महिला सभा सुनसरीको दोस्रो जिल्ला अधिवेशन चैत्र १० मा हुने


सुनिल चौधरी
सुनसरी, फाल्गुन २८ गते । थारु कल्याणकारिणीसभाको भातृ संगठन थारु महिला सभा सुनसरीको दोस्रो जिल्ला अधिवेशन आगामी चैत्र १० गते हुने आयोजकले बताएको छ । अधिवेशनको भव्य तयारी शुरुभएको जिल्ला अध्यक्ष सुशीला चौधरीले बताएकी छिन् ।

अध्यक्ष चौधरीकाअनुसार कार्यक्रम ईटहरी ९ स्थित श्री जनता मा.बि.को प्राङ्गनमा हुनेछ । अधिवेशनलाई सफल पार्न गाउँ, नगर समितिको पुनर्गठन भइरहेको सभाले जनाएको छ । अधिवेशन तयारीकालागि विभिन्न उपसमिति गठन गरिएको छ । आर्थिक उपसमिति, प्रचारप्रसार उपसमितिलगायतको उपसमिति गठन गरिएको जिल्ला सचिव चिना खवासले बताइन् ।

अध्यक्ष चौधरीकाअनुसार कार्यक्रम ईटहरी ९ स्थित श्री जनता मा.बि.को प्राङ्गनमा हुनेछ । अधिवेशनलाई सफल पार्न गाउँ, नगर समितिको पुनर्गठन भइरहेको सभाले जनाएको छ ।

चैत ७ गतेसम्म गाउँ र नगर कमिटीहरुको पुनर्गठन, प्रतिनिधि र पर्यवेक्षकको नामावलीको सूची तयार गर्ने र प्रवेस शुल्क पठाउन गाउँ तथा नगर कमिटिलाई परिपत्र गरिएको सभाले बताएको छ । गाउँ कमिटि प्रतिनिधिकालागि बिवाहित महिला २ जना र एकजना पर्यवेक्षक, नगर कमिटि प्रतिनिधिकालािग महिला २ जना र दुईजना पर्यवेक्षक, उपमहानगर कमिटिबाट प्रतिनिधिकालागि महिला ३ जना र तीनजना पर्यवेक्षक रहने सभाले बताएको छ ।

जिल्ला सभाकाअनुसार सबै स्थानिय तह समितिका प्रतिनिधि सभाकालागि प्रवेस शुल्क जनही १ हजार र पर्यवेक्षककालागि ५ सय रुपैया तोकिएको छ ।

तपाईको प्रतिक्रिया