
नेपाली जातजातिको फुलवारीमा रहेका एकसय २६ जातजातीमध्ये सम्पूर्ण जनसंख्याको ६ दशमलव ६ प्रतिशत पुर्व मेचिदेखि पश्चिम महाकालीसम्म २२ जिल्लामा स्थायीरुपमा थारुहरु बोसोवास गर्छन् । यो जाती समुदाय स्वभावले शान्त, इमानदर, मेहनती, छलकपट धेरै नजान्ने, सीधा वोल्ने र हठी स्वभावका हुन्छन् । जसलेगर्दा सहनसम्म सहन्छन् । असहय भएपछि भिड्छन्, कसैको सुन्दैनन् । यही कारणले गर्दा अहिले अन्य जातजातिको तुलनामा पछाडि परेका छन् । थारुहरु अन्य जातजातिसँग मिलेर बस्ने जाती.हो । नेपालको उत्तरीपहाड र दक्षिणको तराई क्षेत्रलाई जोडेर राखेका छन् । यो जाती संरक्षकको रुपमा हजारौ वर्षदेखि काम गर्दै आएको छ । तराईलाई उर्वरभुमी बनाउने श्रेय थारुलाई नै छ । जुन बैज्ञानिक परिक्षणद्वारा थारुहरुको शरीरमा पाउने मलेरियाविरोधी शक्तिले प्रमाणित गरेको पाइन्छ ।
थारु समुदाय धेरै बसाईसराई गर्दैनन् । त्यसैले देशलाई अत्यधिक माया गर्ने जाति हो भन्न हिचकिचाउँदिनन् । देश निर्माण र संचालनकालागि जुनरुपमा प्रतिनिधि आउनु पर्ने हो, त्यसरी आउन पाएका छैनन् । दलहरु पनि आफ्ना कुरा मान्नेलाई मात्र सधैं बोकेर हिड्छन् । जसलेगर्दा नयाँ प्रतिनिधि वा सक्षमहरुले ठाउँ पाउन सकेका छैनन् । एक पटक ठाउँ पाईसकेकाहरु शक्तिका स्वाद पाइराख्न पटकपटक राज्यबाट पाउने सुविधाहरु लिइरहेका छन् । नयाँलाई अवसर दिनुपर्छ भन्ने भावना समेत राख्दैनन् । जसलेगर्दा राजनीतिप्रति नयाँपुस्ता त्यति ध्यान दिदैन । नीति निर्माण तहमा पुगेकाहरु समाज सुधारका प्रयास प्रभावकारीरुपमा गर्नसकेका छैनन् । बरु व्यक्तिगत जीवनमै सीमित देखिन्छन् । जसले गर्दा समाजले काचुली फेर्न पाएको छैन् । सामाजिक रोगहरु फैलिदैछ ।
बहुसंख्यक थारु समाज उपचार पद्धतिकालागि धामीझाँक्री र डाइनबोक्सी मान्ने गरेको पाइन्छ । जसले जेभने पनि यो मान्ने प्रथा मलजलकासाथ चल्दैछ ।
संसार एक्काइसांै सताब्दीमा बाँची रहँदा थारुहरु परम्परागत प्रथाहरुमा अहिले पनि बाँची रहेको छ । सांस्कृतिकरुपमा धनी थारुहरुको आफ्नै पहिचान, भेषभुषा, भाषा, रहनसहन, नृत्य, गीत संगीत, खानपान र विश्वास प्रणाली छ । पुस्तैपुस्ता देखिको उपचार प्रणाली छ । वर्षौदेखि गरिने असल अभयासहरु संगै विकृति, कुरीति पनि सँगै अभ्यास गर्दैछन् । केहि आधुनिक शिक्षादिक्षा लिएका व्यक्तिहरु विकृतिभन्दा टाढा छन् । तर बहुसंख्यक थारु समाज उपचार पद्धतिकालागि धामीझाँक्री र डाइनबोक्सी मान्ने गरेको पाइन्छ । जसले जेभने पनि यो मान्ने प्रथा मलजलकासाथ चल्दैछ । न्यायलयमा जिल्ला अदालतदेखि सर्वोच्च अदालतसम्म वोक्सी भनेर थुप्रै कुटपिटसहितका मुद्दा दर्ता भएका छन् । कतिले न्याय पाएका छन्, कति गाउँबाटै विस्थापित भएका छन् ।
भर्खरै यही ८ मार्च अन्तर्राष्ट्रिय दिवसको दिन भएको कैलालीको १८ वर्षिय राधासँग भएको घटना एक उदाहरण मात्र हो । यस्तो घटना थारु समाजमा अत्यधिक छ । सामाजिक सञ्जालमा तथा पत्रपत्रिकामा सबैले यसको विरोध गर्दैछ । म पनि यसको विरोधी हुँ । पीडितले न्याय पाउनु पर्दछ । अपराधीले सजाय पाउनु पर्दछ । तर केही महिनापछि नयाँ घटना घट्छ र सबैको ध्यान अर्कोतिर जान्छ । अन्याय अत्याचारको विरोध गर्नुपर्दछ । तर यसको स्थायी समाधान पनि राज्यल खोज्नु पर्नेछ । नभए यो निरन्तर चलिरहन्छ । मैले केही बर्ष पहिले थारु चलचित्रमा कैलालीको राधाको दृष्य हमर कन्यामा देखिसकेको छु । उहाँहरुले यो फिल्म बनाउँदा पक्कै पनि समाजमा रहेको अन्धविश्वासलाई हटाउनका लागि बनाएको हुनुपर्दछ ।
सबभन्दा महत्वपूर्ण कुरा धेरै धामी देखाउने वर्ग गरिव वर्ग हो । धामीले भनेपछि मात्र उपचारकालागि डाक्टरकहाँ लान्छन् । यसलाई आर्थिक समस्यासँग जोडेर हेर्न सकिन्छ । पैसा हुनेहरु गाउँमा बस्दैनन् ।
म थारु समाजको हुँ । त्यसैले मैलें वाल्यकालदेखि बोक्सी र धामी देंखे । यहाँसम्म कि बोक्सी भनाउँदाहरुलाई हेर्नेवितिक्कै टाउको दुख्ने हुनथाल्यो । धामी फुक्ने वित्तिकै ठीक हुन थाल्यो । म यसलाई चमत्कार मान्थे । यसलाई रहस्य र अनुसन्धानको विषय पनि मान्थे । हेर्ने वितिकै समस्या शुरु र फुक्ने वितिकै ठीक कसरी ? आज म बुभm्दै छु । म त मानसिक रोगी पो भएछु । हुन पनि, किन नहुनु ? बाल्यकालदेखि नै अचम्मका कथाहरु सुने । बोक्सीको, धामीको शक्तिको गुनगान सुने । कपाल ठाडो हुने, रुखमा चढेर उड्ने, पानीमा हिड्ने, मरेका बच्चा बाँचेको, आदि ।
मेरो समाजमा अत्यधिक महिलाहरु भुतलाग्ने अर्थात बहुचारित्रिक रोगबाट ग्रसित छ । यसको उपचार कस्ले गर्ने ? एकजनालाई भएको भए यसलाई समस्या मान्थे तर यो विरामी गाउँ गाउँमा, टोलटोलमा, घरघरमा छ । पुर्वदेखि पश्चिमसम्म यो समस्या छ । कोई बोल्ला कोइ नबोल्ला । यो अन्य समाजमा पनि छ । डाइनको नामको लक्षित वर्ग तल्लो वर्ग भनाउँदा गरिवहरु यसका अत्यधिक शिकार भएका छन् । अचम्म, गाउँमा कामगर्ने केही स्वस्थ्यकर्मीको मुखबाट पनि सुनेको छु । उपचार गर्दा कुनै समस्या देखिदैन । तर गुरुवाले (धामीले) फुकेपछि ठीक हुन्छ ।
सबभन्दा महत्वपूर्ण कुरा धेरै धामी देखाउने वर्ग गरिव वर्ग हो । धामीले भनेपछि मात्र उपचारकालागि डाक्टरकहाँ लान्छन् । यसलाई आर्थिक समस्यासँग जोडेर हेर्न सकिन्छ । पैसा हुनेहरु गाउँमा बस्दैनन् । गाउँ बस्नेहरु महङ्गो र प्रकृयामुखी स्वास्थ्य सेवा लिन नसकेर धामीकोमा जान्छन् । जुन प्रायः शुरुमा सस्तो र निःशुल्क देखिन्छ । संसारभरका बोक्सी र भुतप्रेतका बारेमा साहित्यहरु पढ्दा हेरी पोटर, हेनसेल ग्रेटलको कथा पढ्दा, राज फिल्म हेर्दा त्यो मनोरञ्जनका लागि देखिन्छ जस्तोलाग्छ । ती देशका व्यक्तिहरु विरामी पर्दा उपचार गर्न अस्पताल वा स्वास्थ्य संस्थामा जान्छन । किनभने उनीहरु स्वास्थ्य विमा राज्यद्वारा सुनिश्चित गरिएको हुन्छ ।
नेताकालागि करोडौं रकम पनि पुग्ने, सर्वसाधारण उपचारै नपाउने ? धामी झाँक्री नमाने के मान्छ ? यो विकृति हटाउनका लागि सबैकालागि सधैका लागिको निःशुल्क स्वास्थ्य उपचार बर्षौको नारा यथार्थमा लागु हुन जरुरी छ ।
हाम्रो समाजमा निःशुल्क स्वास्थ्य उपचार धनी तथा राजनेताहरु बाहेक आमजनतासम्म आइपुगेको छैन् । निःशुल्क स्वास्थ्य २० वर्षदेखि सुन्दा कान थाकिसक्यो । यो अलि निःशुल्क स्वस्थ्य चौकीसम्म आए पनि विरामीको मुखसम्म आउन सकेन । आम नेपाली जनता के गरोस ! देशका केही जिल्लामा स्वास्थ्य विमाको सुविधा दिएपनि मनसाय भन्ने अर्कै देखिन्छ । किनकि विमा गराएको ५ महिना पछिमात्र सुविधा दिदो रहेछ । एउटा गरिवले किन ५ महिना पहिले लगानी लगाउनु पर्दछ ? परिवारमा एकजना भएपनि रुपया २५ सय ५ जना भएपनि त्यतिकै । हुनेका लागि ठीक, नहुनेकालागि त पहाड । आज विमा गरेर भोलीदेखि उपचार पाउन, राम्रो सुविधा भएको अस्पतालमा उपचार गराउन पाउने पहल सरकारले गर्नु आवश्यक छ । नाममात्रको स्वास्थ्य विमाको काम छैन् ।
विरामी जोकोही पनि पर्छ । यो मानवीय प्रकृति हो । धनीदेखि गरिवसम्म, गाउँकमा बस्नेदेखि शहरमा बस्नेसम्म, वरिष्ट नेतादेखि सर्वसाधारणसम्म । नेताकालागि करोडौं रकम पनि पुग्ने, सर्वसाधारण उपचारै नपाउने ? धामी झाँक्री नमाने के मान्छ ? यो विकृति हटाउनका लागि सबैकालागि सधैका लागिको निःशुल्क स्वास्थ्य उपचार बर्षौको नारा यथार्थमा लागु हुन जरुरी छ । आधुनिक सुविधाद्वारा समाजमा रहेका रोगीहरुलाई निर्मुल पार्नुपर्यो । यदि देश संवृद्ध बनाउनुछ भन्ने स्वस्थ्य जनता बनाउने दायित्व पनि राज्यको हो । म कैलाली घटनालाई अरुभन्दा फरकरुपमा बुझेको छु र बुझाउन चाहन्छु ।



