
सुनिल चौधरी
झुम्का, चैत्र २ गते । कृषि राज्यमन्त्रिमा रामकुमारी चौधरी नियुक्तहुदा रामधुनी नगरमा माओवादि केन्द्र नगरकमिटिले दिपावली गरेको छ । चौधरी ओली नेतृत्वको सरकारमा एकजनामात्र थारु मन्त्री हुनुभएको हो ।
रामधुनी नगरबाटै पहिलो पटक मन्त्रि बनेको अवसरमा खुसियाली मनाउदै शुक्रवार साँझ झुम्का बजारमा दिपावली गरेको माओवादी केन्द्र वडा नं १ का अध्यक्ष शुरेस चौधरीले बताउनुभयो ।
रामकुमारी चौधरी वामगठबन्धनबाट प्रतिनिधि सभा चुनावमा समानुपातिक तर्फबाट उमेदवार रहनु भएको थियो । चौधरी रामधुनी वडा नं. ८ का स्थानिय वासिन्दा हुनुहुन्छ । प्रतिनिधि सभामा सुनसरी क्षेत्र नं. २ बाट उमेदवार रहनु भएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार तेस्रो पल्ट मन्त्री परिषद विस्तार गर्नुभयो । फागुन ३ गते तीन सदस्यीय मन्त्री परिषद बनाउनुभएका ओलीले १४ गते दोस्रो पटक सरकार विस्तार गर्नुभएको थियो । तर उहाँको नेतृत्वको सरकारमा कोही पनि थारु फूलमन्त्री बन्नु भएन ।




