
सुनिल चौधरी
झुम्का, बैशाख १ गते । थारु कानुन ब्यवसायी वरिष्ठ अधिवक्ता हेमनारायण चौधरी सम्मानित भएका छन् । कानून व्यवसायी सभा सुनसरी र मोरंगको संयुक्त आयोजनामा शनिबार यहाँ भएको कार्यक्रममा अधिवक्ता चौधरी सम्मानित भएका हुन् ।
नव बर्ष २०७५ सालको अवसरमा सभाको आयोजनामा भएको शुभकामना आदान प्रदान कार्यक्रम पनि गरिएको छ । वरिष्ठ अधिवक्ता चौधरी थारु समुदायकै गौरव भएकाले उनलाई सम्मानित गरिएको आयोजकले बताएको छ ।
सुनसरी र मोरंगका अधिवक्ताहरुको उपस्थितीमा फर्वाड बित्तिय संस्थाको दिनेस स्मृति सभाहल दुहबीमा भएको सो कार्यक्रममा बरिष्ठ अधिवक्ता चौधरीलाई प्रमुख अतिथी रामराज चौधरीले दोसल्लाह ओढाई सम्मान गरेका थिए । अध्यक्ष चौधरीले थारु कानुन ब्यवसायीहरु पनि बिभेदमा रहेको बताए ।
नेपाल बार एशोसिएशनमा थारुहरुको प्रतिनिधि नरहेकाले आरक्षणको ब्यवस्था गरी अनिवार्यरुपमा उपस्थिती गराउनु पर्ने अधिवक्ता चौधरीले माग गरे । त्यसैगरी उनले अहिलेको नेपालको संबिधान आदिवासीमैत्रि हुन नसकेको गुनासो गरे । पहिचान संरक्षणहुने गरी संविधान संशोधनको आवश्यकता उनले औल्याए ।
प्रदेशमा थारु मुख्य मन्त्रि बन्न नसक्ने गरी व्यवस्था गरिएको टिप्पणी गर्दै अध्यक्ष चौधरीले जायज माग राखि थारुहरुले गरेको आन्दोलनमा गोली ठोक्ने, झुठा मुद्दा लगाएर जेल हाल्ने काम सरकारले गरेको आरोप लगाए ।
कार्यक्रममा सम्मानित भएका बरिष्ठ अधिबक्ता चौधरीले अधिवक्ता पेशामा लाग्न थारु समुदायलाई आनुरोध गरे । समुदायमा यसको अनभिज्ञताले डर उत्पन्न भएर अगाडि बढन नसकेको उनको भनाई छ । त्यसैगरी थारु समुदायको समृद्धिकालागि सामाजिक बिकृतिहरु अन्त्य हुनुपर्ने उनले बताए ।
शुभकामना आदान प्रदान गर्दै अधिवक्ताहरु बिशेष अधिकार पहिचानको मुद्दामा अगाडि बढ्न सम्पुर्ण थारु कानुन ब्यवसायी एकजुट हुन आवश्यक रहेको बताए ।
सभाका जिल्ला अध्यक्ष अजय चौधरीको सभापतित्वमा भएको कार्यक्रममा थाकस केन्द्रिय सल्लाहकार मिलिराम चौधरी, जिल्ला सहसचिव शुरेन्द्र चौधरी, थारु महिला सभा जिल्ला अध्यक्ष शुसिला चौधरी, सम्पतलाल चौधरी, किशोरकुमार चौधरी, अचलराम चौधरी, ईश्वरचनद चौधरी, जनकलाल माझि, मनोजकुमार थनदार, दुलिचन्द चौधरी, दिनेस चौधरी लगायतकाले शुभकामना मन्तब्य राखेका थिए ।




