एमाले सचेतक शान्ता चौधरीलाई थारु कल्याणकारिणीको स्वागत सम्मान


सन्तोष दहित
दाङ, वैशाख ५ गते । थारु कल्याणकारिणी सभा दाङले बुधबार घोराहीमा एक कार्यक्रमबीच नेकपा (एमाले) की संसदीय दलकी सचेतक शान्ता चौधरीलाई स्वागत तथा सम्मान गरेको छ ।

सभाकी सल्लाहकार समेत रहनुभएकी चौधरी संसदीय दलको सचेतकजस्तो महत्त्वपूर्ण जिम्मेवारी पाएको भन्दै सभाको अध्यक्ष तेजमान चौधरीले जिल्लामा आएको समयमा थारु कल्याणकारिणी सभा दाङको तर्फबाट स्वागत तथा सम्मान गरेको बताउनुभयो ।

त्यसैगरि सभाले दाङमा बृहत थारु संग्रहालय बनाउन छलफल पनि गरेको छ । सभाको अध्यक्ष चौधरीको अध्यक्षतामा बसेको बैठकले दाङ जिल्ला थारु समुदायको उदगम थलो भएकाले दाङमा एेतिहासिक थारु संग्रहालय बनाउनुपर्ने कुरामा उपस्थित थारुले जोड दिएका थिए ।

कार्यक्रममा बोल्दै सचेतक शान्ता चौधरीले आफुले विगतदेखि यो बिषयमा आवाज उठाउँदै आएको बताउनुभयो । हामी एक हुन सकेका छैनौ, कसैले लमही, घोराही त कसैले तुलसीपुर भनिरहेका छौं, उहाँले भन्नुभयो, हामी एउटा निर्णय गरेर अघि बढेमा संग्रहालय बनाउन सक्छौं चौधरीले भन्नुभयो ।

सांच्चिकै नमुनायोग्य संग्रहालय बनाउने हो भने हामी एक हुन जरुरी छ, दाङमा थारु संग्रहालय अती आवस्यक भएको बताउदै चौधरी सबैलाई पायक पर्ने ठाउँमा जग्गाको खोजि गर्न सुझाव दिनुभयो । संग्रहालय बनाउने जिम्मा आफूले लिने उहाँले प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नं ८ का वडा अध्यक्ष चन्द्रप्रसाद चौधरी, थारु अगुवा केबि चौधरी, रामप्रसाद चौधरी, अशोक चौधरी, छविलाल कोपिला, प्रकाश चौधरी, सालिकराम चौधरी, माधब चौधरी, जगबिर चौधरी, सबि थारु, अनिल चौधरी, थम्मन चौधरी लगायतले बोल्नु भएकोथियो ।

तपाईको प्रतिक्रिया