थ्रेसर दुर्घटनाको मृतकः सोनम चौधरीलाई दशलाख दिने सहमति


कारी महतो
चितवन, जेठ २६ गते । थ्रेसर दुर्घटनामा परी मृत्यु भएको सोनम चौधरीको अफन्तजन र सवारीधनी बीच आपसी सहमति भएपछि मृतकको पोष्टमार्टम गरी अत्येष्टी गरिएको छ ।

सवारीधनीले पीडितपक्षलाई क्षतिपूर्ति तथा राहतस्वरुप दश लाख रुपैयाँ र क्रियाखर्चवापत पचास हजार रुपैयाँ दिने आपसी सहमति भएको छ । शवको पोष्टमार्टम गरी शनिबार अन्त्येष्टी गरिएको हो । उक्त सहमति थारु कल्याणकारिणी सभा चितवनको मध्यस्थतामा भएको थियो ।

सवारीधनीले पीडितपक्षलाई क्षतिपूर्ति तथा राहतस्वरुप दश लाख रुपैयाँ र क्रियाखर्चवापत पचास हजार रुपैयाँ दिने आपसी सहमति भएको   छ ।

सवारीधनीका पक्षबाट बोल्नेहरुले भने “यो घटना जानीबुझी घटाइएको नभई अचानक घट्न गएको दुर्घटना हो । दुर्घटना कहिल्यै पनि नियतवश हुँदैन । बिचल्लीमा परेकी छोरीको भविष्यका लागि उनकै नाममा दश लाख रुपैयाँ राहत तथा क्षतिपूर्ति दिन मन्जुर छौं ।”

क्षतिपूर्तिबारे आपसी सहमति भएपनि जिल्ला प्रहरी कार्यालयले जाहेरीमा किटान गरिएको व्यक्ति फरक पर्न गएकोले जाहेरी लिन मानेनन् । जेठ २३ गते ट्रेक्टरमा थ्रेसर जोडी धान दाइँ गरिरहेको बेलामा ट्रेक्टरसहित थ्रेसर ब्याक भई सोनम चौधरीको मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया