महिला शसक्तिकरणकालागि अभिमुखीकरण नेतृत्वविकास तालिम


रामधुनी (सुसनरी), जेठ २६ गते । युवा महिलाहरुको नेतृत्व तथा सशक्तिकरणकालागि एक दिवसीय महिला अभिमुखीकरण तथा नेतृत्व विकास तालिम सम्पन्न भएको छ ।

थारु महिला उत्थान समाज सुनसरीको आयोजना तथा रामधुनी नगरपालिका ५, कार्यालयको आर्थिक सहयोगमा आयोजित तालिममा सुनसरीका ४० जना युवा महिलाहरुको सक्रिय सहभागिता रहेको थियो । महिलालाई अभिप्रेरित तथा उत्प्रेरित गर्नेगरी तालिमको आयोजना गरिएको उत्थान समाजकी अध्यक्ष सीता चौधरीले बताउनुभयो ।

तालिमको उदघाटन रामधुनी ५ वडाका अध्यक्ष देगराज फुँयालले गर्नुभएको थियो । अध्यक्ष चौधरीको सभापतित्वमा भएको कार्यक्रममा फुँयालले महिलाको सशक्तिकरणले नेपाली समाजको सशक्तिकरण हुने र त्यसकालागि जनप्रतिनिधिहरुसँग संघ संस्थाको सहकार्यको आवश्यकता औल्याउनुभएको   थियो ।

कार्यक्रममा पत्रकार लिला भट्टराईले प्रशिक्षण दिनुभएको थियो । मानिसमा भएको क्षमतालाई सुशुप्तरुपमा राख्नुभन्दा भएको क्षमताको प्रदर्शनकालागि मानिस स्वयम् अग्रसर हुनुपर्ने सुझाव उहाँले दिनुभएको थियो । महिलाहरुमा रहेको अदभूत क्षमता र सिर्जनशीलतालाई समाजका लागि सदुपयोग गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

थारु कल्याणकारिणीसभाको भवनमा भएको कार्यक्रममा सहभागी युवा महिलाहरुले तालिमबाट नेतृत्व विकासको धेरै कुराहरु सिक्ने अवसर मिलेको भन्दै आयोजक संस्थालाई धन्यवाद ज्ञापन गर्नुभयो । महिलाहरुलाई उत्प्रेरित गर्न आवश्यक रहेको भन्दै उहाँहरुले समय समयमा उत्थान समाजले यस्ता कार्यक्रमको आयोजना गरिरहुनपर्ने सुझाव सहभागीहरुले दिएका थिए ।

तपाईको प्रतिक्रिया