थारु महिला सभा सुनसरीको अध्यक्षमा सुशीला लेखी थारु चयन


धिरेन्द्र चौधरी
रामधुनी, असार २४ गते । थारु महिला सभा, सुनसरी जिल्ला कार्य समितिको अध्यक्षमा सुशीला लेखी थारु सर्बसहमती बाट चयन हुनुभएको छ । यसअघि सभाको अध्यक्षमा सुशीला चौधरी हुनुहुन्थ्यो ।

सुनसरीको सदरमुकाम इनरुवामा भएको सभाको पुनर्गठन कार्यक्रममा सभाको उपाध्यक्षमा रन्जना चौधरी, सचीवमा पार्वती चौधरी, सहसचिवमा ममता चौधरी चयन हुनुभएको छ ।

त्यसैगरी कोसाध्यक्षमा चिना खवास थारु र सदस्यहरुमा सुनिता गच्छदार, श्याम कुमारी चौधरी, आरति चौधरी र बिमला चौधरी चयन हुनुभयो ।

थारु महिला सभा, केन्द्रिय कार्य समितिका सचीव शुसिला चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कर्यक्रममा सभाकी केन्द्रिय सचिव चौधरीले नव गठित कार्य समितिलार्इ अबिर लगाइ कर्यकालको सफलताको शुभकामना प्रदान गर्नुभयो ।

यस अघि थामस, सुनसरीको अध्यक्ष शुसिला चौधरी रहेकोमा उहाँ सभाको केन्द्रीय सचीव भएपछि सुनसरी महिला सभाको पुनर्गठन गरिएको हो ।

तपाईको प्रतिक्रिया