झुम्काको एक घरमा अज्ञात समुहको आक्रमण दुईजना गम्भीर घाइते


सुनिल चौधरी

झुम्का, असार ३० गते । सुनसरीको झुम्का बजार नजिकमा गएराति एक अज्ञात समुहको धारिलो हतियार प्रहारले दुईजना गम्भिर घाईते भएका छन् । एकजनाको अवस्था चिन्ताजनक छ ।

रामधुनी वडा नं. १ झुम्काकी स्थानियवासी लक्ष्मी चौधरीलाई गएराति अज्ञात समुहले घरमै प्रवेश गरेर हतियार प्रहार गरेको थियो । उनको अवस्था गम्भीर छ ।

कमलदेबि थरुनीकी १९ बर्षिय छोरी चौधरी राति घरमा सुतिरहेको अवस्थामा करिब पाँच जनाको समुहमा आएका हतियारधारि समूहले धारिलो हतियार प्रहार गरेर घाईते बनाएको हो । चौधरीको हात, खुट्टा, टाउकोमा गम्भीर चोट रहेको छ । अर्काब्यक्ति पाहुना आएका २६ बर्षिय आदित्य भन्ने माधव चौधरीलाई पनि सो समूहले धारिलो हतियार प्रहार गरी गम्भिर धाईते बनाएको छ । धाईते दुवैको धरानस्थित बिपि प्रतिष्ठानमा उपचार भईरहेको ईलाका प्रहरी चौकी पकलीका प्रहरी निरिक्षक अम्बर निरौलाले बताउनुभयो ।

प्रहरी निरिक्षक निरौलाका अनुसार शरीरमा काटिएको ठाउँबाट रगत धेरै बगेकाले माधव चौधरीको अवस्था चिन्ताजनक रहेको छ । लक्ष्मीे चौधरी भने बोल्नसक्ने अवस्थामा रहेको जानकारी दिनु भयो ।

हतियारधारिहरुको पहिचान हुन नसकेको प्रहरीले बताएको छ । घाइते चौधरीको बयानपछि अज्ञात समूह पक्राउ पर्ने विश्वास प्रहरीले लिएको छ । अपराधीको खोजिकार्य तिब्र बनाएको ईलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।

घटना गएराति करिब एक बजे भएको स्थानियहरुले बताएका छन् । दुईतले पक्की घरको भवनमा अगाडिको केहि भाग घर भत्किएको स्थानबाट हतियारधारि प्रवेश गरेर आक्रमण गरेको स्थानीयको भनाई छ ।

तपाईको प्रतिक्रिया