आर.एन. चौधरी
मलेसिया, साउन १ गते । मलेसियामा रहेका थारुहरुको जातिय, समाजिक संस्था प्रवासी थारु सेवा समाज मलेसियाको क्षेत्रीय कमिटी गठन भएको छ । हालै मलेसियाको पेनाङमा भएको प्रथम अधिबेशन कार्यक्रमले परशुराम चौधरीको अध्यक्षतामा ५५ सदस्यीय क्षेत्रीय कमिटी गठन गरेको हो ।
उपाध्यक्षमा क्रमशःदिपेश महतो थारु, महिला उपाध्यक्ष प्रमिला चौधरी, महासचिव मनिस चौधरी, सचीव दिपक चौधरी, सहसचीव अर्जुन चौधरी, कोषाध्यक्ष जितकुमारी चौधरी, सहकोषाध्यक्ष जङ्गबिर चौधरी, सञ्चार सचीव हेमसंकर चौधरी रहेका छन् ।
त्यस्तै सदस्यहरुमा पतिराम, प्रदिप, गणेश, प्रमोद, गणपति, मनोज, रितेश, सम्तराण, सागर, बिकास, सरद कुमार, रामवरण, प्रमोद, नारायण चौधरी रहेको आयोजकले बताएको छ ।
परशुराम चौधरीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी समाजका केन्द्रिय अध्यक्ष मनिराम थारु, विशेष अतिथिमा समाजका संस्थापक र संरक्षक समाजिक अभियन्ता तथा पत्रकार घनश्याम चौधरी (आरएन), महिला उपाध्यक्ष सरिता चौधरी, शेर्पा किदुग मलेसियाका महिला उपाध्यक्ष पासाङ ल्हामु शेर्पा, अतिथीहरुमा रमेश धम्लह्वा चौधरी, कृष्ण चौधरी, आनन्द चौधरीको सहभागिता थियो ।
सोहीअनुसार कार्यक्रममा सुनुवार सेवा समाज मलेसियाका प्रमुख सल्लाहकार राज सुनुवार, नेपाल मगर संघ क्षेत्रीय समिति पेनाङका अध्यक्ष युवराज मगर, श्रवन लुङ्गेली मगर, दलित एकता संजाल मलेसियाका महिला उपाध्यक्ष राधा लुहार, जन उद्दार केन्द्र मलेसियाका सहसचीव मिलन मगर लगायत स्थानीय कलाकारहरु संगै विभिन्न जातिय संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।
दिपेश महतो थारुले सञ्चालन गरेको कार्यक्रममा थारु संस्था मलेसियामा स्थापना गर्नुको लक्ष्य, उदेश्य बारे संस्थापक आरएन चौधरीले प्रष्ट पारेका थिए । उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि थारु समाज मलेसियाका केन्द्रिय अध्यक्ष मनिराम थारु, विशेष अतिथि समाजका केन्द्रिय महिला उपाध्यक्ष सरिता चौधरी, शेर्पा किदुग मलेसियाका महिला उपाध्यक्ष तथा सक्रिय समाजसेवी युवती पासाङ ल्हामु शेर्पा, सभापति परशुराम चौधरीले संयुक्त रुपका दिप प्रज्वलन गरि गरेका थिए ।
कार्यक्रममा थारु खाना परिकारका साथसाथै मनोरञ्जनकालागि थारु समुदायको नृत्य समेत प्रदर्सन गरिएको थियो।