एजेन्सी, जेठ ९ गते । विश्वको सबैभन्दा ठूलो प्रजातान्त्रिक मुलुक भारतको हालै सम्पन्न लोकसभा चुनावको मतगणना बिहीबार विहानबाट शुरुभएको छ । ५४३ लोकसभा सिटका लागि ३९ दिन लगाएर सात चरणमा मतदान भएको थियो । प्रारम्भिक नतिजाअनुसार भारतीय जनता पार्टी (भाजपा) ले शुरुवाती अग्रता लिएको छ ।
गत अप्रिल ११ मा पहिलो चरणको मतदान शुरु भई मे १९ मा अन्तिम सातौँ चरणमा मतदान सम्पन्न भएको थियो । अधिकांश एक्जिट पोलमा वर्तमान सत्तारुढ एनडिए गठबन्धनलाई नै यसपटक पनि बहुमत आउने अनुमान गरिएको छ । तर कांग्रेससहितको विपक्षी गठबन्धन युपिएले एक्जिट पोलमा सत्यता नरहेको बताएका छन् । कांग्रेस अध्यक्ष राहुल गान्धीले ट्वीट गरेर आफ्ना कार्यकर्तासँग धैर्य गर्न आग्रह गरेका छन् ।
यसपटकको चुनावमा ९० करोड भन्दा बढि मतदाता योग्य थिए, ५४३ लोकसभा सिटका लागि । भारतको चुनावमा मतदान योग्य व्यक्तिको संख्या विश्वको कुल जनसंख्याको १० प्रतिशत भन्दा बढि छ ।
भारत सन् १९४७ मा बेलातबाट स्वतन्त्र भएपछि पहिलो पटक सन् १९५१–५२ मा चुनाव भएको थियो । यो चुनावलाई प्रधानमन्त्री नरेन्द्र मोदीको समीक्षाका रुपमा पनि लिइएको छ । भारतको जनसंख्या अहिले करिब १ अर्व ३४ करोड छ ।
सन् २०१४ को चुनावमा भन्दा यसपटक ८३ मिलियन मतदाता थपिएका छन् । निर्वाचित भएका लोकसभा सदस्यबाटै सबैभन्दा ठूलो दल अर्थात बहुमत ल्याउने दलका नेता प्रधानमन्त्री बन्नेछन् । त्यस्तो हुन नसके गठबन्धनका नेता प्रधानमन्त्री बन्नेछन् ।
अहिलेका प्रधानमन्त्री नरेन्द्र मोदीका मुख्य प्रतिद्वन्द्वीका रुपमा कांग्रेसका राहुल गान्धीलाई हेरिएको छ । भारतको संसदमा लोकसभा र राज्यसभा गरी दुई सदन छ । लोकसभा सबैभन्दा शक्तिशाली छ । लोकसभामा रहेका ५४३ सिट मध्य बहुमतका लागि २७२ सिट चाहिन्छ ।
पछिल्लो चुनाव अर्थात सन् २०१४ को चुनावमा नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टी ९बिजेपी० ले २८२ सिट जितेको थियो । राहुल गान्धीको पार्टी कांग्रेसले ४४ सिट मात्रै जितेको थियो । कांग्रेसले सन् २००९ को चुनावमा २०६ सिट जितेको थियो ।
मतगणना सुरू ४३ सिटमध्ये बीजेपी गठबन्धन २४ वटामा अघि रहेको टाइम्स अफ इण्डियाले उल्लेख गरेको छ। भारतीय कंग्रेसको गठबन्धनले १४ सिट ल्याएर उसलाई पछ्याइरहेको छ। अरूले भने ५ सिटमा अग्रता लिएका छन्।
एनडिएमा भाजपासँगै शिव सेना, शिरोमणि अकाली दल, लोक जनशक्ति पार्टीलगायत पार्टी छन्। पाँच वर्षअघि भाजपाले २६७ सिट पाएको थियो भने गठबन्धनले २८२ सिट जितेको थियो। त्यतिबेला कंग्रेस आई ४४ सिटमा खुम्चिएको थियो। कंग्रेसले बनाएको युनाइटेड प्रोग्रेसिभ अलाइन्सले ६९ सिट पाएको थियो।
भारतमा २० करोड भन्दा बढि मुस्लिमको बसोबास छ । प्रारम्भिक चरणमा मोदी गठबन्धनलाई परिणाम राम्रा देखिए पनि अझै यसको मूल्याकन गर्न भने हतार हुन्छ । नोटबन्दी समस्या मोदी सरकारलाई चुनौति थपिन सक्ने कतिपयको आँकलन छ ।