एजेन्सी, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई थप पाँच वर्षको कार्यकालका निम्ति ुऐतिहासिक जनादेशु दिएको भन्दै भारतीय जनतालाई धन्यवाद व्यक्त गरेका छन्।
बिहीवार साँझ दिल्लीस्थित पार्टी मुख्यालयमा प्रवेश गर्दा उनलाई समर्थकहरूले गुलाफको फूल वर्षाएर स्वागत गरेका थिए । हामी सबै एक नयाँ भारत चाहन्छौँ। म नतमस्तक भई धन्यवाद भन्न चाहन्छु,ू भारतीय जनता पार्टी ९भाजपा० का समर्थकहरूलाई सम्बोधन गर्दै उनले त्यस्तो भने ।
आउने दिनहरूमा म नराम्रो अभिप्राय वा उद्देश्यले कुनै काम गर्नेछैन। काम गर्दैगर्दा गल्ती पनि हुनसक्छ। तर खराब नियतले केही गर्ने छैन। तपाईँहरूले ममाथि यत्रो भरोसा जनाउनुभएको छ, म आफ्नो लागि केही गर्ने छैन, देश र जनताका लागि काम गर्नेछुँ ।
मतगणना हुँदै गर्दा लोकसभाको ५४३ सीटमध्ये भाजपाले झन्डै ३०० सीट जित्ने प्रक्षेपण गरिएको छ। उसको गठबन्धनले ३४० भन्दा धेरै सीट जित्न सक्छ। सो दलले सन् २०१४ को निर्वाचनमा भन्दा धेरै सिट जित्ने देखिएको छ।
हार स्वीकार
भारतमा छ हप्तासम्म विभिन्न चरणमा भएको मतदानलाई मोदीको हिन्दू राष्ट्रवादी राजनीतिको जनमत सङ्ग्रहका रूपमा हेरिएको थियो।
मतदानमा कुल ९० करोडमध्ये ६० करोड मतदाताले सहभागिता जनाएका थिए।
भारतको प्रमुख प्रतिपक्षी दल कङ्ग्रेसका अध्यक्ष राहुल गान्धीले आफ्नो पार्टी पराजित भएको स्वीकार गरेका छन्। दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सन् २००४ देखि जित्दै आएको उत्तर प्रदेशको एउटा निर्वाचन क्षेत्र अमेठीमा पनि आफ्नो हार स्वीकार गरेका छन्। उक्त निर्वाचन क्षेत्रमा दशकौँदेखि गान्धी परिवारको वर्चस्व थियो।
हालको निर्वाचनमा भाजपाले निकै महत्त्वपूर्ण मानिने उत्तर प्रदेश राज्यमा पनि ५० प्रतिशत सीट जित्ने आँकलन गरिएको छ। ८० सिट भएको उक्त राज्यमा दुईवटा क्षेत्रीय दलहरू मिलेर भाजपाविरुद्ध उभिएका थिए। त्यस्तै पश्चिम बङ्गालमा पनि भाजपाले निकै राम्रो प्रदर्शन गरेको छ।
भारतका पाँच राज्यमध्ये चार दक्षिणी राज्य आन्ध्र प्रदेश, तेलङ्गना, तमिलनाडू र केरलामा भने भाजपाको प्रदर्शन राम्रो हुन सकेन।