मोदी नेतृत्वको भाजपा गठबन्धनलाई भारी सफलता, ३५० सिटमा जीत


एजेन्सी, भारतमा तल्लो सदन लोकसभाका लागि भएको निर्वाचनमा सत्तारूढ भारतीय जनता पार्टीले स्पष्ट बहुमत पाएको छ। लोकसभाका कुल ५४३ मा भाजपा ३०३ निर्वाचन क्षेत्रमा विजयी भयो भने कङ्ग्रेस पार्टी ५२ मा सीमित भयो। भाजपाको गठबन्धनले कुल ३५० क्षेत्रमा जित्यो।

एप्रिल ११ देखि मे १९ सम्म मतदाताहरूले लोकसभाका ५४२ सदस्य चयन गर्नका लागि मतदान गरेका थिए। एक स्थानमा मतदान स्थगित भएको थियो।

देशभरिका ९० करोड मतदातालाई निर्वाचनमा सहभागी गराउन विभिन्न सात चरणमा मतदान भएको थियो। बिहीवार बिहानदेखि मतगणना सुरुभएको थियो।

कम्युनिष्टको पत्तासाप
१७ औं लोकसभा निर्वाचनको परिणामले भारतीय कम्युनिष्ट पार्टी पत्तासाफ भएको छ । मतगणनाको परिणाम अनुसार कम्युनिस्ट फ्रन्टले ५४३ मध्ये जम्मा पाँच स्थानमा जित हासिल गर्‍यो । त्यसमध्ये भाकपा मार्क्सवादीले तीन स्थानमा जितेको छ । मार्क्सवादी तमिलनाडुबाट दुई र केरलाबाट एक सिट जित्न सफल भएको हो ।

कम्युनिस्ट फ्रन्टकै अर्को पार्टी भारतीय कम्युनिस्ट पार्टी ९भाकपा०ले दुई सिट तमिलनाडुबाट जितेको हो । कम्युनिस्ट फ्रन्टले यसपटक जितेको सिट सन् २०१४ को भन्दा आधा कम हो । त्यतिबेला भाकपा मार्क्सवादीले ९ र भाकपाले एक सिट जितेका थिए ।

सन् १९२५ मा स्थापना भएको भारतीय कम्युनिस्ट पार्टी सन् १९६४ मा विभाजित भएर भाकपा र भाकपा मार्क्सवादी बन्यो । त्यसयता भाकपा मार्क्सवादी त्यहाँको सबैभन्दा ठूलो कम्युनिस्ट पार्टीका रुपमा क्रियाशील छ ।

तपाईको प्रतिक्रिया