पत्रकार महासंघको अन्तिम परिणामः महासंघको केन्द्रीय कमिटीमा थारु शुन्य


हमार पहुरा डट कम
काठमाडौं, चैत २८ गते । नेपाल पत्रकार महासंघको बुधबार भएको २६ औं महाधिवेशनबाट विपुल पोखरेल नेतृत्वको प्यानल अधिकांश ठाउँमा विजय सुनिश्चित् गरी निर्वाचित भएको छ । निर्वाचन समितिले शनिबार सार्वजनिक गरेको अन्तिम परिणामअनुसार प्रेस युनियन, प्रेस सेन्टर र प्रेस चौतारी (माधव पक्ष) सहितको ११ संगठनको संयुक्त प्यानलले निर्वाचनमा बाजी मारेको छ ।

महासंघको विधान केही मात्रामा समावेशी चरित्रको भएपनि थारु कोटा छुट्याइएको छैन । जसका कारण नवनिर्वाचित कमिटीमा थारुको प्रतिनिधित्व शुन्य भएको छ । केन्द्रीय कमिटीमा आदिबासी महिला केन्द्रीय सदस्यमा पार्वता चौधरीले उम्मेदवारी दिनुभएपनि उहाँको विजय सुनिश्चित् बनेन । यसअघि केन्द्रीय कमिटी सदस्यमा थारु पत्रकारको तर्फबाट लक्की चौधरी निर्वाचित हुनुभएको थियो ।

नेकपा (एमाले) निकट प्रेस चौतारी नेपाल, राप्रपा निकट मिडिया नेपाल, जसपा निकट प्रेस मञ्चसहितको प्यानलको हार भएको छ । सो प्यानलका सदस्य तथा केही जिल्लामा जित सुनिश्चित गरेपनि समग्रतामा निर्वाचनमा पराजित बनेको छ ।

महासंघ निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम परिणामअनुसार बिपुल पोखरेलले ६९४२ मत प्राप्त गरी निर्वाचित हुनुभयो । अध्यक्षका अन्य उम्मेदवारहरुमा निर्मला शर्माले ३९१५, गजेन्द्र सिंह बुढाथोकीले ४९१ र रामप्रसाद दाहालले १५६ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी वरिष्ठ उपाध्यक्षमा रमेश विष्टले ६७४१, माधव नेपालले ३७८१ र रामजी दाहालले ६०५ मत प्राप्त गर्नुभएको छ । सोहीअनुसार महिला उपाध्यक्षमा बाला अधिकारीलाई ७२२६ र दाना केसीलाई ३५२८ मत प्राप्त गर्नुभएको छ । त्यस्तै उपाध्यक्ष (समावेशी) अन्तर्गत उदय जिएमले ६११७, अवधेश झाले ३५६१ र मोहनकुमार सिंहले ७९८१ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै, महासचिवमा रोशन पुरीलाई ६२४२ मत, बालकृष्ण बस्नेतलाई ३८६० र सुबोध गौतमलाई ८९९ मत प्राप्त भएको छ । त्यस्तै, सचिव खुलातर्फ गोविन्द चौलागाईलाई ६०७१ मत, रामकृष्ण ज्ञवालीले ३०२१, जन्मदेव जैशीलाई ११२७ र यम विरहीलाई ७५७ मत प्राप्त भएको छ । सोहीअनुसार महिला सचिवमा सिर्जना अर्याललाई ६५८० मत र निमा काफ्लेलाई ४०८९ मत प्राप्त भएको छ ।

त्यस्तै, सचिव आदिबासीमा नारायणसुन्दर किलम्बुलाई ६३०० मत, शाहीमान राईलाई ३२८९ र रामकुमार श्रेष्ठलाई १११३ मत प्राप्त भएको छ । सोहीअनुसार दलित सचिवमा हेमकर्ण विकलाई ५९५८ र मधु शाहीलाई ४६४६ मत प्राप्त भएको छ । त्यस्तै, सचिव मधेसीमा दिपेन्द्र चौहानलाई ५६९६ मत, स्वेता सिन्हालाई ४४६१ मत र देवकुमार यादवलाई ६४७ मत प्राप्त भएको छ ।

सोहीअनुसार सचिव एशोसियट्सतर्फ पवन आचार्यलाई ५७३५ मत, रामेश्वर कार्की २८०० मत, केपी ढुंगानालाई ९०३ मत, केशवराज खनाललाई ५८० मत, राधेश्याम दाहाल ३४९ मत र विनय देवकोटालाई २५७ मत प्राप्त भएको छ । त्यस्तै, कोषाध्यक्षमा कलेन्द्र सेजुवाललाई ५६७८ मत, कृष्ण गिरी ३२७८ मत, माधव दुलाललाई १००८ मत र प्रकाश थापालाई ६१८ मत प्राप्त भएको छ ।

त्यस्तै, लेखा समिति संयोजकमा लेखनाथ न्योपानेलाई ५६८८ मत, द्वारिका काफ्लेलाई ३१९१ मत र लक्ष्मण कार्कीलाई १७१४ मत प्राप्त भएको छ । सोहीअनुसार खुला सदस्यमा छविलाल तिवारीले ४९०० मत प्राप्त गरी विजयी हुनुभयो । अन्य खुला सदस्यहरुमा बासुदेव शर्मा (वविन) ५०९१ मत, माधव पौडेल ५०९४ मत, रमेश खतिवडाले ४६५९ मत, शिवराज खत्रीले ४३५९ मत ल्याएर निर्वाचित हुनुभयो ।

सोहीअनुसार सदस्य महिला (खसआर्य) तर्फ सरिता तिम्सिनाले ४८९१ मत ल्याएर निर्वाचित हुनुभयो । त्यस्तै, सदस्य महिला मधेसीतर्फ ललिताकुमारी शाहले ५७८६ मत ल्याएर निर्वाचित हुनुभयो । सोहीअनुसार सदस्य महिला आदिबासीतर्फ शान्ता आङबुहाङले ५५८८ मत ल्याएर विजय सुनिश्चित गर्नुभयो ।

महासंघ निर्वाचित समितिकाअनुसार सदस्य महिला दलित तर्फ सरिता बराइलीले ६११६ मत प्राप्त गरी विजयी हुनुभयो । त्यस्तै, सदस्य आदिबासी जनजातितर्फ भिषण राईले ४८६८ मत प्राप्त गरी निर्वाचित हुनुभयो । सोहीअनुसार सदस्य आदिबासी जनजाति महिलातर्फ सन्चुकुमारी लामा तामाङले ५५०२ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँको प्रतिस्पर्धी पार्वता चौधरीले ३१३२ मत प्राप्त गरी पराजित हुनुभयो ।

त्यस्तै, सदस्य दलिततर्फ प्रकाश धौलाकोटीले ६०८२ मत प्राप्त गरी विजयी हुनुभयो । सोहीअनुसार सदस्य दलित महिलातर्फ राधा नेपालीले ५७३४ मत प्राप्त गरी निर्वाचित हुनुभयो । त्यस्तै, सदस्य मधेसीतर्फ सुवासप्रसाद साहले ४६७८ मत ल्याई विजयी हुनुभयो । उहाँको प्रतिस्पर्धी बिरेन्द्र केएमले २९२९, भउचप्रसाद यादवले ११४० मत प्राप्त गर्नुभयो ।

सोहीअनुसार सदस्य मधेसी महिलातर्फ रिंकुकुमारी मिश्रले ५६६३ मत प्राप्त गरी विजयी हुनुभयो । त्यस्तै, सदस्य अपाङ्गता तर्फ नविन रिजाल विजयी हुनुभयो । उहाँले ५१९२ मत प्राप्त गर्नुभयो । त्यस्तै, सदस्य अल्पसंख्यक तर्फ इफ्तखार हसनले ५१३९ मत ल्याएर विजयी हुनुभयो । सोहीअनुसार प्रदेश १ को केन्द्रीय सदस्यमा दिपेन्द्र रुम्दाली राईले ५०१ मत र अमर खड्काले ८५९ मत ल्याएर विजयी हुनुभयो ।

त्यस्तै, प्रदेश २ सदस्यमा केसी लामिछानेले २७१ मत ल्याएर र शिव पुरीले ३१९ मतले निर्वाचित हुनुभयो । सोहीअनुसार बागमति प्रदेश सदस्यमा ध्रुवकुमार रावलले ६२५ मत ल्याएर विजयी हुनुभयो भने सुनिल खड्काले ६२६ मत प्राप्त गरी विजयी हुनुभयो । त्यस्तै, गण्डकी प्रदेश सदस्यमा प्रदिप काफ्ले र त्रिभुवन पौडेल निर्वाचित हुनुभयो । उहाँहरुले क्रमशः ५५३ र ६३८ मत प्राप्त गर्नुभयो ।

सोहीअनुसार लुम्बिनी प्रदेश सदस्यमा भवानीप्रसाद पाण्डे र सुशील पोखरेल निर्वाचित हुनुभयो । उहाँ दुवैले क्रमशः ७९२ र ६३६ मत प्राप्त गर्नुभयो । त्यस्तै, कर्णाली सदस्यमा दिपेन्द्र शर्मा ५४१ र भीमबहादुर सिंहले ३३३ मत ल्याएर निर्वाचित हुनुभयो । सोहीअनुसार सुदूरपश्चिम प्रदेश सदस्यमा उत्तर विष्टले ७७१ र भरतबहादुर शाहले ७०३ मत प्राप्त गरी निर्वाचित हुनुभयो ।

त्यस्तै, उपत्यका सदस्यमा सन्तराम विडारीले १२०८ मत र ज्ञानप्रसाद पौडेलले ८२७ मत प्राप्त गरी निर्वाचित हुनुभयो । सोहीअनुसार प्रतिष्ठान सदस्यमा मणी दाहाल ४९१ मत, रामकृष्ण अधिकारीले ५८६ मत प्राप्त गरी निर्वाचित हुनुभयो । सोहीअनुसार सदस्य एशोसियटमा कृति भट्टराई बीसीले २७४ मत र विकास कार्की ३०१ मत प्राप्त गरी विजयी बन्नुभयो ।

सोहीअनुसार लेखा समिति सदस्यमा मुकुन्द प्रसाद भण्डारी र देवी सापकोटा निर्वाचित हुनुभयो । उहाँहरु क्रमशः ५५३७ र ५४४३ मत प्राप्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया