तेस्रो प्रयासमा नेता गच्छदारलाई पराजित गर्दै भगवती चौधरी निर्वाचित


हमार पहुरा डट कम
सनुसरी, मंसिर १३ गते । तेस्रो प्रयासमा सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा (एमाले) का नेत्री भगवति चौधरी विजयी हुनुभएको छ । एमाले तर्फको उम्मेदवार भगवती चौधरीले ४० हजार ७८८ मतसहित विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिस्पर्धी नेपाली काग्रेंसका उम्मेदबार विजयकुमार गच्छदारले ३५ हजार ६०० मत ल्याउनुभयो ।

यसअघि २०७० र २०७४ सालको निर्वाचनमा नेता गच्छदार भगवती चौधरीलाई पराजित गर्दै विजयी हुनुभएको थियो । एमाले नेत्री चौधरीले तेस्रो प्रयासमा नेता गच्छदारलाई पराजित गर्न सफल हुनुभएको हो ।

१५ वर्षको निरन्तरको संघर्षपछि चौधरीले संसद्को यात्रा तय गर्न सफल हुनुभयो । चौधरी २०७० को निर्वाचनमा गच्छदारसँग पराजित हुनुभएको थियो । दोस्रो संविधानसभाको निर्वाचनमा गच्छदारसँग ३६२ मतले उहाँलाई पराजित हुनुपरेको थियो । २०७४ मा ३२१ मतान्तरले पराजित हुनुभयो ।

२०४८ सालदेखि निरन्तर यसै क्षेत्रबाट निर्वाचन लड्दै आएका गच्छदार राजनीतिक जीवनको उत्तरार्द्धमा पराजित हुनुभयो । ६ पटकका विजेता गच्छदार सातौँ पटकमा आएर पुरानै प्रतिस्पर्धीसँग पराजित हुनुभयो ।

तपाईको प्रतिक्रिया