काठमाडौं, पुस १० गते । यस वर्ष सबैभन्दा बढी धान उत्पादन भएको सरकारले बताएको छ । हालसम्मका सबै रेकर्ड तोड्दै यसवर्ष करिब ५२ लाख मेट्रिक टन पाँच अर्ब २० करोड किलो धान उत्पादन भएको छ ।
कृषि मन्त्रालयकाअनुसार गत आर्थिक वर्ष २०६८, ६९ मा ५० लाख ७२ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । चालू आर्थिक वर्षमा अहिलेसम्मकै सबैभन्दा बढी परिमाणमा धान उत्पादन भएपनि मन्त्रालयले यसबारे आधिकारिक रूपमा सोमबारमात्रै सार्वजनिक गर्ने तयारी गरेको छ ।
कृषि मन्त्रालयकाअनुसार गत आर्थिक वर्ष २०६८, ६९ मा ५० लाख ७२ हजार मेट्रिक टन धान उत्पादन भएको थियो ।
बजारमूल्यअनुसार एक खर्ब चार अर्ब मूल्यबराबरको धान उत्पादन भएको छ । बजारमा धानको औसत मूल्य २० रुपैयाँ प्रतिकिलो छ । चालू आर्थिक वर्षमा हालसम्मकै उत्पादनको इतिहासमा सबैभन्दा बढी उत्पादन भएको हो मन्त्रालय उच्च स्रोतले बतायो । पछिल्लो समयमा उत्पादकत्व वृद्धि हुँदा सोचेभन्दा राम्रो प्रतिफल आएको छ । यस वर्ष ५२ लाख मेट्रिकटनको हाराहारीमा धान उत्पादन भएको छ । यही अवस्थामा उत्पादन भइरहने हो भने छिट्टै चामलमा नेपाल आत्मनिर्भर हुनेछ मन्त्रालयले बतायो ।
मन्त्रालयका प्रवक्ता योगेन्द्र कार्कीकाअनुसार यसअघि गत आर्थिक वर्ष २०७, ७१ मा ५० लाख ४७ हजार मेट्रिक टन धान फलेको थियो । गत आर्थिक वर्ष २०७२, ७३ को तुलनामा चालू आर्थिक वर्ष २०७३, ७४ मा झन्डै नौ लाख मेट्रिक टन बढी धान फलेको छ ।
नेपाल राष्ट्रबैंककाअनुसार नेपालमा दैनिक चार करोड र वार्षिक रूपमा २६ अर्बभन्दा बढी मूल्यबराबरको चामल आयात हुन्छ । खाने बानीमा आएको परिवर्तनका कारण मसिना र बास्नादार चामल बढी परिमाणमा आयात हुन्छ, सापकोटाले भने ।
सहप्रवक्ता शंकर सापकोटाकाअनुसार धान उत्पादनमा आएको उल्लेख्य प्रगतिका कारण चालू आर्थिकवर्षमा ठूलो परिमाणमा चामल आयात नहुने दाबी गरे ।
नेपाल राष्ट्रबैंककाअनुसार नेपालमा दैनिक चार करोड र वार्षिक रूपमा २६ अर्बभन्दा बढी मूल्यबराबरको चामल आयात हुन्छ । खाने बानीमा आएको परिवर्तनका कारण मसिना र बास्नादार चामल बढी परिमाणमा आयात हुन्छ, सापकोटाले भने ।
मन्त्रालयकाअनुसार समयमै उपलब्ध भएको उन्नत जातका बिउ, रासायनिक मल र सिँचाइका कारण यसपटक उत्पादन तथ्यांकले ब्रेक गरेको हो ।
मन्त्रालयका अनुसार चालू आर्थिक वर्षमा उच्च हिमाली क्षेत्रमा ९९ प्रतिशत, मध्यपहाडी क्षेत्रमा ९८ प्रतिशत र तराई क्षेत्रमा ९७ प्रतिशतको हाराहारीमा रोपाइँ भएको थियो । करिब १४ लाख २५ हजार तीन सय ४६ हेक्टर धान उत्पादन हुने क्षेत्रफलमध्ये यस वर्ष झन्डै १४ लाख हेक्टरमा रोपाइँ भएको थियो । अघिल्लो वर्ष मुलुकभर गरी चार प्रतिशत क्षेत्रफलमा रोपाइँ हुन सकेको थिएन ।
अन्नपूर्णबाट