महिला टेम्पोचालकको गुनासोः यात्रुहरु टाँसिएर बस्न आउँछन्


विजेता चौधरी
काठमाडौं, पुस १२ गते । रत्नपार्क–छाउनी रुटमा टेम्पु चलाउने २२ वर्षीया देवीका खड्कालाई कतिपय यात्रुदेखि दिक्क लाग्छ । जिस्किने, एकदमै टाँस्सिएर बस्ने अनि मोबाइल नम्बर माग्ने पुरुष यात्रुदेखि त उनी हैरान नै हुन्छिन् ।

छाउनी रुटमा टेम्पु चलाउँदै आएकी ३० वर्षीया बबिता श्रेष्ठ अगाडि सिटमा बस्ने यात्रु कस्तो पर्ला भनेर सचेत हुन्छिन् । “टेम्पुमा इमर्जेन्सी ब्रेक हुँदैन, त्यही भएर एकैचोटी ब्रेक लाग्दैन । यस्तो अवस्थामा छेउमा बस्ने यात्रुसँग ठोक्किने खतरा हुन्छ । अनि त्यही मौकामा कोहीकोही टाँस्सिन आइपुग्छिन्,” उनको अनुभव छ ।

“टेम्पुमा इमर्जेन्सी ब्रेक हुँदैन, त्यही भएर एकैचोटी ब्रेक    लाग्दैन । यस्तो अवस्थामा छेउमा बस्ने यात्रुसँग ठोक्किने खतरा हुन्छ । अनि त्यही मौकामा कोहीकोही टाँस्सिन आइपुग्छिन्,”

कलंकी बस्ने ३६ वर्षीया वीणा रिजाल रत्नपार्क–सातदोबाटो रुटमा १४ नम्बरे टेम्पु चलाउँछिन् । १३ वर्षदेखि यो पेशामा संलग्न रिजाल सफा परिवहन चालक संघकी कोषाध्यक्ष पनि हुन् । ठूला सवारी चालकहरूले अन्य गाडीभन्दा टेम्पुलाई बढी पेल्ने गरेको उनको अनुभव छ । रिजालको गुनासो छ, “कतिपयले त छाडा बोलेर पनि सताउँछन् । ठूला सवारी चालकहरूको पेलाइका कारण बस स्टपमा टेम्पु रोक्न पाइरहेका हुँदेनौं । अर्कोतिर ट्राफिकलाई जरिवाना तिर्दाको हैरान ।” ट्राफिकले पनि तँ भनेर बोला उनको मन दिनभर गह्रुँगो भइरहन्छ ।

कहिले ट्राफिकको अभद्रव्यवहार, कहिले पुरुष यात्रुको कुदृष्टि, कहिले भाडाकोलागि किचकिच त कहिले ठूला सवारी चालकको अभद्रव्यवहार । यीबाहेक सडकको धुवाँ, धुलो र खाल्डाखुल्डी त छँदैछ । काठमाडौंको सडकमा टेम्पु चलाउने महिला चालकहरूले यी र यस्ता थुप्रै चुनौतीहरूसँग दैनिक पौँठेजोरी खेल्नुपर्छ ।

गलत नजरले हेर्ने पनि उत्तिकै हुन्छन् ।” ट्राफिकले गर्ने नराम्रो व्यवहारले महत पनि अरुजस्तै दुःखी छन् । महिला ट्राफिकले त झनै छुद्र वचन बोल्ने उनको अनुभव छ ।

छाउनी रुटमा टेम्पु चलाउने धादिङ नौबिसेकी ३८ वर्षिया शोभा महत भन्छिन्, “शौचालयको अभावले गर्दा पानी कम खान्छु, जसले गर्दा पेट पोल्ने तथा दुख्ने समस्या छ । अत्यन्तै असुरक्षित छ यो पेसा । थरीथरीका मान्छेहरूसँग जुध्नुपर्छ । गलत नजरले हेर्ने पनि उत्तिकै हुन्छन् ।”
ट्राफिकले गर्ने नराम्रो व्यवहारले महत पनि अरुजस्तै दुःखी छन् । महिला ट्राफिकले त झनै छुद्र वचन बोल्ने उनको अनुभव छ । “सिधै तँ भनेर बोल्छन् । महिला भएर पनि महिलालाई राम्रो मान्दैनन् । हामी चालक पनि त ट्राफिक नियम सिकेर नै सडकमा आएका हौं । गल्ति हुँदा पनि सभ्य भएर बोल्न सकिन्छ, हामी जरिवाना तिर्न तयार छौं,” महतले गुनासो गरिन् ।

४० वर्षीया टेम्पु चालक सूर्यकुमारी कुँवरको एक पटक महिला ट्राफिक गीतासिंह थारुसँग हात हालाहाल नै भयो । कुँवर भन्छिन्, “कुनै कुनै ट्राफिकले राम्रो व्यवहार पनि गर्छन् तर अधिंकाशले कमिसनको लोभमा मनोमानी चिट काटेर सधैं हैरान बनाउँछन् ।”

३५ वर्षीया अर्की चालक निशा पौडेलको अनुभव पनि त्यस्तै छ । “एक पटक सई ट्राफिक प्रहरीले अभद्र शैलीमा बोल्दा मैले राम्रो मुखले बोल्नुस् भन्दा उनले मलाई पिटे । हामीबीच हातपातै भयो । त्यो घटनापछि उसको ट्रान्सफर भएको सुनें,” पौडेलले भनिन्, “ट्राफिक प्रहरीहरूले महिलासँग जानाजान दुव्र्यवहार नगरुन्, हामी त्यत्तिमात्र चाहन्छौं । सिन्धुपाल्चोककी २४ वर्षीया चालक वर्षा गौतम भने चालकहरू एकजुट नहुँदा ट्राफिकको हेपाइमा परेको बताउँछिन् ।

ट्राफिक प्रहरीहरूको तर्क छ, महिला टेम्पु चालकहरू ट्राफिक नियम उल्लंघन गर्न निकै अगाडि छन् । “महिला चालकहरू लामो सयम बिसौनीमा टेम्पु रोकेर बस्ने, यात्रीलाई बीच सडकबाट लिने, रोक्न निषेध गरिएको स्थानमा रोक्ने तथा धेरै लापरबाही गर्ने प्रवृत्तिका छन् । यस्तो अवस्थामा कारबाही गर्नुको विकल्प हुँदैन,” महानगरीय ट्राफिक प्रहरी परिसर सातदोबाटोका असई ओमकान्त झा भन्छन् । ४० प्रतिशत महिला चालकले ट्राफिक नियम पालना नगर्ने ठोकुवा उनले गरे ।

“एक पटक सई ट्राफिक प्रहरीले अभद्र शैलीमा बोल्दा मैले राम्रो मुखले बोल्नुस् भन्दा उनले मलाई पिटे । हामीबीच हातपातै भयो । त्यो घटनापछि उसको ट्रान्सफर भएको सुनें,” पौडेलले भनिन्, “ट्राफिक प्रहरीहरूले महिलासँग जानाजान दुव्र्यवहार नगरुन्, हामी त्यत्तिमात्र चाहन्छौं ।

एउटा गैरसरकारी संस्थाको अध्ययनले भनेर फरक तथ्य निकालेको छ । होमनेट नेपाल संस्थाले राजधानीका ५० जना महिला टेम्पु चालकमा गरेको सर्वेक्षणअनुसार सवारी नियम पालना गर्ने चालक ९० प्रतिशत छन् । ६ प्रतिशतले पालना नगर्ने बताएका छन् भने ४ प्रतिशतले केहीमात्र पालना गर्ने जवाफ दिएका छन् ।

महिला चालकलाई ट्राफिकद्वारा हुने दुव्र्यवहारको सम्बन्धमा झा भन्छन्, “गल्ती गर्दा कारबाही हुन्छ नै । चालकसँग हाम्रो आपसी मतभेद त के हुन सक्छ र रु” यात्रुबाट दुव्र्यवहार भएको कुरा कहिलेकाहीँ प्रहरीसम्म आउने गरेको झाले बताए । त्यस्तो अवस्थामा पीडकलाई प्रहरीमा बोलाएर कारबाही गर्ने गरिएको उनले जानकारी दिए ।

इलेक्ट्रिकल भेहिकल एसोसिएसन नेपालकी म्यानेजर यशोदा राईले यस्तो गुनासो एसोसिएसनसम्म आइनपुगेको बताइन् ।  छाउनी–सीतापाइला रुटमा टेम्पु चलाउने ३८ वर्षीया तुलसा शाही ठूला सवारी चालकले गलत साइडमा बाटो काट्ने, चर्को हर्न बजाउने, अपशब्द बोल्ने तथा जिस्किने गरेको बताउँछिन् । उनीजस्ता धेरै टेम्पु चालकको अनुभव यस्तै छ । रुट नम्बर १४ का पुरुष टेम्पु चालक इमान लामा पनि ठूला गाडीले टेम्पुलाई भित्तैमा पुर्याउन खोज्ने गुनासो गर्छन् ।

एक सर्वेक्षणअनुसार महिला टेम्पु चालक दिनको ५ घण्टा देखि १४ घण्टासम्म काम गर्छन् । टेम्पु चलाउने महिला चालक १८ देखि ४० वर्षसम्मका छन् । अधिकांशले साहुको टेम्पु चलाउँछन् ।

बाह्रखरीबाट

तपाईको प्रतिक्रिया