लक्की चौधरी
काठमाडौं, फागुन ५ गते । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) की अध्यक्ष तथा सांसद रुक्मिणी थारुले राज्यबाट पछाडि पारिएका वर्गलाई पुनः राज्यको सुविधाबाट बञ्चित गराउने अस्त्रकोरुपमा थ्रेसहोल्ड ल्याउने प्रयास गरिएको बताउनुभएको छ ।
हमार पहुरा डट कमसँग विहिबार कुरागर्दै अध्यक्ष थारुले त्यस्तो आरोप लगाउँदै ठूला दलको विचार र प्रबृत्ति न सुध्रेसम्म मुलुकमा लोकतन्त्र र समावेशीताको अनुभूति गर्न नसकिने तर्क गर्नुभयो । “भन्नेबेला सबैलाई समान व्यवहार र अधिकार दिन्छौं भन्ने व्यवहारमा ठीक उल्टो गर्ने बाहुवादी प्रबृत्ति नेताहरुमा हावी रहेको छ” उहाँले भन्नुभयो ।
“भन्नेबेला सबैलाई समान व्यवहार र अधिकार दिन्छौं भन्ने व्यवहारमा ठीक उल्टो गर्ने बाहुवादी प्रबृत्ति नेताहरुमा हावी रहेको छ” उहाँले भन्नुभयो ।
रुखमा चढ्न लगाएर फेडबाट जरा काट्ने प्रबृत्ति ठूला दलको रहेको आरोप लगाउँदै अध्यक्ष थारुले थ्रेसहोल्ड राख्न नहुने जिकिर गर्नुभयो । विभिन्न जाति समुदाय र सामाजिक सांस्कृतिक समूहको बसोबास रहेको नेपालमा थ्रेसहोल्ड उपयुक्त नरहेको उहाँको तर्क छ । “भर्खर राजनीतिमा बामे सर्न लागेका आदिबासी जनजाति, थारु, मधेसी, दलित, मुस्लिम, पछाडिपरेका वर्गलाई शासनसत्तामा सहभागी गराउनुको सट्टा अधिकारबाट बञ्चित गर्ने षडयन्त्रकोरुपमा थ्रेसहोल्ड ल्याउने तयारी गरिएको छ” उहाँले भन्नुभयो ।
थ्रेसहोल्ड संविधान र मानवाधिकारको विरुद्धमा रहेको बताउँदै सांसद थारुले भन्नुभयो, “यो संविधानको वर्खिलापमा छ, सामाजिक न्याय, मानवाधिकार र समानताको वर्खिलापमा छ ।” निर्वाचनमा साझा चुनाव चिन्हमा पनि भाग लिन नदिने अनि राष्ट्रिय पार्टीको मान्यता पाउन पनि थ्रेसहोल्ड लगाउने हो भने यहाँका आदिबासी जनजातिसहित पछाडि परेका वर्ग कहिल्यै राजनीतिमा आउन सक्दैनन् उहाँको बुझाई छ ।
‘बाह्य मुलुकमा पनि थ्रेसहोल्ड लगाउने प्रचलन छ नि’ भन्ने जिज्ञासामा अध्यक्ष थारुले भन्नुभयो, “बाहिरका मुलुक सम्पन्न छन्, हाम्रोजस्तो विविधता भएका छैनन, यहाँको र बाहिरको सामाजिक, राजनीतिक परिस्थिति विल्कुल बेग्लै छ” भन्दै थारुले भन्नुभयो, “बाहिर थ्रेसहोल्ड छ भन्नेले नेपाललाई बाह्य मुलुकजस्तै सम्पन्न बनाएर देखाउ अनिमात्र थ्रेसहोल्डको कुरा गर ।”
मन्त्री चौधरीले भन्नुभयो, “यति उती प्रतिशत त म तोक्दिन तर थ्र्रेसहोल्ड मुलुकको विकासका लागि आवश्यक छ ।”
तर यता कृषिमन्त्री तथा माओवादी केन्द्रका नेता गौरीशंकर चौधरीले मुलुकमा राजनीतिक स्थायित्वका लागि पनि थ्रेसहोल्ड अनिवार्य रहेको बताउनुभयो । हमार पहुरा डट कमसँग संक्षिप्त कुरागर्दै मन्त्री चौधरीले भन्नुभयो, “यति उती प्रतिशत त म तोक्दिन तर थ्र्रेसहोल्ड मुलुकको विकासका लागि आवश्यक छ ।” थ्रेसहोल्ड लागे साना दलहरुको एकीकरण हुने र मुलुकमा बलियो राजनीतिक दलको विकास हुने उहाँको तर्क छ ।
अहिले प्रमुख राजनीतिक दलका नेताहरुले १.५ प्रतिशतदेखि ५ प्रतिशतसम्म थ्रेसहोल्ड राख्ने प्रस्ताव गरेका छन् । राष्ट्रिय दलको मान्यता पाउन, समानुपातिक र प्रत्यक्ष निर्वाचनमा फरक फरक थ्रेसहोल्ड राख्ने तयारी प्रमुख तीन दलको छ । यद्यपि तीनवटै दलको थ्रेसहोल्ड प्रस्ताव फरक फरक छ । कांग्रेस र एमालेले ३ देखि ५ प्रतिशत र माओवादीले ३ प्रतिशत थ्रेसहोल्ड राख्नुपर्ने प्रस्ताव गरेको छ । तर साना दलहरुले थ्रेसहोल्डको कडा विरोध गर्दैआएका छन् ।