थारु गाउँमा होली पर्व शुरु, आइतबार साँझ चीर दहन सकियो


लक्की चौधरी
धनगढी, फागुन २९ गते । उपत्यकासहित पहाडी क्षेत्रमा आइतबार होली पर्व मनाइए पनि तराईका थारु गाउँमा साँझ चिरदहन कार्यक्रम सम्पन्न भएको छ । तराईमा तीनदिन होली पर्व मनाउने प्रचलन छ ।

थारु बहुल जिल्लामा आइतबार साँझ परम्परागतरुपमा चिरदहन गरी होली पर्वको शुभारम्भ गरिएको छ । स्थानीयरुपमा नजिकको चोकको सडकको बीच भागमा होलिका दहनका लागि चीर गाड्ने र जलाउने प्रचलन थारु गाउँमा छ ।

कैलाली र कञ्चनपुरमा मात्र बसोबास गर्ने रानाथारु समुदायले पन्ध्र दिनसम्म होली पर्व मनाउने गर्छन् । सो समुदायको सबैभन्दा ठूलो पर्व पनि होली नै हो । कठरिया थारु समुदायले पनि होली पर्वलाई धुमधामकासाथ मनाउने गर्छन् ।

खासगरी पश्चिम तराईका थारु बहुल जिल्लामा आइतबार साँझ सूर्य अस्ताएपछि चीर दहन कार्यक्रम सम्पन्न भएको थारु अगुवाहरुले बताएका छन् । होलिको पहिलो दिन चिरदहन गर्ने, दोस्रो दिन हिलो माटो र पानीले होली खेल्ने र तेस्रो दिन रंग, अविरले होली खेल्ने प्रचलन थारु गाउँमा छ । यस हिसावले यसवर्ष मंगलबारसम्म थारु गाउँमा होली पर्व मनाइने भएको छ ।

तर कैलाली र कञ्चनपुरमा मात्र बसोबास गर्ने रानाथारु समुदायले पन्ध्र दिनसम्म होली पर्व मनाउने गर्छन् । सो समुदायको सबैभन्दा ठूलो पर्व पनि होली नै हो । कठरिया थारु समुदायले पनि होली पर्वलाई धुमधामकासाथ मनाउने गर्छन् ।

चीरदहनमा अवरोध
कैलालीको धनगढी उपमहानगरपालिका सदभावना चोकमा चीर दहन गरिरहँदा स्थानीय गैरथारु समुदायले अवरोध गरेको समाचार छ । हरेक वर्ष चीरदहन गर्ने ठाउँमा आइतबार साँझ ७ बजेतिर चीर दहन गर्नेक्रममा स्थानीय गैरथारु समुदायका एक समूहले चीरदहन कार्यक्रममा अवरोध गरेको स्थानीय अगुवा तथा सदभावनाका केन्द्रीय सदस्य फोनिराम चौधरीले बताउनुभयो ।

फागुपर्व शुरुवातका दिन चीरदहन गरिरहँदा एक समुह आएर त्यसमा अवरोध गरेको र दहनको कार्यक्रम नरोक्दा प्रहरी बोलाएर अवरोध गरेको उहाँले बताउनुभयो । सुरक्षाकर्मीले समेत स्थानीय थारु युवाहरुलाई गालीगलौच गरेको र चीरदहन गरेको सामान, सिमलको रुख, ढुंगा उखेलेर फालेको चौधरीले बताउनुभयो ।

“थारु समुदायको परम्परागत चीरदहन कार्यमा अवरोध गर्नु दुःखद भएको बताउँदै चौधरीले केही युवालाई गैरथारु युवाले धक्कामुक्का समेत गरेको बताउनुभयो । परम्परागत चिरदहन गर्नुछ भने आफ्नो ठाउँ दाङमा जाउ, थारुको ठाउँ त्यहाँ हो” भनेर समेत गालीगलौच गरेको चौधरीको भनाई छ ।

प्रमुख जिल्ला अधिकारी रिजालले भन्नुभयो, “सुरक्षाकर्मीले कुरा नबुझेर सामान्य अवरोध गरेको सुनें, त्यसो गर्नु हुन्न, थारु समुदायको परम्परागत प्रचलन हो” सुरक्षाकर्मीलाई सम्झाएको उहाँले बताउनुभयो ।

तर यसबारेमा कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालसँग कुरागर्दा उहाँले केही सुरक्षाकर्मीले कुरा नबुझेर सामान्य अवरोध गरेको बताउनुभयो । चीर दहन गरिरहेकैबेला स्थानीयको विवाहको जन्ती आएको र बाटो अवरोध भएपछि केही भनाभन भएको हुनसक्ने रिजालले बताउनुभयो ।

हमार पहुरा डट कमसँग कुरागर्दै प्रमुख जिल्ला अधिकारी रिजालले भन्नुभयो, “सुरक्षाकर्मीले कुरा नबुझेर सामान्य अवरोध गरेको सुनें, त्यसो गर्नु हुन्न, थारु समुदायको परम्परागत प्रचलन हो” सुरक्षाकर्मीलाई सम्झाएको उहाँले बताउनुभयो । आवश्यकपर्दा अवरोधको प्रयास गर्ने सुरक्षाकर्मीलाई माफी मगाउने उहाँले बताउनुभयो ।

आनन्दबजारमा गोविन्द गौतमको हत्या भएपछि धनगढीमा प्रहरी सुरक्षा गस्ती बढाएकाबेला त्यस्तो हुन गएको प्रमुख जिल्ला अधिकारी रिजालले बताउनुभयो । विहान सो बारेमा थप अध्ययन गरेर थारु समुदाय र सुरक्षाकर्मीबीच समन्वय गराउने उहाँले प्रतिवद्धता जनाउनु  भयो ।

तपाईको प्रतिक्रिया