ठूल्दाइलाई चिठी

खनाल मेघनाथ बन्धु


Megnath

दाइ, खै किन, किन,
तपाई मेरो ईष्र्या मात्र गर्नुहुन्छ,
मेरो घरमा आगो सल्काउन खोज्नुहुन्छ,
बाँदरलाई लिस्नो लगाउँनु हुन्छ,
हो , म सानो छु,
मलाई सहयोग गर्नुको सट्टा
जीवन निर्वाहमा कठिनाई हुँदा,
सहज नबनाएर विषालु र तिखा काडाँहरू,
तिखारी तिखारी तेस्र्याउनु हुन्छ,
के तपाईको सानाप्रतिको ब्यबहार ठिकै हो त ?
।। ।। ।।
हे , तपाई शक्ति र अर्थमा सम्पन्न,
क्षेत्रफल र जनसंख्यमा विशाल,
तपाईं खुल्ला सिमाना अनि समुद्रको मालिक,
बाज झैं जता पनि स्वतन्त्र रूपले विचरण गर्न सक्ने,
तर म तपाईंको तुलनामा
अनि तपाईंको दृष्टिमा
निरिह, विपन्न, पराश्रित र तपाईंको पञ्जामा,
के तपाईंको सोच, विचार र ब्यबहार ठिकै हो त ?
हो, म पल्लो पल्लो घरमा जानुपर्दा
तीनैतर्फ तपाईंकै आँगन टेक्नुपर्छ ,
पल्लो पल्लो घरबाट
सामान खरिद गर्दा र एेंचापैंचोे गर्नुपर्दा
तपाईंकै कान्लो भएर आउनु पर्छ,
हो, त्यो त मेरो बाध्यता, विवशता, परिस्थिति,
तर त्यो सामान मैले,
निर्बाध, निर्ढुक्क र भयरहित वातावरणमा
किन नपाउँने ?
किन जाल हाँन्दै, तिखार्दै काँडा तेस्र्याउँदै,
अनौठा तगारा सिर्जना गर्दै बाटो थुन्नुहुन्छ ?
के तपाईंको छिमेकी ब्यबहार यस्तै हो ?
।। ।। ।। ।।
तपाईं आफूलाई गाउँभरिकै
श्रेष्ठ, भलादमी, बुझक्कड र मान्यजन भनाउन खोज्नुहुन्छ,
आफूलाई खुब
इज्जतदार, प्रतिष्ठित र यशवान्को नारा दिदै
महान् व्यक्तिमा गणना गराउन खोज्नुहुन्छ,
तर कराँसो जोडिएको आÏनै सहोदर भाइको
स्वतन्त्रता , सार्वभौमिकता र आन्तरिक मामिलामा,
तपाईंको किन गिद्देदृष्टि ?
किन कोइलीको बोली बोल्दै लठ्ठ पारेर
बाजको ब्यबहार र चल्ला टिप्ने झम्टाइ ?
यो त सरासर अवसरवाद र औपनिवेशबादको
नमूना हो , कुटुनी र चुँडाल्नीको ताल हो,
के भाइप्रतिको बन्धुत्वको ब्यबहार यस्तै हुनुपर्छ ?
।। ।। ।। ।। ।।
हे , मेरो घरमा सामान्य मनमुटाव छ,
साधारण किचलो छ,
हामीले आÏनो घरमा
व्यवस्थापन, सुसञ्चालन, नियमित र पारदर्शी बनाउँदा
तपाईंलाई के को टाउको दुखाइ ?
के हाम्रो नीति नियम एटम बम हो र ?
के तपाईं त्यसलाई अणुबम वा क्षेप्र्यास्त्र ठान्नुहुन्छ ?
यदि यसलाई त्यस्तै ठान्नुहुन्छ भने
तपाईं ताते गर्ने डरपोक बालक वा शतवर्षे वृद्ध हुनुनुन्छ,
के तपाईंको यो सद्विचार हो ?
।। ।। ।। ।।
दाइ , तपाईं कति बाठो है ?
गाडी गुडाउँने तेल र खाना पकाउने ग्याँस नपठाने,
तर तपाईंका सड्न लागेका फलफूल र तरकारीका गाडीहरू,
धमाधम पठाउने,
तपाईंको निकृष्ट र अमानवीय ब्यबहार अझै यो हो कि
रोगीले खाने औषधी,
प्रसूति गर्दा चाहिने अत्यावश्यक उपकरण र
जीवन बचाउन जम्मा गरिने रगतका ब्यागमा पनि रोक लगाउने
यो तपाईंको कस्तो अमानवीय रोक वा राजनीति ?
।। ।। ।। ।।
तर दाइ, विचार गर्नाेस्,
तपाईको विचारले तपाईंको इज्जत र प्रतिष्ठा बढाउनुको सट्टा,
तपाईंलाईं अरू छिमेकीले तिरष्कार र घृणा गर्दै थुक्नेछन्,
मलाई तेष्र्याएको विषालु काडाँले,
तपाईंलाई नै घोच्नेछ,
दाइ, अब म केही प्रण गर्छु कि,
स्वावलम्बी र आत्मनिर्भरतातर्फ ध्यान दिनेछु,
साथै अन्य वैकल्पिक बाटाहरू पनि खोज्नेछु,
पत्रको आशा गर्दै आजलाई विदा,
अस्तु ।
जितपुर, इलाम ।
हाल: धनगढी ,कैलाली ।

तपाईको प्रतिक्रिया