भ्यालेन्टाइनमा प्रेमपत्र

देबकी केसी

देबकी केसी

Devaki

तीनबर्ष अघिको प्रेम दिवसमा प्रेमले उपहारकोरुपमा दिएको डायरीका पानाहरु सबै गाजलीका प्रेमका शब्दहरुले भरिएका छन् । प्रेमले आफु नेपाल प्रहरीमा भर्ना भएपछि गाजलीसँगको सम्बन्धबाट दूर भएको थियो । प्रहरी हुनुभन्दा अघिका हरेक समय गाजली र प्रेमका लागि सधै प्रेम दिबसजस्तो थियो । मायाका आलाप जपेर गुलाफ उपहार दिएर प्रेम दिबसमा रमाएका क्षण र देउरालीलाई फूलपाति चढाएर खाएका कसम न गाजलीका मस्तिष्कबाट टाढा रहन सक्यो न त प्रेमको हृदयबाट दूर ।

प्रहरीको तालिम सकेर पहिलो पटक मिलन भएको क्षणमा दुबैका लागि खुसी बर्षात् भएको थियो । मेरो प्रेमलाई नेपाल प्रहरी बनाएर खोस्यो मेरो मुटुलाई आफैसँग चुडालेर टाढा बनायो । गाजली मनमनै प्रेमको प्रहरी बर्दीसँग रीस गर्थी । हरेक प्रेम दिबस प्रेमकै अंगालोमा धुमधामसँग मनाउन चाहन्थी । गाजली तर प्रहरीको कतव्र्यमा अल्झिएको प्रेम चाहेर पनि गाजलीको अंगालोमा बाधिँएर प्रेम दिबस मनाउन भ्याउँदैनथ्यो । त्यसैले प्रेम दिबस सम्झिएर प्रेमले दिएको डायरी पल्टाउँथी । लेख्न थाल्थि प्रेमका शब्दहरु । डायरीमा लेखिएका प्रेमका शब्दहरुले नशा लागेको भान हुनुकासाथै गाजली र प्रेमको प्रेमलाई जिवन्त पारेको थियो । ऊ बिस्वस्त थिई । युगौयुगसम्म आफनो जीवन्त रहन्छ भन्ने कुरामा ।

प्रबिधिले साथ दिएको समयमा फेसबुकमा मायाका शब्दहरुको भेल बगाउन भने बिर्सेका छैनन् दुबैले । तर पनि भेटेको जस्तो सामिप्यता कहाँ दिन सकिन्छ र फेसबुकको प्रेमले । यसपालीको प्रेम दिबसमा त गाजली तिमीलाई आफनै हातले स्पर्स गर्छु भन्थ्यो ।

प्रेमले प्रेम दिबसमा उपहार नपठाएको पनि बर्षौ भएसकेछ । धेरैअघि डायरीका पानाहरु भरिसकेका थिए । अझै धेरै शब्दहरु गाजलीले हृदयकै पानामा पोको पारेर राखेकी छे,, प्रेमलाई सुनाउन । प्रबिधिले साथ दिएको समयमा फेसबुकमा मायाका शब्दहरुको भेल बगाउन भने बिर्सेका छैनन् दुबैले । तर पनि भेटेको जस्तो सामिप्यता कहाँ दिन सकिन्छ र फेसबुकको प्रेमले । यसपालीको प्रेम दिबसमा त गाजली तिमीलाई आफनै हातले स्पर्स गर्छु भन्थ्यो । प्रेमले तर पनि शब्दहरुको स्पर्समात्र हात लाग्यो गाजलीलाई । मायाले सजिएको पात्र भने गाजलीलाई प्रेम दिबसको उपहार दिने सोचले पत्र यसरी लेख्थ्यो ।

प्रिय गाजली
प्रेम, प्रेमदिबस,

र प्रहरीको प्रेम

गाजली सत्य सेवा सुरक्षणको सपथ लिएर नेपाल प्रहरीको बर्दी भिरेको तिम्रो प्रेमले प्रेम दिबसमा शरीर लिएर उपस्थित हुन सकेन । तर मन कहिल्यै तिमिबाट टाढा हुन सकेन । प्रहरीको बर्दीले मेरो आङ्ग नढाक्दासम्म तिमी मेरो एक्लो प्रेमीका र म तिम्रो एक्लो प्रेम थिए ।

अब म धेरैको प्रेम र मेरा धेरै प्रेमीका भएका छन् । म यो धर्तीको प्रेम ।, नेपाल आमाको प्रेम, अनि सिङ्गाें नेपाल आमा मेरो पे्रमीका सबैको रक्षा गर्नु नै पहिलो कर्तव्य । यसो भन्दा गाजली तिम्रो मन दुख्छ होला । तर पनि विशाल नेपाल आमाको रक्षागर्ने जिम्मा पाएको तिम्रो प्रेमलाई देखेर तिम्रो हृदय खुसीले नाच्नेछ भन्ने कुरामा विस्वस्त छु । देशले भोगेको महाभुकम्प त्यसपछिको मधेश आन्दोलन र नाकाबन्दीले सिङ्गो नेपाललाई प्रेमको खाँचो छ । जनताको सुरक्षामै खट्नुपर्दा आफनै हातले यसपालिको प्रेम दिबसमा उपहार पठाउछँु भनेको बाचा पु¥याउन सकिन । माफ गर गाजली । प्रेमको काँधमा राष्ट्रको चर्को जीम्मेवारी थपिएको छ, गाजली ।

प्रेम ! तिमी अब एउटा गाजलीको प्रेम मात्र होइनौ । अन्याय र अत्याचारमा परेको असख्यं नेपालीको प्रेम हौ तिमी । जबदेखि नेपाल प्रहरीको बर्दी लगायौं त्यसदेखि नेपाल आमाकै प्रेम भइसकेछौँ ।

प्रेमको प्रेमपत्र पढ्दा नपढ्दै गाजलीको दिमागबाट भ्रमको पर्दा उजाडिदै गयो र खुसीका आँसुहरु झर्ना बनेर बग्न    थाले । केवल ऊ मात्र मेरो प्रेम भन्ने भ्रमले आफुभित्र जालो लगाएकोमा गाजलीले आफैलाई गाली गरी र उसले मनमनै भन्न थाली । प्रेम ! तिमी अब एउटा गाजलीको प्रेम मात्र होइनौ । अन्याय र अत्याचारमा परेको असख्यं नेपालीको प्रेम हौ तिमी । जबदेखि नेपाल प्रहरीको बर्दी लगायौं त्यसदेखि नेपाल आमाकै प्रेम भइसकेछौँ । हरेकपल नेपाल आमाको लागि प्रेम दिबसको रुपमा लिनुपर्छ । आफुलाई एउटा देशपे्रमीको प्रेमिका हुन पाउँदा गर्वगर्दै गाजलीले अन्तरआत्माबाट प्रेम दिबसको शुभकामना ब्यक्त गरिन् प्रेमलाई ।

तपाईको प्रतिक्रिया