पत्रकारिताको इतिहासः बहस र यथार्थता

लक्की चौधरी

लक्की चौधरी

1

तत्कालिन नेपाल पत्रकार संघ र हालको नेपाल पत्रकार महासंघको आधिकारिक संस्थापक अध्यक्ष को हो ? भन्ने बहसले अहिलेको पत्रकारिताको बजार तातेको छ । भनिन्छ ‘आजको पत्रकारिता भोलिको इतिहास हो ।’ त्यसैले लेखकद्रस्टाले संवेदनशील भएर कलम चलाउनुपर्ने हुन्छ । आफ्नो स्वार्थपूर्तिका लागि लेखिएका गलत अफवाह पनि भोलिको इतिहास बन्यो भने आउने पुस्तामा के नकारात्मक प्रभाव पर्ला ? वर्तमानमै सचेत्ता अपनाउनुपर्ने हुन्छ । पत्रकारिताको पूर्खाको सम्मान गर्नु नै आजको हाम्रो जवाफदेहिता हो । महासंघ आमनेपाली पत्रकारको साझा संगठन बन्न सफल भएकोमा हामी सबैलाई गर्व महुशस हुन्छ । तर त्यसको शुरुवात्कर्ता को–को थिए ? कुन परिस्थिति र अवस्थामा संघबाट आजको महासंघको विकास भयो, भन्ने पक्षलाई नकार्न मिल्दैन । बच्चा जन्मेर जति नै ठूलो व्यक्तित्व बनाओस्, उसको अभिभावकको योगदानलाई कम आँक्न मिल्दैन । त्यस्तै, आजको महासंघ जति फलोस् फूलोस हिजोको संघ नै त्यसको जग हो । यसको मूल्याङ्कन र सम्मान त्यहीरुपमा गरिनुपर्छ ।

महासंघ आमनेपाली पत्रकारको साझा संगठन बन्न सफल भएकोमा हामी सबैलाई गर्व महुशस हुन्छ । तर त्यसको शुरुवात्कर्ता को–को थिए ? कुन परिस्थिति र अवस्थामा संघबाट आजको महासंघको विकास भयो, भन्ने पक्षलाई नकार्न मिल्दैन ।

शुरुवातीकालको पत्रकार संघ र हालको महासंघ हुँदासमेत पत्रकारबीच तिक्तता, वैमनस्यताको अन्त्य हुन सकेन । शुरुवातीकालदेखि यस संस्थामा राजनीतिक् प्रभाव प¥यो । चाहे पूर्वराजाका पालामा होस्, राणाहरुको पालामा होस् । पञ्चायती शासनकालमा होस् या अहिलेको लोकतान्त्रिक गणतन्त्रमा । महासंघ राजनीतिक् प्रभावबाट उम्कन   सकेन । त्यसैले बेलाबखत हिजोको संघ र आजको महासंघको संस्थापनबारेमा वहस, तर्क वितर्क हुने गरेकै छ । अपितु, बहस र तर्क गरेर मात्रै हुँदैन, त्यसको छिनोफानो गरिनु आजको आवश्यकता हो । यो जिम्मेवारी महासंघका पदाधिकारी सँगसँगै प्रवुद्ध सबै पत्रकारको पनि हो । पर्याप्त बहस र छलफलमा उठेका तथ्यकै सेरोफेरोमा रहेरै यसको छिनोफानो हुनुपर्छ ।

संघको विकासक्रम 
मुलुकमा प्रजातन्त्रको बहाली भएताका वि.सं. २००८ जेठमा सत्यनाराययण बहादुर श्रेष्ठ (सम्पादक–नेपाल टुडे) को सभापतित्वमा तत्कालिन नेपाल पत्रकार संघ गठन भएको थियो । संघका उपसभापति प्रेमराज शर्मा (गोरखापत्र), सचिव, भोजबहादुर सिंह न्यौपाने  (तरंग) । त्यस्तै, सहसचिव, रामहरि जोशी (नेपाल पुकार) र कोषाध्यक्ष, रामराज शर्मा (नेपाल पुकार) थिए । यस्तै, सदस्यमा नारायणप्रसाद उपाध्याय (युगबाणी), देवेन्द्रराज शर्मा (उद्योग), भीमभक्त जोशी (उद्योग) र प्रकाशचन्द्र टन्डन (पि.टि.आई) थिए । संघको वि.सं. २००९ वैशाख २८ गते आर्यसमाज मन्दिर, भोटाहिटीमा दोस्रो सभा सम्पन्न भयो । सो सभाले सत्यनारायणबहादुर श्रेष्ठकै नेतृत्वमा संघलाई पुनः विस्तार गरेको थियो । नेपाली पत्रकारलाई गोलबद्ध गरी उनीहरुको पेशागत सुरक्षा र श्रमजीवी पत्रकारहरुको हक अधिकारकै बारेमा वकालत गर्ने संघको उद्देश्य रहेको पुराना लेखोटबाट थाहा हुन्छ ।

संघको गठन भएपछि पत्रकारबीच मनमुताव शुरुभयो । एकापसमा बाँडिए । सोहीकारण वि.सं. २०१२ पुस १९ गते ‘नेपाल समाचार’को कार्यालयमा अर्को बैठक बस्यो । उदयराज शास्त्रीको आमन्त्रण र नेतृत्वमा बोलाइएको सो भेलामा पत्रकारको न्यून उपस्थितिका कारण कुनै निर्णय हुन पाएन । वि.सं. २०१२ चैत १६ गते पत्रकारको अर्को भेला सम्पन्न भयो । सो भेलाले संघलाई पुनर्गठन ग¥यो । नेपाल पुकार पत्रिकाका सम्पादक कृष्णप्रसाद उपाध्याय (भट्टराई) को सभापतित्वमा संघ पुनर्गठित भयो । संघको सो समितिको उपसभापतिमा फत्तेबहादुर सिंह, मन्त्रीमा मणिराज उपाध्याय, सहायक मन्त्रीमा राम सिंह र कोषाध्यक्षमा उदयराज शास्त्री चयन भए । सदस्यमा हृदयचन्द्रसिंह प्रधान, शारदा रेग्मी र राजबहादुर मित्र छानिएका थिए ।

वि.सं. २०१२ चैत १६ गते पत्रकारको अर्को भेला सम्पन्न भयो । सो भेलाले संघलाई पुनर्गठन ग¥यो । नेपाल पुकार पत्रिकाका सम्पादक कृष्णप्रसाद उपाध्याय (भट्टराई) को सभापतित्वमा संघ पुनर्गठित भयो ।

कार्यसमितिका सदस्यहरुबीच नै अन्तरकलह भएपछि वि.सं. २०१३ चैत २९ गते दाताराम शर्माको सभापतित्वमा अर्को कार्यसमिति पुनः चयन भयो । २०१८ भदौ ७ मा भएको सम्मेलनले फत्तेबहादुर सिंहको सभापतित्वमा अर्को कार्यसमिति पुनर्गठन ग¥यो । २०२३ साल फागुन २४ देखि २७ सम्म भएको संघको पहिलो सम्मेलनले पशुपति पाण्डेको सभापतित्वमा अर्को कार्यसमिति गठन ग¥यो । २०२५ मा भएको दोस्रो सम्मेलनले मणिन्द्रराज श्रेष्ठको नेतृत्वमा पुनः नयाँ कार्यसमिति चयन भयो । सो अवधिमा पत्रकारहरुबीच एकापसमा निकै मनमुताव देखियो । एकले अर्काको अस्तित्व स्वीकार गरेको देखिएन । तथापि निकै मनमुतावकाबीच नेपाल पत्रकार संघ नामक संस्थालाई पत्रकारले जोगाएर राखे ।

वि.सं. २०५४ भाद्र ३० गते सम्पन्न १८ औं महाधिवेशनले संघलाई पहिलो पटक महासंघमा रुपान्तरण ग¥यो । जसको सभापतिमा किशोर नेपाल चयन भए । महासचिव भए सुरेश आचार्य ।

क–कसले नेतृत्व गरेः
वि.सं. २००८ साल जेठमा गठन भएको संघको पहिलो अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ (सम्पादक, नेपाल टुडे) थिए । २०१२ चैत १६ गतेको भेलाबाट दोस्रो अध्यक्ष चुनिए कृष्णप्रसाद उपाध्याय भट्टराई (सम्पादक, नेपाल पुकार) । २०१३ चैत १९ गतेको अर्को भेलाबाट तेस्रो अध्यक्ष चुनिए दाताराम शर्मा (सम्पादक, हालखबर) । २०१८ भदौ १० गतेको भेलाले चौथो अध्यक्षमा फत्तेबहादुर सिंह (सम्पादक, ने.भा.प.) लाई चयन ग¥यो । त्यस्तै, पाँचौ अध्यक्षमा २०१९ भदौ १५ को भेलाले पशुपतिदेव पाण्डेलाई अध्यक्ष चयन ग¥यो । २०२३ साउन २५ मा छैठौं अध्यक्षमा पुनः पशुपतिदेव पाण्डे (सम्पादक, नयाँ समाज) चयन भए ।

सोहीअनुसार २०२५ भएको सम्मेलनले मणिन्द्रराज श्रेष्ठ (सम्पादक, मदरल्याण्ड) संघको सातौं सभापतिमा छनौट भए । २०२७ जेठ १८ र १९ गते भएको अर्को भेलाले गोपालदास श्रेष्ठलाई आठौं सभापति चयन ग¥यो । त्यस्तै, २०३० को सम्मेलनले गोकर्णदेव पाण्डे नवौं, २०३२ को सम्मेलनले इन्दुकान्त शर्मालाई दशौं सभापति चयन ग¥यो । २०३५ कात्तिक २१ मा अर्को सम्मेलनबाट मञ्जुलरत्न शाक्य एघारौं सभापति छानिए । २०३७ फागुनमा भएको सम्मेलनबाट पुनः मञ्जुलरत्न शाक्य नै बाह्रौं सभापति चुनिए ।

२०४३ भदौ ३० गते भएको सम्मेलनले मणिराज उपाध्यायलाई तेह्रौं सभापति चयन ग¥यो । २०४६ असार ९ गतेको अधिवेशनले गोविन्द वियोगीलाई चौधौं सभापित छान्यो । २०४८ फागुन २३ र २४ गते भएको अधिवेशनले पुनः पन्ध्रौं सभापतिमा वियोगी नै चयन भए । २०४९ चैत ९ गते विराटनगरमा भएको अधिवेशनले होमनाथ दाहाललाई सोह्रौं सभापति चयन ग¥यो । २०५२ वैशाख १६ गते झापामा भएको अधिवेशनले हरिहर विरही सत्रौं सभापतिमा निर्वाचित भए ।

२०५४ भदौ ३० गतेको महाधिवेशनले किशोर नेपाललाई अठारौं सभापतिमा चयन ग¥यो । त्यही कार्यकालबाट तत्कालिन पत्रकार संघ महासंघमा रुपान्तरण भयो ।

२०५४ भदौ ३० गतेको महाधिवेशनले किशोर नेपाललाई अठारौं सभापतिमा चयन ग¥यो । त्यही कार्यकालबाट तत्कालिन पत्रकार संघ महासंघमा रुपान्तरण भयो । २०५६ मंसिर १९ गते सम्पन्न महाधिवेशनले उन्नाइसौं सभापतिमा सुरेश आचार्य आए । २०५९ वैशाखमा भएको महाधिवेशनले बीसौं सभापतिमा तारानाथ दाहाललाई चयन ग¥यो । २०६२ वैशाखमा भएको महाधिवेशनले एकाइसौं सभापतिमा विष्णु निष्ठुरी चयन भए । २०६५ वैशाख २१ र २२ गते भएको महाधिवेशनले धर्मेन्द्र झालाई बाइसौं सभापति चयन ग¥यो । २०६८ वैशाख २१ र २२ गतेको महाधिवेशनबाट शिव गाउँले तेइसौं सभापति चयन भए । २०७१ वैशाख २८ र २९ गते काठमाडौंमा भएको महाधिवेशनबाट डा. महेन्द्र विष्ट चौविसौं सभापतिमा निर्वाचित भएका छन् ।

विवादको कारणः
आर्थिक वर्ष २०७२÷०७३ को बजेट बक्तव्यमा तत्कालिन अर्थमन्त्री डा. रामशरण महतले पत्रकारिता क्षेत्रका लागि एक महत्वपूर्ण घोषणा गरे, “नेपाली पत्रकारको संगठनको पहिलो सभापति एवं पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सम्मानमा कृष्णप्रसाद भट्टराई आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गरिनेछ ।” सो बक्तव्यमाथि महासंघले तत्काल प्रतिक्रिया जनायो । प्रतिष्ठानमा कुनै व्यक्तिको नाम जोडेर विवादित बनाउन नहुने महासंघको सिफारिस थियो । तर महासंघले चाहेकोभन्दा ठीक उल्टो निर्णय आयो ।

प्रतिष्ठान गठनका लागि त्यसको कार्ययोजनासहित लमजुङको घलेगाउँमा बसेको महासंघको केन्द्रीय समिति बैठकले निर्णय गरेकै आधारमा तत्कालिन सञ्चारमन्त्री डा. मिनेन्द्र रिजाललाई पनि प्रस्ताव बुझाएको थियो । तर डा. रिजालले पनि भट्टराईको नाम जोडेरै प्रतिष्ठान गठनको प्रस्ताव मन्त्रीपरिषद बैठकमा लग्नुभयो । त्यसमा पनि महासंघले आपत्ति जनायो । महासंघको विरोधकाबीच प्रतिष्ठान गठन नहुँदै विवादमै तानियो । २०७२ असोज २४ गते अर्को सरकार गठन भएपछि महासंघले पुनः प्रतिष्ठान गठनका विषयमा सञ्चारमन्त्री शेरधन राईसँग परामर्श ग¥यो । व्यक्तिको नाम जोडेर प्रतिष्ठान गठन हुन नहुनेमै जोड दियो । तर अद्यापि सरकारले आधिकारीक निर्णय सो बारेमा गरिसकेको छैन । एकातिर महासंघको संस्थापक विवाद र अर्कोतिर प्रतिष्ठानमा भट्टराईको नाम जोडेर आएपछि विवाद बल्झिनुको प्रमुख कारण थियो ।

२०७२ असोज २४ गते अर्को सरकार गठन भएपछि महासंघले पुनः प्रतिष्ठान गठनका विषयमा सञ्चारमन्त्री शेरधन राईसँग परामर्श ग¥यो । व्यक्तिको नाम जोडेर प्रतिष्ठान गठन हुन नहुनेमै जोड दियो ।

संघ दर्ता र विधानः
तत्कालिन संघको चौथो अध्यक्ष फत्तेबहादुर सिंह नेतृत्वको कार्य समितिले संघ संस्था रजिष्ट्रेसन ऐन २०१९ अन्तर्गत संघलाई विधिवत् दर्ताकालागि २०१८ वैशाख २७ गते आवेदन दियो र ३१ गते दर्ता भयो ।

नेपाल पत्रकार महासंघको विधान २०६० (तेस्रो संशोधन २०७१) को दफा ३७ (क) ले ‘२०१२ चैत १६ गते स्थापना भई राष्ट्रिय निर्देशन ऐन २०१८ अनुसार दर्ता भएको नेपाल पत्रकार महासंघलाई संघ संस्था दर्ता ऐन २०३४ अनुसार दर्ता लिई क्रियाशील रहेको महासंघको अविछिन्न उत्तराधिकारवाला संस्थाकारुपमा मानिनेछ’ व्यवस्था छ । महासंघको नेतृत्वमा रहेकाहरुले राजनीतिक विचारका आधारमा महासंघको विधानलाई बंग्याएको तथ्यबाट पुष्टि हुन्छ । महासंघको नेतृत्वमा भएकाहरुले विधानको परिमार्जन गर्दा नियतबस भट्टराईको कार्यकाललाई संस्थापन बनाएको स्पष्टै देखिन्छ ।

तपाईको प्रतिक्रिया