कर्णालीको दुईवटा भंगालोकोवीचमा निक्कै संबेदनशील अवस्थामा रहेको तापुलार्इ भौराटप्पा भनेर चिनिन्छ । थारु जातिहरुको बाहुल्यता रहेको यो क्षेत्र सांस्कृतिक हिसाबले निक्कै धनी तर आर्थिक र राजनीतिक हिसाबले पछाडि पारिएको छ । क्षेत्रफलको अनुपातमा नेपालको सबभन्दा बढी थारु जातिहरुको बसोबास गर्ने यो क्षेत्र बिकासको दृष्टिकोणले राज्यबाट ठगिएको छ ।
यस क्षेत्रमा ८५ प्रतिसत भन्दा बढी थारु जातिको बसोबास छ । पाँच वटा गा.बि.स. लाई जोडेर एउटा नगरपालिका बनाइएको छ भने ६ वटा गा. बि. स. लाई टतस्थ राखिएको छ । यसर्थ यस क्षेत्रलाई एघार गा.बि.स.ले पनि चिनिन्छ । द्वन्द्वकालमा निक्कै दुख्ख झेलेका यहाका जनताहरु देश गणतन्त्रमा आइपुग्दा समेत कुनै किसिमको परिबर्तन भएको छैन । यहि क्षेत्रभित्र राजापुर बजार पनि अवस्थित छ । एेतिहासिक दृष्टिकोणले हेर्दा यो बजारनिक्कै पुरानो भए पनि आज भौतिक संरचना र पुर्बधारको हिसाबले खासै कुनै परिबर्तन देखिएको छैन । हाम्रा पुर्खाहरुको भनाइ अनुसार पहिले पहिले दाङ र सुर्खेतका जनताहरु सामानहरु किनमेल गर्न दाङ र सुर्खेतबाट पैदल राजापुर बजार आउँथे तर बिडम्बना यति पुरानो इतिहास बोकेको बजार कुनै परिवर्तन भएन । यहि नजिकै टीकापुरको बजार बिस्तारमा ठूलो परिवर्तन भैसकोको छ भने राजापुर बजार जहाँको त्यही छ ।
द्वन्द्वकालमा निक्कै दुख्ख झेलेका यहाका जनताहरु देश गणतन्त्रमा आइपुग्दा समेत कुनै किसिमको परिबर्तन भएको छैन । यहि क्षेत्रभित्र राजापुर बजार पनि अवस्थित छ ।
विकास नहुनुका कारणः
१. अस्थाइ बसोबास
बर्दिया राजापुर निक्कै पुरानो बजार हो । राजापुर बजार बिकास नहुनुको मुख्यकारण अस्थाई बसोबास हो । ९९ प्रतिसत बजार भित्रको ब्यवसायी लालपुर्जा बिहिन छन् । यति लामो समयसम्म बसाइ गरिसक्दा पनि त्यहाका स्थानियहरुले लालपुर्जा पाएका छैनन् । प्रत्येक चुनाबमा नेताहरुले लालपुर्जाको विषयलाई त्यहाको जनताको भोट लुट्ने प्रमुख एजेन्डा बनाउने गर्छन् तर आजसम्म नेताहरुको आश्वासन आश्वासनमा मात्र सीमित छ । लालपुर्जा नभएको कारणले गर्दा यहाका ब्यापारिहरु स्थायीरुपमा घर बनाउन र व्यापार गर्न सकिरहेका छैनन् । जस्लेगर्दा उनिहरुले धेरै अवसरहरु गुमाउनु परिरहेको छ ।
२. एकलौटी जग्गा जमिन
राजापुर बजार क्षेत्रको आसपासमा एउटै ब्यक्तिको स्वामित्वमा धेरै जग्गा जमिन हुनु पनि बिकासको बाधक हो । धेरै जग्गा जमिन एउटै ब्यक्तिले थुपारेर तटस्थ बसिरहेको अवस्थाले गर्दा बजार बिस्तारमा समस्या देखिएको छ । सरकारले बजार बिस्तारको लागि कुनै किसिमको योजना बनाउन नसक्नु र त्यहाको स्थानीयहरुले बजार बिस्तारको लागि सहयोग गर्न नसक्नु नै सबभन्दा ठूलो कमजोरी हो ।
३. घुमन्ते ब्यापारिहरुको बिगबिगी
राजापुर बजार घुमन्ते ब्यापारिको हातमा परेको हुनाले बजारको बिस्तार एबम बिकास नहुनु अर्को मुख्य कारण हो । थारुहरु ब्यापार ब्यवसायिमा कमजोर भएको कारणले यिनिहरुको कमजोरिको फाइदा उठाउदै भारतिय मुलका व्यापारीहरुले यहाँको जनताहरुको सबै आम्दानी भारतमा लगानी गर्ने र उहीँ स्थायी रुपमा घर बनाइ बसोबास गर्ने भएकोले राजापुर बजारको मुहार फेरिएन । सरकार आफ्नै मुलको ब्यापारिहरुलार्इ स्थायी रुपमा स्थापित गर्न नसक्नु नै ठूलो कमजोरी हो ।
४. पुर्बधारको अभाब
कुनै ठाउको बिकास नहुनु भनेको पुर्बधारको अभाब हो । अहिले सम्म ११ गा. बि. स. को यातायातको सुबिधा हेरयो भने निक्कै दयनीय छ । राजापुर बजार भित्रको २ सय मिटर पक्की बाहेक कहि कतै पक्की भएको छैन । बाटो र पुलको अभाबले गर्दा यहाँ कुनै किसिमको अवसरको सिर्जना हुदैन । बैंक बितिय, गै.स.स. एबम ब्यापारिक संस्थाहरु पुर्बधारको अभाबले गर्दा लगानी गर्न हिचकिचाइ रहेको अवस्था छ । शिक्षा, स्वास्थ्य, यातायात लगायत बिभिन्न पुर्बधारको बिकास बिना कुनै पनि बिकास र अवसरहरु सिर्जना हुन असम्भब छ ।
५. कृषि तथा सरकारी संयन्त्र पहुँचमा कमि
८५ प्रतिसत जनसंख्या थारुले ओगटेको ठाउँमा ८० प्रतिशत भन्दा बढी जनताले कृषि पेसामा आवद्ध छन् । अहिलेको सरकारको बजेट हेर्दा कृषि पेसामा थुप्रै अनुदान र लगानी भए तापनी त्यो असली कृषक सामु पुगेको अवस्था छैन । आधुनिक कृषि प्रणालीको अभाब छ । कृषकले आफैले किनेर पनि सहि समयमा मलखाद प्राप्त गर्न सक्दैन भने अर्को जटिल समस्या भनेको आफैले उत्पादन गरेको बस्तुको सहि मूल्य पाउन सकिराखेका छैनन् । ५० बर्ष अगाडि कृषकको जीवन र अहिलेको कृषकको जिबनमा कुनै खासै परिवर्तन आको छैन । अहिले यहि कृषकको जिबनलार्इ क्याल्कुलेसन गर्दा एउटा सरकारी खरदारको आम्दानी र ५ बिघामा २० जना मेनपावर दिनरात खटिदा बराबरको आम्दानी कृषकहरुले गर्न सकिराखेको छैनन । जहाँ ८० प्रतिसत रहेको थारुको १ प्रतिसत पनि सरकारी संयन्त्रमा पहुँच छैन । यी सम्पुर्ण जनताको जीवनस्तरको प्रभाब त्यहाको समाज र क्षेत्रलाइ परेको छ ।
६. इमान्दार नेताको अभाब
नेता फेरिए, नेताको जिबनस्तर फेरियो तर यो क्षेत्र, यो राजापुर बजारको मुहार फेरिएन । यो क्षेत्रलाई सुनको चरा बनाउने धेरै नेताहरु आएर सोझा जनतालाइ उल्लु बनाएर गए, तर सोझा जनताहरु सुनको चरा कहिले आउँछ र सुनको अन्डा दिन्छ भन्ने झुठो सपनाको आसमा कयौं पुस्ता गुजारे । नेता त धेरै जन्मे तर सबै टुरिष्ट नेता भएर जन्मे । जबसम्म एक सच्चा नेताको जन्म हुदैन तबसम्म यहाको जनताको सपना अधुरै रहन्छ ।
अन्त्यमा, बिकास आफै हुदैन बिकास गर्नको लागि स्वयंम आफू पनि अग्रसर हुन जरुरी छ । सायद जति दोषी हामी नेतालाई देख्दैछौ यति नै दोषी हामी पनि छौ । आखिर हामिले नै उनिहरुलाइ नेता बनाएको हौ नि । भबिस्यमा आफुले चुन्ने नेताको मुल्यांकन गरी चुनौ र अर्को महोत्वपूर्ण कुरा माथिको कारणलाई कसरी सुधार्ने ? कसरी पार लाउने ? यसको बारेमा छलफल बहस गरी ठोस निकास दिऔं। यो नै नयाँ नेपालको सुरुवात हो ।
(लेखक चौधरी बर्दियाली थारु विकास मंच काठमाडौंका अध्यक्ष हुन ।)