साहित्यिक पत्रकार संघमा कडायत


Kadayat

धनगढी, जेठ २३ गते । नेपाल साहित्यिक पत्रकार संघको प्रदेश नं ७ को अध्यक्षमा हरिकृष्ण कडायत निर्वाचित हुनुभएको छ ।

धनगढीमा शनिबार आयोजित भेलाले कडायतलाई अध्यक्षमा निर्वाचित गरेको हो । संघको उपाध्यक्षमा पुष्करराज भट्ट र कल्याण ओझा, सचिवमा जनक रसिक, सहसचिवमा हरिशप्रसाद जोशी र कोषाध्यक्षमा बाबुराम आचार्य चयन भएका छन् ।

साहित्यिक पत्रकार संघका केन्द्रिय उपाध्याक्ष मातृका पोखरेल एवम् केन्द्रिय सदस्य वीरबहादुुर चन्दको आथित्यमा धनगढीमा शनिबार भेला सम्पन्न भएको थियो । समितिका सदस्यमा एन. के. जोशी, टोपेन्द्र शाह, ऋतुु कुुँवर, कविराज भट्ट, महेन्द्र बस्नेत, भुुवन निस्तेज, सरिता जोशी रहनुु भएको छ ।

सो समितिका सल्लाहकार संयोजक वासुदेव पाण्डेयलाई चयन गरिएको छ भने सल्लाहकार समितिका सदस्यहरूमा क्रमशः रामलाल जोशी, श्रेष्ठ प्रिया पत्थर, यज्ञराज यात्री, हरिलाल गिरी, कृष्ण पनेरू ‘वञ्चित’ एवम् खगेन्द्र जोशी चयन भएको उपाध्यक्ष भट्टले भन्नुभयो ।

तपाईको प्रतिक्रिया