सिकलसेल एनिमिया के हो ?

डा. शुभेषराज कायस्थ

डा. शुभेषराज कायस्थ

Dr. suvesh

मलेरिया विभिन्न प्रजातिका हुन्छन् । त्यसमध्यको एक प्लाज्मोडियम फ्याल्सिपेरम एउटा प्रजातिको मलेरिया हो । यो कडा किसिमको हुन्छ ।

समयमै यसका विरामीले उपचार नपाएको खण्डमा मान्छे मर्नपनि सक्छ । त्यस्तै यसको राम्रोसित उपचार नगरे यो एक व्यक्तिबाट सयौं व्यक्तिमा सजिलै सर्ने गर्छ । प्लाज्मोडियम फ्याल्सिपेरम मलेरिया प्रचुरमात्रामा हुने ठाउँमा सिकलसेल ऐनिमिया देखिएको छ ।

वैज्ञानिकहरुले यसलाई कसरी एक आपसमा सम्बन्धित गरेका छन् भने शरीरले प्लाज्मोडिम फ्याल्सिपेरम मलेरियाबाट बच्नकलागि हाम्रो मानव शरीरको रक्तकोष हसियाको आकारमा परिवर्तन भई सिकलसेलजस्तो आकारमा बदलिन्छ । अर्थात ‘सिकल’ भनेको हसियाको आकार र ‘सेल’ भनेको रक्तकोषिका हो । त्यसैले यसको आकार परिवर्तन भइ हसियाको आकारमा बदलिन्छ ।

sickle-cell-anemia-Test

किनभने हसिया आकारको सिकलसेल भएको रक्तकोषिकालाई फ्याल्सिपेरम नामक मलेरियाले आक्रमण गर्न सक्दैन । त्यो मलेरियाको प्रतिरोधको लागि उक्त कोषिकाले आकार परिवर्तन गर्दछ ।

आकार परिवर्तन हुने भएकैले यो सिकलसेल एनिमिया मलेरिया निश्चित जनसंख्या भएका ठाउँहरुमा मात्र देखिने गरेको पाइएको छ।

यो खानपानको कारणले हुँदैन । यो पूर्णतया वंशाणुगत हो । यो रोगमा यदि बुवाआमालाई सिकलसेल छैन भने तिनका छोराछोरीमा सिकलसेल कुनैहालतमा पनि हुँदैन । तर, यदि दुबैमा छ भने उनीहरुबाट जन्मने बालबालिकामा पनि देखापर्ने गर्छ ।

पश्चिमका थारु समुदाय पीडित

यो खानपानको कारणले हुँदैन । यो पूर्णतया वंशाणुगत हो । यो रोगमा यदि बुवाआमालाई सिकलसेल छैन भने तिनका छोराछोरीमा सिकलसेल कुनैहालतमा पनि हुँदैन । तर, यदि दुबैमा छ भने उनीहरुबाट जन्मने बालबालिकामा पनि देखापर्ने गर्छ ।

अहिलेसम्म देखिएकामध्ये कपिलवस्तुदेखि महाकालीसम्मका थारु समुदायका मानिसहरुमा यो रोग फैलिएको छ । जबकी पूर्वीभागमा यसको प्रकोप खासै देखिएको छैन । यो किन भइरहेको छ भनेर यकिन भन्न गार्‍हो छ । किनकी नेपालमा यस सम्बन्धी विस्तृत अध्ययन अनुसन्धान नै भएको छैन । सबै थारु समुदायमा पनि यसबारे अनुसन्धान गरिएको छैन ।

यसका रोगी उपचारकालागि आएमात्र रोगको पहिचान गरी उपचार गर्ने गरिन्छ । जो रोगवहाक हो, जसको जीन खराब छ तर ऊ स्वस्थ्य छ, त्यस्ता जनसंख्या नेपालमा धेरै छन् । तिनीहरुमै रोग बढी देखिएको छ ।

सिकलसेलको लक्षण
सिकलसेल भएकाहरुमा सबैभन्दा पहिले रगतअल्पता हुन्छ । उनीहरुको शरीरबाट रगत कम हुँदैजान्छ । हात, खुट्टाको हड्डी, मेरुदण्ड तथा करङ्ग धेरै दुख्ने गर्छ । धेरै पीडा हुन्छ । साथै जण्डिस पनि देखापर्छ । पेट दुख्छ ।

जाडोयाममा प्रायः बालबालिकालाई निमोनिया हुनेगर्छ । कतिपय बालबालिकामा सिकलसेल रोग पहिचान हुनुपूर्व नै निमोनियाबाट मर्ने गर्छन् । ५० प्रतिशत बालबालिका सिकलसेल पहिचान नहुँदै निमोनियाबाट मर्ने गर्छन् ।

कतिपय बालबालिकामा सिकलसेल रोग पहिचान हुनुपूर्व नै निमोनियाबाट मर्ने गर्छन् । ५० प्रतिशत बालबालिका सिकलसेल पहिचान नहुँदै निमोनियाबाट मर्ने गर्छन् ।

त्यस्तै पित्तथैलीको पत्थरी, कलेजो सुन्निने, फियो सुन्निने जटिलता उत्पन्न हुन्छ । यसले आँखामा समेत असर    पार्छ । समग्रमा थारु जातीका किशोर किशोरीमा यी लक्षण देखापर्ने हुँदा उनीहरुमा यी लक्षण देखापरे चाँडोभन्दा चाँडो रोगको पहिचान गरी उपचार गर्नु आवश्यक हुन्छ ।

सिकलसेलको उपचार
यसको यकिन उपचार त छैन । तर, समयमा रोगको उपचार भयो, औषधि भयो भने यो रोग चाँडै निको हुनसक्छ । त्यस्तै यस्ता रोगका विरामीको पाचनशक्ति कमजोर हुने भएकाले बच्चाहरुलाई दुई दुई वर्षमा निमोनिया विरुद्धको खोप दिनुपर्छ ।
उनीहरुलाई बेला बेलामा रगत चढाउनु पर्ने हुँदा समय समयमा रगत जाँच गर्नुपर्छ । बच्चाहरुलाई निमोनियाबाट बचाउनु पर्ने हुँदा पेनेसिलिनको चक्की दिने, रगत बढाउन फोलिक एसिड दिइन्छ । धेरै गर्मीको मौसममा यस्ता रक्तकोषिका हसिया आकारमा परिणत हुनेगर्दछ । त्यसैले धेरै चिसो तथा तातोबाट पनि रोगीलाई बचाउनु पर्छ ।

धेरै ज्वरो आएमा पनि विरामीलाई यो रोगले च्याप्नेहुँदा चिकित्सकहरुले धेरै पानी पिउन विरामीलाई परामर्श दिने गर्दछन् । त्यस्तै झोलिलो, पासिलो खानेकुरा खान सुझाव दिइन्छ । धेरै समस्या भएमा तुरुन्त नजिकैको स्वास्थ्यचौकी अथवा स्वास्थ्य संस्थामा गएर जचाउनु पर्दछ । यतिमात्र गर्न सकेपनि धेरै विरामीको ज्यान बच्न सक्छ ।

डा. कायश्थसँग ऋचा अर्यालले गरेको कुराकानीमा आधारित । फिजिसियन कायश्थ हाल वीर अस्पतालमा कार्यरत छन् ।

साभारः अनलाइनखबर बाट ।

तपाईको प्रतिक्रिया