संघियताले देश टुक्रिदैन

सुरबहादुर परियार

सुरबहादुर परियार

नेपाल एक बहुभाषिक, बहुसास्कृति, बहुधार्मीक,र बहुजातिय मुलुक हो । संविधानले पनि स्वीकार गरेको छ । तर व्यवहारमा अहिले पनि एकल जातिय निर्णयमा देश र शासनसत्ता समाल्दै आएको कुरा सत्य हो । देश बहुजातिय हुदाँ शासन चाहि एकल जातिय भएर नै देशवाट राजसंस्थाको अन्त्य भएको हो । हाम्रो राजनीतिक अगुवामा पनि विगत राजसंस्थाजस्तो एकल जातिय शासनप्रवृति हावि देखीन्छ । शासनसत्तामा विविधताभन्दा एकल निर्णयको अभ्यास परिवर्तन हुनसकेको छैन ।

नेपालमा संघियता खाँचो छ किनकी शासकीय स्वरुपमा विकेन्दीकरण र आमजनताको राज्य शासनसत्ताको अपनत्व भावना निर्माणका लागि । देश बहुजातिय ,बहुभाषिक, बहुधार्मीक र बहुसास्कृतिक संरक्षण र रक्षाकालागि नै संघियता चाहिएको हो । विगतमा नेपाल भनेका केवल ५७० बर्ग किमि क्षेत्रफल भएको काठमाण्डौ हो भन्ने सोच शासकहरुबाट हटाउन जरुरी छ । अब मधेशबाट काठमाण्डौ प्रवेशगर्दा भिसा र पास्पोर्ट देखाउनु पर्ने युगको अन्त्य भइसकेको छ । चिनसँग सिमाना जोडिएको उत्तरका नेपाली बढी देशभक्त र दक्षिण भारतसँग सिमानामा बस्ने नेपाली कम देशभक्त, विखण्डनकारी हुन्छन् भन्ने आकलन गरी राजनीतिक गर्ने जमनाको अन्त्य हुन जरुरी छ ।

संघियताले विगतमा मन फाटेर पनि घुम्सेर बसेको जातजाति, धर्म र संस्कृतिका समुदायलाई एक समान व्यवहार गरिराज्यको स्थिती झन मजवुत बनाउने हो । संघियता भनेको तल्लोतहको जनताले शासन गर्ने नयाँ बहुआयमिक राजनीतिक शासन प्रणाली हो । यो प्रणाली कदापी खराव हुन सक्दैन्न । त्यसैले एकजना अंग्रेजी विद्वानले भनेका छन् । संविधान र कानुन जतिसुकै कठोर भएपनि शासन गर्ने व्यक्ति यदि असल छ भने त्यो असल हुन्छ तर संविधान र कानुन जतिसुकै राम्रो भए पनि त्यसको शासन गर्ने खराव भएमा त्यो जनताका लागि खराव नै हुन्छ ।

वास्तवमा नेपालमा जहाँ जसरी सिमा निर्धारण गर्दापनि देश टुक्रिदैन । देश विखण्डन भइहाल्ने होइन । नेपालमा संघियता कुनै राज्य मिलाएर बनाएर नयाँ संघ बनाउनु परेको पनि होइन ।

नेपालमा बनाएको संघियातको आधार भुगोल मात्र होइन पहिचान, सामाथ्र्यका आधारमा पनि हो । नेपालमा जातिय उत्पीडन र विभेद अन्त्यका लागि हो । एकल जातिय शासकीय सत्ताको अन्त्यका लागि हो । नेपालमा संघियता बुहँजातिय पहिचानका लागि । नेपालमा संघियाता क्षेत्रीय असुन्तलन, भाषा र सास्कृतिकमा देखीएको विभेदको अन्त्यका लागि हो । नेपालमा संघियातका मुलआधार प्रशासकिय सुगमता लागि हो । राज्यका हरेक निकायमा आम नेपालीको अपनत्व गराउनु हो । राज्यका प्रशासनमा एकल जातिय ठेक्कादारीको अन्त्यगरी समावेशी प्रशासकिय संयन्त्र बनाउनुका लागि नेपालमा संघियता चाहिने हो । कुनै जाति धर्मकोमात्र शासनमा नश्ल र वर्गका आधारमा योग्यता प्रदान गर्ने शासन व्यवस्थाको अन्त्य गर्न संघियता चाहिएको हो ।

वास्तवमा नेपालमा जहाँ जसरी सिमा निर्धारण गर्दापनि देश टुक्रिदैन । देश विखण्डन भइहाल्ने होइन । नेपालमा संघियता कुनै राज्य मिलाएर बनाएर नयाँ संघ बनाउनु परेको पनि होइन । नेपालको ठूलो भुभाग भएर समाल्न नसकेर पनि होइन । नेपालमा संघियता भौगलिक जटिलता, विकटता र शासनमा निश्चित जातिको हाविलाई रोकेर समावेशी भावना सृृजना गर्न आवश्यक परेको हो । नेपालमा संघियता प्रशासकिय सुगमता नै हो । अहिले पनि देश कुल कर्मचारीमा ५० प्रतिसत कर्मचारी राजधानीमा काम गर्छन् । जनसंख्याको हिसावले हेर्दा देशको राजधानीको स्थायी बसोबास गर्ने १८ लाख जतिमात्र छ, जुन उपत्यका बाहिरको जनसंख्या तीन करोड छ जसलाई प्रशानिक सुगमता छैन ।

अव अधिकार पाउनेहरु कसरी बढी लिने दौडधुपमा   छन् । त्यसैले तनावजस्तो देखिएको हो । यही संघियातको तनावको फाईदा लुट्न खोजिरहेको जस्तो देखिन्छ ।

संघियातको सिमा जसरी बनाउँदा पनि कुनै जाति वा धर्म वा सम्प्रदायलाई फरक पर्दैन । विगतमा बनाएका प्राकृतिक हावापानीका आधारका तराई, पहाड र हिमाल बनाउँदा पनि फरक पर्दैन । पाँच विकासलाई आधार वा अरु कुनै आकारमा सिमा निर्धारण गरेमा फरक पर्दैन । फरक पर्ने शासकले जनतालाई शक्ति विकेन्दीकरण कुन हदसम्म शक्ति दिने भन्ने कुराले फरक पर्ने हो । अहिले एक जिल्लावाट अर्का जिल्लामा जाँदा कुन जातिले भिसा र पास्पोर्ट देखाउनु परेको छ ? के एक विकास क्षेत्रवाट अर्का विकास क्षेत्रमा कृषि उत्पादन विक्री वितरण गर्दा रोक लगाएको छ ? हो त्यसैगरी अव फेरिपनि संघियता पनि एक प्रदेशबाट अर्का प्रदेशमा जान भिसा र पास्पोर्ट देखाउनु पर्दैन । अहिले तराईबाट दुध लगेर राजधानीमा बेचिन्छ । त्यसैगरी भोलि पनि बेच्न सकिन्छ । संघियता जसरी बनाए पनि समस्या होइन त्यो शासकहरुको राजनीतिक चरित्र र विचारमा फरक पर्ने कुरा हो । राजनीति गर्ने बाहुन हुँदा बढि राष्ट्रवादी हुने र तराईको मधेशी भए कम राष्ट्रवादी हुन्छ, भन्ने हो्ईन । एक चर्चित गीत छ फुलको आँखामा फुलै संसार काँडाको अाँखामा काँडै संसार । हाम्रो देशको संघियताको सवालमा पनि त्यस्तै हो । चित्रबहादुुर केसी लगायतको चश्चमाले हेर्यो भने देश विखण्डन हुनसक्छ । कमल थापाको चश्माले हेरेमा धर्मसंकट पर्नसक्छ । उपेन्द्र यादवको चश्माले हेरेमा पहाडीहरु मधेशीको लागि शोसक र समान्त नजर आउन सक्छन् । केपी ओलीको नजरमा एक मधेश एक प्रदेश दिएमा देश विखण्डन हुनसक्छ । शेरबहादुरले थारुहट दिदा पहाडमा भोकमरी पर्नसक्छ भन्छन् । प्रचन्डको नजर नै बहुरुपी छ । थारु देखे पहाडी खराव । मधेशी देखे पहाडी खराव । पहाडमा चढे मधेशी विखण्डनकारी देख्ने उनको चरित्र भइसकेको छ । बाबुरामको नजरमा संघियाता न कालो छ न सेतो छ ।

संघियातका सवालमा यति धेरै स्वर आउनुले देशमा विखण्डन नभएर हिजो दवेका आवाजको आज मुखरित भएका मात्र हुन । संघियातका सवालमा तनावजस्तो देखिनु स्वभाविक पनि हो किनकी हिजो सिगै भाग खाइरहेकोहरुले केही छोडनु पर्दैछ । केही पनि नभएकाहरुले केही पाउदै छन् । हिजो राज्यको स्रोत एकहोरो दोहन गरेकाहरुले आज खोस्निे चिन्ता छ । अव अधिकार पाउनेहरु कसरी बढी लिने दौडधुपमा   छन् । त्यसैले तनावजस्तो देखिएको हो । यही संघियातको तनावको फाईदा लुट्न खोजिरहेको जस्तो देखिन्छ । यसैलाई कोही सत्ता भागबन्डा गर्न खोज्दैछन । कोही सरकार ढालेर नयाँ बनाउने खेलमा छन् । कोही भारतीय दुतावास लैनचौरमा गएर भातखाने मेसो खोजिरहेको मात्र हुन ।

विगत शासनसत्ता जसरी अव फेरि गाउँघरमा कविलाराज्य खडागर्नु पनि संघियतामा जानलागेको होइन । त्यसैले संघियताले देश टुक्राउँदैन । देश बनाउन संघियताको आवश्यकता र खाँचो छ ।

संघियता वरदान हो, अभिसाप होइन । संघियातले देशलाई बलियो बनाउँछ, कमजोर होइन । हिजो नेपाल अधिकारविहिन थियो त्यो नाम फरक थियो । तर आज हुने संघियता अधिकार जनताको हातमा बढि छ । हिजो पनि गाविसमा गाउँपरिषद र कार्यकारी अध्यक्षमण्डल    थियो । भोलि पनि त्यही गाविसबाट केही अधिकार पाएर गाउँपालिका हुदैछ । हिजो पनि जिविसमा जिल्ला परिषद र यसले निर्माण गरेको सभापतिमण्डल थियो । भोलि त्यो हटेर धेरै जिल्ला र क्षेत्रबाट जितेकाहरु अलि बढि अधिकार लिएर संघिय प्रदेश परिषद त्यसका मुख्य विधानमण्डल परिषद र त्यसको मुख्यमन्त्री हुदैछ । लिम्वु भएको ठाउँमा लिम्वु कै नेता चुनाव जित्न पनि सक्छ, हार्न पनि सक्छ । थारुको चुनाव थारु जित्न पनि सक्छ हार्न पनि सक्छ । तर त्यसको बाहुल्यता भएको ठाउँमा प्रतिनिधीत्व सुनिश्चित गर्ने सवालमात्र नयाँ समावेशीको व्यवस्था संघियतामा केही आरक्षण व्यवस्था आउन  सक्छ । त्यसको मतलव अव हिजो जसरी नारायणहीटीमा राजा बस्थे त्यसैगरी भोली प्रदेशमा एकअर्का जाति विशेषलाई श्रीपेच लगाउने पनि होइन संघियाता । विगत शासनसत्ता जसरी अव फेरि गाउँघरमा कविलाराज्य खडागर्नु पनि संघियतामा जानलागेको होइन । त्यसैले संघियताले देश टुक्राउँदैन । देश बनाउन संघियताको आवश्यकता र खाँचो छ ।

तपाईको प्रतिक्रिया