अष्टिम्की अर्थात कृष्ण जन्माष्टमीको महिमा

दिप्तीशिखा चौधरी

भाद्र महिनाको कृष्णपक्षमा पर्ने अष्टमीतीथिमा भगवान श्रीकृष्णको जन्म भएको दिनलाई डङ्गौरा थारुहरुले अष्टिम्की अर्थात् कृष्ण जन्माष्टमी भन्छन् । यस पर्वलाई महिलाहरुले बिशेष पर्वकोरुपमा मनाउने गर्दछन् । भाद्र महिनाको अष्टमी तीथिमा कृष्ण (कान्हा) लाई टीको लाएर मनाईने चाड भएकाले यसलाई थारु भाषामा अष्टिम्की भन्न थालिएको हो ।

अष्टिमकीको दिन गाउँको मटावाको घरमा बैठक कोठा अर्थात (बह्री) मा स्थापीत अन्न राख्ने भाँडो डेहरीमा ढुङ्गाले पिधेर बनाईएको चामलको झोलले पोतीन्छ । थारु लोकचित्रकलाले त्यसमा थारु लोककला चित्रण गर्छन । चित्र बनाउने रङ सम्भव भएसम्म प्राकृतीक बस्तुबाट नै बनाईन्छ तर अब भने बिभीन्न थरीका रङ बजारमा आएकाले त्यहि रङ प्रयोग गरेको देखीन्छ । जस्तोसुकेको लौका आगोमा पोलेर त्यसको कोयालाबाट बनाईएको कालो रङ, सीमीको पात पिधेर नीकालीएको हरीयो रङ, गेरुले बनाईको रातो रङ । त्यस्तै चित्रकोर्ने कूचिको निर्माण पनि बाँसलाई पेन्सील आकारमा काटेर बनाइएको हुन्छ ।

डेहरीको माथील्लो भागमा माटोले चारवटा टाउका बनाईएको हुन्छ जसलाई थारुहरुले बरमुन्हा भन्दछन् । बरमुन्हा रावणको थारु नाम हो । थारु सस्ंकृतीमा रावणको महिमा रामको पुरुषार्थको तुलनामा धेरै छ । डेहरीको चारैतर्फ फ्रेम आकारको त्रिभूजाकार बुट्टा भरीन्छ यहि फ्रेमभित्र दाहिनेतर्फ सुरज भएर (सुर्य) र देव्रेतीर चन्द्रमाको चित्र बनाईन्छ । थारु लोककाब्यमा गाईने समरौटि अर्थात् प्रार्थनामा अनेकौँ देवीदेवताहरु मध्येमा सुरज सुरज भरारलाई स्मरण गरेबाट र चित्र बनाई पूजागरेमा थारु सस्ंकृतीमा सुरज भरारको महिमा निकै रहेको स्पष्ट हुन्छ । सुरज भरार मुनी लंहगा धारण गरेकी पांचवटि द्रौपदी चित्रीत हुन्छिन् । पाँचवटि द्रोपती चित्रीत गर्नुको आशय पांच पाण्डवहरुमा द्रौपदीप्रतीको मनोबिज्ञान छल्काउनु रहेको कुरा स्पष्ट हुने थारु लोकचित्रकारहरु बताउछन् ।

यस मूनीको पंक्तीमा पाँच पाण्डवहरु चित्रीत हुन्छन् । थारु लोकचित्रकार दाङ कचिला गाउँका डम्वर चौधरीकाअनुसार कुनै पाण्डवले छाता ओढेका हुन्छन् भने कसैले मादल भिरेको बनाइएको हुन्छ । पाण्डवलाई बीचमा डोलीको चित्र हुन्छ । यसै डोलीमा आसिन गराएर पाण्डवहरुले द्रौपदिलाई भित्राएका हुन् भन्ने कथन छ । सबैभन्दा तल बासुकी नाग बनाईकी हुन्छिन् । त्यसमाथि चित्रकारले जलाम्य देखाएका हुन्छन् । दुईवटा बासुकी नागकोबीचबाट चित्रकारले कदम्बको बृक्ष उमारेका हुन्छन् । कान्हा अर्थात कृष्णलाई यो बृक्ष धेरै प्यारो लाग्थ्यौ रे । यस्तै, चित्रकारले जलमा गोहि, गंगटा, माछा, कछुवा चित्रीत गर्दछन् भने कदम्बको रुखमा बाँदर हुन्छ । समग्रमा यस प्रकारको आलेखले सृष्टिको उत्पतिदेखि बिकासक्रमका बारेमा बोल्छ ।

थारु चित्रकारले यसरी चित्रण गरीरहेको हुन्छ भने थारु महिला अर्थात थारु गोपीनीहरु बिहानैदेखी अष्टिम्की पूजनको तयारीमा ब्यस्त देखीन्छन् । माटाका पाला, गरगहना खली (पिना) ले माझेर टलक्क टल्काउछन् । घर आंगन लीपपोत गरी आफु पनि सफा हुन्छन् । कृष्ण अर्थात कान्हालाई चढाउनका लागि कान्हाको प्रीयबस्तु मानीने घुन्यासरको फुल, काक्रो, अमीलो, मेवा जम्मा गदर्छन् । जव जव साँझ पर्दै जान्छ गोपीनीहरु श्रृंगार पटारमा जुट्छन् ।

श्रृंगार गर्दै थारु यूवती
अध्यारो रात जुनकीरीको झीमीक झीमीक प्रकाश र ताराको चमकले त्यसै अधेरी रातलाई चकमन्न पारीदिएको हुन्छ । श्रृंगार गरी जव ब्रतालु थारु गोपीनीहरु थालमा चामल, चामल वरिपरि घुनयासरको फुल, मेवा, कागती अमिलोजस्ता फलफुल, चामलको बीचमा धपधप बलेको बत्ती हातमा लीएर घरघर बाट लामकालाम मटाँवाको (गाउँको मूख्य मान्छे) घरतीर नीस्कन्छन् त्यो सौन्दर्य त्यो रातलाई मोहित पारीदिएको हुन्छ । दर्शकहरु मोशित हुन्छन् । कान्हा झनै कसरी मोहित नहोउन् ।

कान्हालाई टिकन जादै थारु गोपीनी


अष्टिमकीको दिन पूजास्थलमा ओछ्याईएको गुन्द्रिमा व्रतालुहरुले आफनो पूजन सामग्रीहरुमा कान्हा (कृष्ण भगवान) का लागि खीरखाने चामल खन्याउछन् र त्यस वरिपरि फुल राख्छन् भने चामलको माथी बत्ती राख्छन् । पहिला मटाँवाकी पत्नीले अष्टिम्की चित्र सबैमा सीन्दुरको टीका लगाईदिन्छिन् । लोटाको जलले आचमन गर्छिन त्यपछि त्यसैगरी सम्पूर्ण ब्रतालुहरु पुजन गर्छन् र घर–घर फर्केर फलफुल दहि खाएर मध्यरातमा पून ः पूजनस्थल फर्कीन्छन् र गीत गाउन सुरु गर्दछन् ।

थाल बाट चामल, फुल लाईनबद्ध रुपमा राख्दै


पूजा गर्दै घरमूली
सीरीजीट गईलरी जलथर ढरटि
सीरीजीट गईलरी कईला कुश डाव
अहोरात्र अष्टिम्की गाउन चलीरहन्छ । दुना टपरी खुटेर गाईरहन्छन् ब्रतालुहरु यो संगै माटाको बत्ती नीभ्न हुदैन अन्यथा सोचेको ईच्छा पूरा हुदैन भन्ने जनबिश्वासका आधारमा ब्रतालुहरु आ–आफनो बत्तीमा तेल थपीरहन्छन् ।

कान्हा लाई टिक्नु अघि अष्टिम्की गाउदै गोपीनीहरु
थारु गोपीनीहरु पूजा गर्ने प्रतीक्षामा
अष्टिमकी पर्वको दोस्रो बिहान ब्रतालुहरु फेरि घर घरबाट टपरी लीएर पुन ः श्रृंगार गरी पुजन स्थलमा जान्छन् । गीत गाउदै उसैगरी   टिक्छन् ।
भाउ भिनसरीया मुर्घा एक बोलल
कब बसब्या मुर्गा डईचरा खईबिरी कईटा भाट

पूजा गरेको प्रसाद सेलाउन नदिमा (खोला) जादै

टपरीमा फलफुल र बत्ती राख्छन् । नजीकको खोला नदिमा प्रशादयूक्त टपरी बगाईदिन्छन् । नदिमा धिपधिप बल्दै बग्दै बग्दै गएको प्रशातको टपरी गोकुलको जमुनामा पुग्छ जँहा कान्हाले (कृष्ण) उक्त प्रसाद लुटिलटि खान्छन् भन्ने थारु लोककाब्यले जनाउँदछ ।

नदिमा प्रशादयूक्त टपरी सेलाउदै थारु गोपीनी


बर्तालुहरु नुआई धुवाई गर्छन आ–आफनो घर फर्कीन्छन् । सील्टुङ्ग (गेडा) मिसाईएको परवरको साग, पाप्रो (गब्डा ), चिचिण्डो (कैठा) तीन अथवा सात प्रकारको तरकारी, भात, घिउ अग्नीमा अर्पन गरी आफना दिदि बहिनीहरुका लागी टपरीमा अग्रासनको रुपमा छुट्याई आफुले खान्छन् । छुट्याईएको भाग अग्रासनको रुपमा दिदिबहिनीको घर दिनजाने प्रचलन रहिआएको छ । जुन भातृ प्रेमको प्रतीक हो ।

आफनो दिदि बहिनीलाई अग्रासन दिन जादै

यसरी यो अष्टिमकी पर्व समाप्त हुन्छ । यस पर्वलाई डङ्गौरा थारुहरुले परापुर्वकालदेखि मनाउदै आएका छन् । भागवत पूराणमा आधारीत यो लोकचित्रकला डङ्गौरा थारु सस्ंकृतीमा भित्रीनु अनुसन्धेय रहेको थारु सस्कृंतीबिदहरुको ठहर छ ।।

तपाईको प्रतिक्रिया