गोरखापत्र जनता र सरकारबीचको सेतुः मन्त्री राई

समयानुकुल गुणस्तरीय बनाउन आवश्यक


10

हमार पहुरा
काठमाडौं, कार्तिक २९ गते । सूचना तथा सञ्चार प्रविधिमन्त्री शेरधन राईले गोरखापत्र राष्ट्रको धरोहर तथा अभिन्न अङ्ग भएकाले समयानुकुल गुणस्तरीय बनाउन आवश्यक रहेको बताउनुभएको छ ।
काठमाडौंको नयाँसडकस्थित गोरखापत्र संस्थानको आइतबार अवलोकन गर्नेक्रममा मन्त्री राईले त्यस्तो बताउनुभयो । सञ्चार मन्त्रालयकै मातहतको गोरखापत्र संस्थानको उहाँ मन्त्री भएपछि पहिलो पटक अबलोकन गर्नुभएको हो ।
संस्थानको अबलोकन गर्दै मन्त्री राईले नेपालको इतिहास बोकेको गोरखापत्रले समाचार सँगसँगै उत्पादनमुखी सामग्री प्रकाशन गर्नुपर्ने सुझाव दिनुभयो । सरकारको नीति, कार्यक्रम र नयाँ संविधानलाई आमनागरिक समक्ष पु¥याउने जिम्मेवारी पनि गोरखापत्रको काँधमा आएको भन्नुहुँदै उहाँले गोरखापत्रको वितरण प्रक्रियालाई चुस्त बनाउन सुझाव दिनुभयो ।
गोरखापत्रले संविधानको अन्तरवस्तुलाई विभिन्न भाषामा सबै जनतासामू पु¥याउन सेतुको रुपमा काम गर्नुपर्छ उहाँले भन्नुभयो –‘पत्रिकाले कसैका भाषण भन्दा पनि विकास निर्माण र युवाहरुलाई देश विकासमा लाग्न उत्पेरित गर्ने समाचार सम्प्रेण गर्नुपर्छ ।’
व्यक्तिलाई व्यवाहारिकता, विकास निर्माण र सिर्जनशील बनाउने काममा गोरखपत्रले योगदान पु¥याउन सक्नुपर्ने आजको आवश्यक्ता भएको औंल्याउँदै मन्त्री राईले देशलाई विभाजन गर्ने, सामाजिक सद्भाव भड्काउने कामलाई गोरखापत्रले निरुत्साहि गर्दै जानुपर्ने बताउनुभयो ।
संस्थानले आफ्ना प्रकाशनहरुबाट प्रकाशन गरेका सामाग्रीहरु पाठकसामू कति लोकप्रिय भएको छ, कमी कमजोरी के छ, भन्ने बारेमा विश्लेषण गर्दै समयसापेक्ष पत्रिकालाई परिमार्जन र व्यवस्थित गर्न संस्थानका नेतृत्व पङ्तीलाई निर्देशन दिनुभयो । गोरखापत्रको  इतिहास लामो भएको चर्चा गर्दै उहाँले यसका उपलब्धीहरुलाई संस्थागत र व्यवस्थित गर्न मन्त्रालय सहयोग गर्न तयार रहेको विश्वास दिलाउनुभयो ।
केही दिन वर्तमान अवस्था संकट भएपनि अब यो अस्थायी संकट भएकाले लामो समय जारी नरहने बताउनुहुँदै मन्त्री राईले  केही समयपछि विद्यमान समस्या हट्ने बताउनुभयो ।
गोरखापत्र संस्थानलाई सुधार गर्नुपर्ने कुरामा मन्त्रालय सधै सकारात्मक भएको भन्दै मन्त्री राइर््ले गोरखापत्रका प्रकाशनलाई समयानुकुल प्रतिस्पर्धी बनाउन कर्मचारीहरुलाई निर्देशन गर्नुभयो । उहाँले भन्नुभयो – गोरखपत्रको क्षेत्रिय प्रशान चाँडै प्रशाकन गर्नुपर्छ, निर्माण र सुधार गर्नुपर्ने भौतिक संरचनालाई व्यवस्थित गर्दै लैजानुपर्छ ।’
नयाँ संविधानबारे नागरिकमा ठूलो भ्रम र अफवाह रहेकाले सही कुरालाई जनतामाझ लैजान गोरखापत्रले भूमिका निर्वाह गर्नुपर्ने उहाँले बताउनुभयो । लामो समयपछिको उपलब्धी संस्थागत भएकाले त्यसको कार्यान्वयनमा सबैले ध्यान दिनुपर्ने भन्दै मन्त्री राईले भन्नुभयो, “नेपाली जनताले अहिलेसम्म परिवर्तनको स्वाद लिन पाएका छैनन्, यो उपलब्धीलाई त्यहीरुपमा कार्यान्वयन गराउनुपर्छ ।”
सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सविच सुनिलबहादुर मल्लले गोरखापत्रसहित सरकारी संञ्चार माध्यमका पुराना सामग्रीको संरक्षणका लागि अर्काइभ गर्ने योजना मन्त्रालयबाटै अगाडि बढेकाले त्यसमा गोरखापत्रलाई पनि सहयोग पुग्ने बताउनुभयो । अहिलेको युग अनलाईन र प्रतिस्पर्धा भएकाले गोरखापत्रको प्रकाशन तथा सहप्रकाशनलाई पनि अनलाईन मार्फत चुस्त बनाउन सुझाव दिनुभयो ।
अबलोकन गर्ने क्रममा मन्त्री राईलाई संस्थानका महाप्रबन्धक सुशील कोइराला, अध्यक्ष रमेश तुफान, प्रधान सम्पादक कमल रिजाल, राईजिङ नेपालका प्रधान सम्पादक युवनाथ लम्साल, नेपाल पत्रकार महासंघ गोरखापत्र शाखा, कर्मचारी प्रशासन प्रमुख लगायतकाले कर्मचारीहरुले मन्त्री राईलाई फूल माला लगाएर स्वागत गर्नुभएको थियो ।
संस्थानका महाप्रबन्धक कोइरालाले मन्त्री राईलाई गोरखापत्रको समग्र अवस्थाको बारेमा संक्षिप्त जानकारी गराउँदै सबै सरकारी कार्यालयका विज्ञापन कम्तिमा एक पटक अनिवार्यरुपमा गोरखापत्रमा प्रकाशन गर्ने व्यवस्था मिलाइदिन मन्त्री राईको ध्यानाकर्षण गराउनुभयो ।
संस्थानका महाप्रबन्धक कोइराला तथा अध्यक्ष तुफानले मन्त्री राईसहितको मन्त्रालयको टोलीलाई गोरखापत्र संस्थानको सबै कार्यकक्ष तथा प्रकाशन गृहको अवलोकन गराउनुभयो ।

minister by shekhar1

तपाईको प्रतिक्रिया