गोनुझा चाडैँ सुत्ने बहाना पारेर रातिको खाना पनि छिटै खाएर घरको एउटा कुनामा लुकेर बसे । गाउँमा चोरको बिगबिगी थियो । चोरहरु घरपछाडि आएर लुकेको कुरा गोनुझाले चाल पाइसकेको थियो । उसले आफनो श्रीमतिलाई जरुरी कुरा गर्नु छ भनेर ब्युझायो । आज साह्रै थाकेकी छु भोली सुनौला तपाइको कुरा भन्दै श्रीमतिले गोनुझाको कुरालाई बेवास्ता गरीन् । मेरो बिर्सने बानी छ त्यसैले आजै सुन एउटा जरुरी कुरा छ, गोनुझाले भन्यो । श्रीमतिले आखाँ मिच्दै भनी ‘ल छिटो भन्नुस के कुरा हो ?’ गोनुझाले भन्यो मेरो पहिलो छोरा जन्मेपछि त्यसको नाम समाज राख्छु र दोस्रो छोरोको नाम छिमेकी राख्छु निन्द्रा बिथोलेर ठट्टा गर्न थालेकाले श्रीमतिले रीसाउदैँ तपाइले आज भाग खाएर आउनुभएको छ कि क्या हो भनेर गोनुझालाई भनिन् ।
गोनुझाले भन्यो मेरो पहिलो छोरा जन्मेपछि त्यसको नाम समाज राख्छु र दोस्रो छोरोको नाम छिमेकी राख्छु निन्द्रा बिथोलेर ठट्टा गर्न थालेकाले श्रीमतिले रीसाउदैँ तपाइले आज भाग खाएर आउनुभएको छ कि क्या हो भनेर गोनुझालाई भनिन् ।
गोनुझाले फेरि भन्यो मेरो तेस्रो छोराको नाम सिपाहि र चौथौँ छोराको नाम चोर राख्नेछु । उसकी श्रीमति जोड्ले हास्न थाली । फेरि गोनुझा ठूलो ठूलो स्वरमा भन्न थाल्यो । छोराहरु आँगनमा खेलिरहेका हुनेछन् । तिमी खाना तयार गर्दैहुनेछौ । अनि हामी हाम्रा छोराहरुलाई खाना खान बोलाउनेछौँ । यसरी दौडेर आऊ समाज सिपाहि छिमेकी चोर । गोनुझाको श्रीमति पेट मिचिमिचि हास्न थालिन् । गोनुझाको यस्तो ठूलो स्वर सुन्ने बित्तिकै गाउँका मानिस र सिपाहि लठ्ठी लिएर आए । चोरहरु भागाभाग गर्दै थिए । सबै मिलेर चोर समातेर जेल पठाए । यो एउटा मैथिलि लोककथाका नायक गोनुझाले समाजलाई चोरहरुको संक्रमणबाट बचाउन गरेको उपाय हो । गोनुझाले त समाजमा फैलिएको चोरको संक्रमणबाट त बचाए तर आज हाम्रो समाजमा बढ्दै गएको सांस्कृतिक संक्रमणबाट समाजलाई कसरी बचाउने भन्ने उपाय सबै मिलेर सोच्नु पर्ने बेला आएको छ ।
संस्कृति हाम्रो बिश्वास मुल्य र मान्यता हो । सस्कृतिभित्र हाम्रा चालचलन रीतिरिवाज, धर्म पेशा आनिबानि लवाई खुवाई, भेषभुषा सबै पक्षहरुको समिश्रण रहेको हुन्छ । त्यहि समिश्रणले नै हाम्रो अस्तित्वलाई युगौयुगसम्म बचाइराखेको हुन्छ । आदिमकालदेखि नै पुर्खाहरुबाट सस्कृतिको हस्तान्तरण हुदैआएको छ । सस्कृतिले मानब सभ्यताको उजागार गर्नुको साथै समाजलाई पनि एकताको सूत्रमा बाँध्ने काम गर्दछ ।
आज पृथ्वीमा रहेका हरेक क्षेत्र पानी, हावा, ज्मिन सबै क्षेत्रमा संक्रमण ब्याप्त हुदैगएको बेला सस्कृति पनि संरक्षणबाट अछुतो रहन सकेको छैन । हावा पानी, जमिन तथा बाताबरणमा भएको संक्रमणले मानिसको स्वास्थ्यमा प्रभाब पार्छ तर सस्कृति संक्रमणले मानिसको आत्मामा प्रभाब पार्दछ किनकि आत्मा बिना सस्कृति बेकम्मा हुन्छ । आज हामी यस्तै संक्रमणकालिन अबस्थामा जीवनको गति अगाडि बढाउन बिबश छौ । संक्रमण खतरनाक रोग हो । सास्कृतिक संक्रमण पनि एक किसिमको खतरनाक नै हो ।
आज हामी यस्तै संक्रमणकालिन अबस्थामा जीवनको गति अगाडि बढाउन बिबश छौ । संक्रमण खतरनाक रोग हो । सास्कृतिक संक्रमण पनि एक किसिमको खतरनाक नै हो ।
संक्रमणको रोगबाट आजको मानब सभ्यतामा धमिरा लाग्दै जान थालेको छ । सास्कृतिक संक्रमणले कतिपय समृद्धशाली सभ्यता र सस्कृति पनि बिनाश भएका उदाहरण संसारमा प्रशस्त पाइन्छन् । सस्कृति निर्माण गर्न र बचाइराख्न धेरै समय लाग्छ तर सभ्यताको बिनाश गर्न थोरै समय नै काफी छ । त्यसैले आजको प्रमुख दायित्व सस्कृतिलाई संक्रमण हुनबाट जोगाउनु हो । यसलाई अक्षुण्ण राख्ने प्रतिबद्धता गर्नु हो ।
हिजोआज नेपाली समाजमा अंग्रेजी नयाँबर्ष, क्रिसमस डे, भ्यालेन्टाइन डे र डिस्को प्रवृतिले निकै जरा गाड्न थालेको छ । अंग्रेजी नयाँ बर्ष भ्यालेन्टाइन डे , क्रिसमस डेको केक काटेर शुभकामना आदान प्रदान गर्ने र डिस्को धाउने प्रवृतिले नेपाली समाजमा उच्छृृंखलता थप्दै गएको छ । यस्ता आयातित सस्कृति प्रतिको झुकाबले फेसबुका भित्ताहरु शुभकामनाले रंगिएका हुन्छन् । त्यसमा धेरै नेपाली मनहरु पनि रंगिएको पाइन्छ । बिगत केहि दशक अघिदेखि यस्ता आयातित संस्कृतिको रौनक बढ्दो छ । त्यसको तुलनामा नेपाली हाम्रो केहि मौलिक संस्कृति सभ्यताहरु ओझेलमा छन् ।
आयातित संस्कृतिले हाम्रो सस्कृतिलाई नै परिबर्तन गर्ने दिशातिर अघि बढीरहेको छ । जुन साह्रै दुखलाग्दो कुरा हो । बुझनु पर्ने कुरा के हो भने परिवर्तन संस्कृतिमा होइन, सस्कृतिभित्र रहेका नराम्रा संस्कार आचरणमा हुनुपर्छ ।
सस्कृति आफैमा गतिशील छ । यहि गतिशील संस्कृतिभित्रको कुसंस्कारहरु समयअनुसार आफै परिवर्तन हुदैजान्छ र हुनु पनि पर्दछ । नेपाली संस्कृतिलाई हेर्ने हो भने पनि यसैभित्र रहेका सतिप्रथा, बालबिबाह, बहुबिबाह, अनमेल बिबाह जस्ता अग्रगामी परीवर्तन आइसकेको छ । आयातित संस्कृतिले हाम्रो सस्कृतिलाई नै परिबर्तन गर्ने दिशातिर अघि बढीरहेको छ । जुन साह्रै दुखलाग्दो कुरा हो । बुझनु पर्ने कुरा के हो भने परिवर्तन संस्कृतिमा होइन, सस्कृतिभित्र रहेका नराम्रा संस्कार आचरणमा हुनुपर्छ ।
प्रत्येक नौलो कुरा नक्कल गर्नु र आकर्षण बढ्नु स्वभाबिक हो । तर त्यहि नौलो कुराको नक्कल गर्दै आफनो सभ्यता र संस्कृतिमाथि प्रहार गर्नु भनेको आफनो सभ्यता र संस्कृतिमाथि संक्रमण गर्ने ब्याक्टेरियालाई सहायता दिनु हो भन्ने कुरा भुल्नु हुदैन । हामो सभ्यता र संस्कृति पाश्चात्य सभ्यताको देन होइन । हाम्रो आफनै मौलिक र समृद्धशाालि संस्कृति छ ।
बिश्वमै अद्दितिय छन् हाम्रा कला कौशल र सस्कृति । आफनो सभ्यता र सस्कृतिलाई चटक्कै बिर्सेर पाश्चात्य सभ्यता र सस्कृतिको अनुशरण गर्नु पटक्कै राम्रो हुदैन ।
बिश्वमै अद्दितिय छन् हाम्रा कला कौशल र सस्कृति । आफनो सभ्यता र सस्कृतिलाई चटक्कै बिर्सेर पाश्चात्य सभ्यता र सस्कृतिको अनुशरण गर्नु पटक्कै राम्रो हुदैन । यसले कहिले पनि हाम्रो हित हुन सक्दैन । अरुको सभ्यताबाट राम्रो कुराको अनुसरण गर्ने हो तर बिडम्बना आज हामी आधुनिकिकरण हुने भ्रममा आखाँ चिम्लेर बिदेशी सस्कृतिमाथि बिश्वास गर्दा हाम्रो सस्कृति पश्चीमीकरण हुदैगएको छ । हाम्रे सस्कृतिमाथि संक्रमणकालिन अबस्था आइपरेको छ । भोलीका दिनमा यो संक्रमणकालिन अबस्था रहिरहने हो भने सस्कृतिमाथि महा बिपत्ति आइलाग्छ र सस्कृतिमाथि बिकृतिको पर्दाले ढपक्क ढाक्न सक्छ ।
सस्कृतिलाई बचाउनु र सभ्यतालाई टिकाउनु भनेको पुर्खाको सम्मान गर्नुका साथै मानब सभ्यतालाई पनि जीबन्त बनाउनु हो । त्यसैले सांस्कृतिक संक्रमण फैलाउने भाइरसहरुलाई भगाउन गोनुझाको समाज जस्तै सम्पुर्ण समाज छिमेकी सिपाहि र सम्पुर्ण सस्कृतिपे्रमीहरु एकिकृत हुनु जरुरी छ ।