औषधि अभाव हुन दिन्नः मन्त्री चौधरी


3

ठमाडौँ, मंसिर १ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्री रामजनम चौधरीले औषधि अभाव हुन नदिन पहल शुरु गरिएकाले समस्या नहुने बताउनुभएको छ ।
दीपावली अगाडि तराई आन्दोलनको निकास निकाली जनतालाई स्वास्थ्य सेवा पाउने वातावरण सिर्जना गर्ने पहल भएको उहाँले जानकारी दिनुभयो ।
सरकारी वार्ताटोलीका सदस्यसमेत रहनुभएका मन्त्री चौधरीले  समस्याको सुरक्षित अवतरणका लागि पहल भइरहेको बताउनुभयो ।
मन्त्री चौधरीले सबै जनतामा स्वास्थ्य सेवाको पहुँच पुर्‍याउन आफूले काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘औषधि अभाव भएका स्थानमा समयमै औषधिलगायत स्वास्थ्य सामग्री उपलब्ध गराउन छिट्टै पहल गर्नेछु’, चौधरीले भन्नुभयो ।
मुलुकमा जारी अघोषित नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको अभावका साथै विभिन्न स्वास्थ्य संस्थामा औषधि अभाव भएको छ । देशभर स्वास्थ्य मन्त्रालयको मातहतमा ४१ हजार स्वास्थ्य संस्था छन् ।

तपाईको प्रतिक्रिया