धुमधामसँग मनाएर सामाःचकेवा पर्व सेलाए थारु समुदायले


SAM_2240

काठमाडौं, मंसिर १२ गते । थारु समुदायमा धुमधामकासाथ साताभरी मनाइने सामाःचकेवा पर्वको शनिबार खोला, नदीमा गएर सेलाइको   छ ।
माटाका कलात्मक मूर्ति बनाएर पूजापाठ गरी मनाइने सो पर्व चित्तवनदेखि पूर्वका थारु समुदायले मनाउने गर्छन् । उपत्यकासहित तराईका जिल्लामा मनाइएको सामाःचकेवा देशभर एकसाथ सेलाइएको छ । उपत्यकामा बसोबास गर्ने थारुले पनि शनिबार सामाःचकेवा बागमती र मनहोरा खोलामा गएर सेलाएका छन् ।

SAM_2191
थारु महिला सभाको आयोजनामा शनिबार नयाँ बानेश्वरस्थित विराट विद्यालयको प्राङ्गणमा कार्यक्रमको आयोजना गरियो । कार्यक्रममा थारु कल्याणकारिणीसभाका उपाध्यक्ष हरिदेवी चौधरीले सामाःचकेवाले थारु समुदायको दाजुभाइ र बहिनीबीच आत्मीय प्रेम कायम राख्ने विश्वास व्यक्त गर्नुभयो । परापूर्वकालदेखि मनाउँदै आएको यस पर्वमा थारु समुदायले गीतबास गरी मनाउने गरेको उहाँले बताउनुभयो ।
सभाका केन्द्रीय सदस्य प्रेमीलाल चौधरीले सामाःचकेवाले एकापसमा सद्भाव, भातृभाव कायम गर्ने पर्व भएकाले विद्यमान देशको संकट समाधानमा पर्वले भूमिका खेलोस् शुभकामना व्यक्त गर्नुभयो ।
थारु मुक्ति संग्रामका अध्यक्ष डा. ललन चौधरीले सामाःचकेवाको थारु समुदायमा ऐतिहासिक महत्व रहेको भन्दै पहिचानका लागि पनि पर्वलाई जोगाउनुपर्ने बताउनुभयो । थारुको भाषा, संस्कृति र पहिचान नै संस्कृतिको कायम रहेको भन्दै चौधरीले पर्वलाई अझ नयाँ ढंगले मनाउनुपर्ने सुझाव दिनुभयो ।

SAM_2228
महिला सभाकी अध्यक्ष तारा चौधरीको सभापतित्वमा भएको कार्यक्रममा पत्रकार लक्की चौधरी, युवा सभाका कानूनलाल चौधरी, अनिता चौधरी लगायतले सामाःचकेवा पर्वको अवसरमा सबै नेपालीबीचको प्रेम, सद्भाव र भातृभाव कायम रहोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।
द्वापरयुगमा श्रीकृष्णकी सुपुत्री सामा बृन्दावनमा घुम्नजाँदा एक ऋषिसँग रमण गर्नेगरेको झुठो आरोप लगाएपछि श्रीकृष्णले स्राप दिएर बहिनी र ऋषिलाई चरा बनाएका थिए । सोपछि सामाकी भाइ साम्बले दिदीलाई स्रापबाट मुक्त गराउनुभएको सम्झनामा यो सामाःचकेवा पर्व मनाउने गरिन्छ ।
थारु महिला सभाले कार्यक्रमलाई धुमधामसँग बागमती नदीमा सेलाएको छ भने थारु चलचित्र सांस्कृतिक समूहले भक्तपुरको मनोहरास्थित खोलामा गएर मूर्तिहरु सेलाएको छ । थारु महिलाहरु यस पर्वमा गीत गाउँदै नाँच्दै आफन्तको घरमा रमाइलो गर्ने गर्दछन् । छठ पर्वदेखि मूर्ती बनाउन शुरु गर्ने थारु समुदायले पूर्णिमामा यस पर्व समापन गर्छन् ।
यस पर्वमा थारुले प्रसादकोरुपमा नयाँ धानको चिउरा, दही, मिठाई प्रसादकोरुपमा खाने गर्छन् ।

SAM_2195

1

SAM_2159

SAM_2171

ramlal1

Ramlal

तपाईको प्रतिक्रिया