माघी पर्वको अवसरमा ठाउँ ठाउँमा थारु माघी महोत्सव

महोत्सवमा थारुको हस्तकला तथा विशेष परिकारको स्वाद पाइने


C

लक्की चौधरी
काठमाडौं, पुस १५ गते । थारु समुदायको नयाँवर्ष माघीपर्व आउनै लाग्दा विभिन्न ठाउँमा माघी महोत्सव २०७२ को तयारी शुरुभएको छ । उपत्यकामा बसोबास गर्ने थारु समुदायले यसवर्ष दशरथ रंगशालामा माघी महोत्सव माघ १ गते भव्यताकासथ मनाउने तयारी गरेका छन् ।

हरेकवर्ष टुँडीखेलमा आयोजना हुने महोत्सव यसवर्ष दशरथ रंगशालामा हुने भएको छ । महोत्सवको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने आयोजकले बताएको छ । महोत्सवमा करिब डेढसय स्टल रहने र एकलाख बढीलाई अवलोकन गराउने तयारी रहेको महोत्सव मूल आयोजक कमिटिका संयोजक सुमन चौधरीले जानकारी दिनुभयो ।

महोत्सवमा थारु सांस्कृतिक कार्यक्रम, थारुको हस्तकला, थारुको खानाको विशेष परिकार ढिक्री, घोङ्घी, बरिया, अनदीको भात, जाँड, माछा, गगंटा, मुसाको चटनी, बयरको चटनी, झझरा, खँरिया, फूलौरी लगायतको रहने आयोजकले तयारी गरेको छ । अवलोकनकर्ताहरुलाई मनोरञ्जन गराउन थारुको सखिया, झुम्रा, हुरदंग्वा लगायतको नाच र सांस्कृतिक कार्यक्रमको तयारी गरिएको छ ।

19

कैलालीमा महोत्सवै महोत्सव
कैलालीको भादागाउँमा पुस १७ देखि २१ गतेसम्म भादागाउँ महोत्सव हुने भएको छ । भादागाउँ पर्यटन विकास व्यवस्थापन समितिको आयोजनामा हुन गइरहेको महोत्सवमा करिब ५० हजारले अवलोकन गर्ने मूल आयोजक समितिले अनुमान गरेको छ । समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरीका अनुसार पाँचदिनसम्म चल्ने महोत्सवमा करिब २० लाखको कारोबार हुनेछ ।

महोत्सवको उद्घाटन ट्र्ेकिङ एजेन्सी एशोसियशन अफ नेपाल (टान) का केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद रिजालले गर्नुहुने महोत्सवका अध्यक्ष चौधरीले जानकारी गराउनुभयो । महोत्सवमा ४५ वटा स्टल रहने र स्टलमा थारु समुदायको विशेष परिकार, हस्तकला, सांस्कृतिक सम्पदाका सामानहरु प्रदर्शनका लागि राखिने आयोजकले बताएको छ ।

महोत्सवमा हरेक दिन सांस्कृतिक कार्यक्रम गरिने बताइएको छ । सांस्कृतिक कार्यक्रममा थारुको सखिया नाच, झुम्रा, मघौटा, मुग्रौवा, दिननचुवा, रानाथारु नाच, कठरियानाच लगायत प्रदर्शन गरी आगन्तुकलाई मनोरन्जन दिने आयोजकको तयारी छ ।

SAM_1562

महोत्सवमा थारुको विशेष परिकार मुसाको चटनी, गंगटा, घोङ्घी, ढिक्री, झझरा, बयरको चटनी, फूलौरी, पनझझरा, कचरिक बरिया, परेवा, संगुर, लोकल कुखुराको मासु, आलो र सुकेको माछाको परिकार उपलब्ध हुने मूल आयोजक समितिका अध्यक्ष चौधरीले जानकारी गराउनुभयो ।

२०६७ देखि भादागाउँ होमष्टे शुरुगरी आयोजकले २०६८ बाट माघीको पूर्वसन्ध्यामा हरेक वर्षको जनवरी १ तारिखदेखि पाँच तारिखसम्म महोत्सव आयोजना गर्दैआएको छ । भादागाउँमा १९ वटा घरमा होमस्टे राखिएको छ । महोत्सवको तयारी पूरा भएको आयोजकले बताएको छ ।

कैलालीको धनगढीबाट करिब १० किलोमिटर पूर्व दक्षिणमा पर्ने भादागाउँ होमस्टेमा चौमालाको राजीपुरको छोटोबाटो भएर पनि होमस्टेगाउँ पुग्न सकिन्छ । महोत्सवमा हरेक वर्ष कैलाली, कञ्चनपुर, वर्दिया र केही बाहिर जिल्लाबाट समेत आगन्तुकहरुको घुइचो लाग्नेगरेको आयोजकले बताएको छ ।

10

हसुलियामा पनि महोत्सवः
कैलालीको हसुलियामा पनि यसवर्ष सांस्कृतिक तथा शैक्षिक महोत्सव हुने भएको छ । थारु समुदायको माघीपर्वको अवसर पारेर दिपेन्द्र उच्च माध्यमिक विद्यालयले पुस २९ देखि माघ ३ गतेसम्म महोत्सवको आयोजना गर्न लागेको हो ।
स्थानीय कला, संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागेको सो विद्यालयका प्राचार्य श्याम मल्लले जानकारी दिनुभयो । महोत्सवबाट संकलन भएको रकमलाई बहुमुखी क्याम्पस बनाउनका लागि खर्च गरिने उहाँले जानकारी दिनुभयो ।
महोत्सवमा स्थानीय कलाकारहरुका प्रस्तुतीका साथै विद्यालय स्तरीय नृत्य प्रतियोगिता समेत हुने बताइएको छ । महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजकले भनेको छ ।

SAM_6607

माघ १ गते ठाउँ ठाउँमा महोत्सव
माघ १ गते कैलालीको रामपुर गाउँ, गोदावरी, उर्मा, मसुरियामा पनि हरेक वर्ष कार्यक्रम आयोजना हुँदैआएको छ । त्यस्तै चित्तवनमा खिच्रा महोत्सव, नवलपरासी, कविलबस्तु, वाँके, वर्दिया, दाङमा समेत माघी महोत्सवको तयारी गरिएको थारु कल्याणकारिणीसभाका जिल्ला अध्यक्षहरुले जानकारी गराएका छन् । माघ १ गते विशेष दिन भएकाले थारु गाउँमा विशेष कार्यक्रमहरु हुने गरेको छ । थारुहरु माघ महिनाभरी रामरमाइलो गर्ने गर्छन् ।

पूर्वी तराईमा मधेसी समुदायको आन्दोलन चर्केकाबेला पश्चिम तराईका थारुले पर्यटन प्रवद्र्धनमा सघाउ पुग्नेगरी महोत्सवको तयारीमा जुटेका छन् । भारतीय अघोषित नाकाबन्दीले देशको आर्थिक समस्या जर्जर बनिरहेका बेला यस्तो महोत्सव र सांस्कृतिक कार्यक्रमले आर्थिक प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास थारु समुदायको छ ।

yf? ;d'bfo4f/f cfh sf7df8f}+df cfof]hLt df3L kj{ dgfpg 6'8Lv]n tkm{ hfb} u/]sf] yf? o'jtLx?sf] Ps emfsL ¥ofnL . tl:j/ k|bLk/fh jGt /f;;

तपाईको प्रतिक्रिया