घुमघाम गजब

लक्की चौधरी

लक्की चौधरी

lucky-latest

गजल

राष्ट्रपति मुखर्जीको, घुमघाम गजब ।
नेपाली स्वागतको, तामझाम गजब ।

सुरक्षा हो कि सास्ती, बुझ्न सकिएन
सर्वसाधारणमा सरकारी, लगाम गजब ।

मुखर्जीको स्वागत, सार्वजनिक विदा,
पाहुनाको सत्कारमा, धुमधाम गजब ।

मुखर्जीको भ्रमणमा, सम्बन्धको चर्चा,
भारतीय मित्रताको चल्यो, नाम गजब ।

मित्रता देशको कि, नेता–नेताबीचको,
ह्यात रिजेन्सीमा नेताको, लाम गजब ।

पाहुनालाई दिवा र डिनर, थरिथरिका
सोल्टी–द्वारिका–रेडिसनको, शाम गजब ।
(धनगढी–५, कैलाली)

तपाईको प्रतिक्रिया