अजय देवगनको सफलताको राज


एजेन्सी– बलिउडमा एक्सन अभिनयबाट सफल मानिएका अभिनेता अजय देवगन आफ्नो सफलताको कारण पत्नी काजोल नभएर अरु कोही रहेको बताएका छन् । अजयको जीवनमा परिवर्तन आउनुको कारण काजल नभएर उनका दुई सन्तान न्यासा र युग रहेको अजयको दावी छ ।

प्रायजसो शान्त रहन मन पराउने अजयले पहिले आफूलाई मात्र ध्यान दिन्थे, तर अहिले आफ्ना बच्चाहरुको धेरै ख्याल गर्छन् । बच्चाको ख्याल गर्दागर्दै उनी आफ्नो बारेमा सोच्नसम्म बिर्सिने गरेको बताएका छन् । एक टक शोमा कुराकानीका क्रममा आजयले बुबा बनेपछि उनको जीवनमा धेरै परिवर्तन आएको बताएका छन् ।

अजयले पहिलो फिल्म फूल और काँटे हिट दिए । दोस्रो फिल्म जिगर पनि बजार पिटेपछि उनी स्थापित भए । तर सन् १९९८ मा फिल्म ‘जख्म’ फिल्मबाट सन् २००२ मा राष्ट्रिय अवार्ड जितेदेखि जीवनमा परिवर्तन आएको उनले स्वीकारेका छन् । उनले आफ्नो पेशालाई जोड्दै भने, जो कोहीसँग पनि ‘इमोसनल्ली’ जोडीएर काम गरेमा उद्योगलाई माथि पु¥याउन सकिन्छ, तर अहिलेका पिँढीमा यस्तो पाउन गाह्रो छ । अजयको पछिल्ला एक्सन फिल्ममा सन अफ सरदार, सिंगम, सिंगम रिटर्नस, एक्सन ज्याक्सन लगायतका हिट छन् ।

12

तपाईको प्रतिक्रिया