रुघा र निमोनियाबाट कसरी बच्ने?


5

रुघा जाडोसँगै आउँछ
काठमाडौं, मंसिर १ गते ।
जाडोयामको मुख्य समस्या भनेको रुघाखोकी हो । कसैलाई छातिको कारणले रुघा लाग्नसक्छ भने कसैलाई नाक कान घाँटीको समस्याले पनि हुनसक्छ । त्यसैले शरीरलाई न्यानो पारेर राखेमा केही हदसम्म चिसोको एलर्जीबाट बच्न सकिन्छ । चिसो मौसममा मन तातो तरल पदार्थ पर्याप्त सेवन गर्नु राम्रो मानिन्छ । सामान्य रुघाखोकी तीनदेखि एक हप्तासम्म रहनसक्छ । यदि लामो समयसम्म रुघा लागिरहेमा सम्बन्धित चिकित्सकको सल्लाह लिन राम्रो हुन्छ ।

परीक्षण गराउनुपर्ने अवस्था
सामान्य रुघाखोकीमा कुनै असमान्य लक्षण देखिएमाअयmmयल अयमि
ज्वरो आएमा
छातिमा घ्यार, घ्यार भएमा
छाती दुखेमा
पहेँलो वा हरियो कफ आएमा
सास फेर्ने गारो परेमा तुरुन्त अस्पताल गएर परीक्षण गराउनुपर्छ ।  ।

निमोनियाः जाडोको खतरनाक रोग
निमोनिया भनेको फोक्सोको संक्रमण हो । यो ब्याक्टेरिया, भाइरस, फंगसहरुजस्ता शुक्ष्म किटाणुबाट हुन्छ । निमोनिया प्रायः जाडो महिनामा बढी संक्रमण भएको पाइन्छ । यसका धेरै कारणहरु छन् । मुख्य कारण भनेको चिसोको समयमा शरीरको रोग प्रतिरोधात्मक शक्ति कमी हुने भएकाले हुने गर्दछ । निमोनिया बढीजसो बूढाबूढी, धुम्रपान गर्ने व्यक्ति, फोक्सोको दीर्घरोगी, एचआईभी संक्रमित आदिजस्ता व्यक्तिहरुलाई भएको पाइन्छ । निमोनियालाई रोगको किटाणु, फोक्सोको निश्चित ठाउँ र स्थानअनुसार वर्गिकरण गरिएको छ । जस्तैः ऋयmmगलष्तथ बअत्रगष्चभम बलम ज्यकउष्तब िबअत्रगष्चभम। त्यसैगरी स्ट्रेप्टो कोकल, स्टामीलो कोकल, लेगियोनेला, क्लेब्सियला, मोराक्सीला निमोनिया आदि । त्यस्तैगरी फोक्सोको भाग अनुसार भन्नुपर्दा लोबुलार निमोनिया र सेगमेन्टल निमोनिया आदि ।

लक्षण
ज्वरो आउने
खोकी लाग्ने
छाति दुख्ने
सास बढ्ने
कमजोरीपना महशुस हुने
जिउ, टाउको दुख्ने
खाना नरुच्ने
अक्सिजनको कमी मै ओठ, हात खुट्टा निलो हुने आदि ।
रक्तचाप घट्ने
कम्फ्यूजन हुने
यी लक्षणहरु बालबालिकामा पनि उस्तै प्रकारले भएता पनि स—साना बालबालिकाहरु बोल्न नसक्ने भएकाले च्याँठीएर रुने, नखाने, छटपटिएर सुत्न नसक्ने हुन्छन् ।

बच्ने उपाय
चिसोबाट बच्ने, छातिका दीर्घरोगीहरुले नियमित चिकित्सकको सल्लाह लिएर उपचार गराउने, खानपानमा राम्रो ध्यान दिने, पोषण, भिटामिनयुक्त खानेकुरा खाने, धुम्रपान नगर्ने, गुम्सिएको कोठामा नबस्ने ९कोठा अक्सिजन आवतजावत गर्ने  किसिमको हुनुपर्छ ।०
उपचार
निमोनियाको उपचार त्यसको अवस्था, कारण र लक्षणअनुसार गरिन्छ । मुख्य रुपमा उपचार भनेको चिकित्सकको सल्लाहअनुसार, एन्टिबायोटिक, एन्टि—फंगल, एन्टीभाइरल औषधिहरु सेवन गर्ने हो । थप उपचार रोगको अवस्थामा भरपर्छ । जस्तैः ज्वरो आएमा ज्वरोको औषधि, भिटामिन, अक्सिजनको मात्रा कम भएमा अक्सिजन लिनुपर्छ । यसका साथै अवस्थाअनुसार सम्बन्धित चिकित्सकसँग जाँच गराएर डायुरेटिक्स, स्टेरोइडहरुपनि लिन सकिन्छ ।

साभारः जनस्वास्थ्य सरोकार

तपाईको प्रतिक्रिया