सुन र चाँदीको भाउ घट्यो


Gold

काठमाडौं, मंसिर २ गते । सुनको भाउ निरन्तर ओरालो लाग्नेक्रममा सुनको भाउ पाँचसयले आरोलो लागेको छ । तोलामा पाँचसय रुपैयाँ सस्तो भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार बुधबार सुन तोलाको ४८ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि मंगलबार सुनको भाउ तोलाको ४८ हजार ५ सय रुपैयाँ रहेको थियो। तिहारपछि कात्तिक २९ गते खुलेको बजारमा सुनको भाउ तोलाको ४८ हजार ७ सय थियो। त्यसको भोलिपल्ट अर्थात सोमबार तीनसय बढेपनि मंगलबार र बुधबार भने सुनको भाउ घटेको हो।

सुनको भाउ घटेसँगै चाँदीको भाउ पनि सस्तो भएको छ। चाँदी तोलाको ६ सय ७५ रुपैयाँ कारोबार भइरहेको छ। यसअघि चाँदी तोलाको ६ सय ८० रुपैयाँमा किनबेच भएको थियो।

तपाईको प्रतिक्रिया