थारु गायक परियारको रुपरंगके रानी गीत सार्वजनिक


भगतराम चौधरी
नेपालगञ्ज, पुस २४ गते । थारु गायकको नामले चर्चामा रहेका विश्वसागर परियारको फेरि नयाँ डिजे गीत सार्वजनिक भएको छ । गायक परियारको थारु गीत रुप रङके रानी हुईतो भन्ने बोलको गीत सोमवार म्युजिक भिडियो सार्वजनिक भएको हो ।

पछिल्लो समयमा थारु गायनमा जम्दै आएका गायक परियारले धमाधम थारु म्युजिक भिडियो सार्वजनिक गर्दै आउनुभएको छ । थारु गीतका कुशल गायककारुपमा पछिल्लो समयमा बजारमा आएको उहाँको थारु डिजे गीत रुप रङके रानी हुईतो भन्ने बोलको गीतको अडियो निकै चर्चामा छ ।

अडियो गितले नै बजारमा हंगामा मचाएको हुनाले भिडियो गीतले पनि उत्तिकै हंगामा मचाउने आश रहेको गायक विश्व सागरले बताउनु   भयो । यो गीतको लय शब्दमा आर.के.सी म्युजिक प्रा.ली बाट बजारमा ल्याईएको गीतको प्रस्तुतकर्ता सुमन चौधरी रहनुभएको छ ।

गीतमा विश्व सागर र सुमन चौधरीको स्वर रहेको छ । शब्द सुखलाल चौधरी तथा सङ्गीत विश्व सागरकै रहेको छ ।

थारु युवायुवतीहरुको मागलाई मध्यनजर गर्दै बजारमा ल्याइएको सो गीतले थुप्रै थारुयुवा युवतीहरुको मन तानीने आश रहेको गायक परियारले बताउनुभयो । थारु जाति एक आफ्नै रीतिरिवाज, संस्कृति भएको जाति हो । जसको आफ्नै इतिहास छ ।

नेपालमा रहेका विभिन्न भाषाभाषीको आफ्नै आफ्नै भाषाका गीत सङगीत बजारमा आउनेक्रम बढेको छ । आफ्नो रीतिरिवाज संरक्षण गर्ने हेतुले पछिल्लो पुस्ता अगाडि बढेको देखिन्छ । थारु भाषामा विभिन्न गीतहरु बजारमा आउनेक्रम जारी नै छ ।

पछिल्लो समय केही गर्ने उद्देश्यकासाथ अगाडि बढेका विश्व सागरको थारु भाषाको गीत बजारमा आएको छ । गीतको बोल रुप रंगके रानी रहेको छ । गीतमा विश्व सागर र सुमन चौधरीको स्वर रहेको छ । शब्द सुखलाल चौधरी तथा सङ्गीत विश्व सागरकै रहेको छ ।

गीतको भिडियोमा आकाश चौधरी र शिशिर कंडेलको अभिनय रहेको छ भने गीतलाई सम्पादन रामु चौधरी तथा गीतको निर्देशन प्रदिप थारुले गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया