थारु एण्ड फ्रेण्डस् एसोसियशनको साधारणसभा सम्पन्न


Prawas

सिकागो, मंसिर १९ गते । थारु एण्ड फ्रैण्ड्स एसोसिएसन, अमेरिकाको आठौँ साधारण सभा हालै ुथ्यांकस्गिभिंग डेको दिन अमेरिकाको सिकागोमा सुसम्पन्न भएकोछ

अमेरिकाका बिभिन्न राज्यहरू जस्तै नेब्रास्का,न्यु मेक्सीको, एरिजोना, क्यालिफोर्निया आदि स्थानमा छरिएर रहेका थारुहरुले पनि टेलिकन्फेरेन्समार्फत सो साधारणसभामा उपस्थिति जनाएका थिए । उक्त संस्थाको संस्थापक अध्यक्ष तथा बर्तमान सल्लाहकार श्री त्रिभुवन चौधरीको प्रमुख आतिथ्य भएको सो कार्यक्रममा स्वागत मन्तब्य संस्थाको उपाध्यक्ष काशीप्रसाद सिंहले ब्यक्त गर्नुभएको थियो ।

संस्थाका बर्तमान अध्यक्ष श्री तिलक महतोले सो संस्थाको बिगत, वर्तमान र भबिष्यको कार्ययोजनाको बारेमा जानकारी गराउनुभएको थियो भने थारु एराउन्ड द वोर्ल्ड का अध्यक्ष महाबिर चौधरीले टेलिकन्फेरेन्समार्फत नेपालबाट कार्यक्रमको सफलताको शुभकामना दिनुभएको थियो ।

थारु एण्ड फ्रेन्डशिप एसोसिएसन अमेरिकाले गरेका कामहरुको प्रशंसा गर्दै नेपालको थारुहरुको वर्तमान अवस्थाबारे अध्यक्ष चौधरीले जानकारी गराउनुभएको थियो। साधारणसभाले संस्थाका महासचिब सत्यनारायण चौधरीले प्रस्तुत गर्नु भएको संस्थाको प्रगति प्रतिबेदन र संस्थाका कोषाध्यक्ष नेनुलाल चौधरीले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिबेदन अनुमोदन गरेकोछ।

थारू एण्ड फ्रैण्ड्स एसोसिएसन (टफा) ले सन् २००८ देखि नै हरेक बर्ष नेपालका बिभिन्न क्याम्पसहरूमा अध्य्यनरत ६ देखि ८ जना थारू बिधार्थीहरूलाई उच्च शिक्षा अध्य्यनको लागि छात्रबृति प्रदान गर्दै आइरहेकोछ। यसै बर्षदेखि लागुहुनेगरी पूर्ब कमैया थारूहरूको छोराछोरीमध्ये एक जनालाई हरेक बर्ष अनिबार्य रूपमा सो छात्रबृति प्रदान गर्ने निर्णय गरेकोछ।

टफाले हरेक बर्ष प्रदान गर्ने छात्रबृतिलाई निरन्तरता दिनको लागि यथाशिघ्र छात्रबृति अक्षयकोषको स्थापना गर्ने बताएको छ । त्यसका लागि चाहिने रकम संस्थाले ब्यबस्था गरिसकेको जनाएको छ । सो संस्थाले संगठन विस्तारको लागि अमेरीकाका विभिन्न शहर र राज्यहरूमा च्याप्टर र शाखाहरू खोल्ने निर्णय पनि गरेकोछ। सोही अबसरमा नबीन चौधरीले प्रस्तुत गर्नु भएको अनलाईन थारू शब्दकोषको स्थापना र गुगल म्यापमा थारूहरूको सॉस्कृतिक पहिचान बोकेका स्थानहरूलाई मार्क गर्ने प्रोजेक्टलाई अनुमोदन गरेकोछ।

यसै बर्ष देखि सो संस्थाले नेपाल तथा अमेरीकामा आईपर्ने दैबिप्रकोप तथा आकस्मिक मानविय क्षतिको बखतमा सहयोग गर्ने उदेश्यले एउटा आकस्मिक कोषको स्थापना गरी सो कार्यक्रमबाटै रकम संकलन गर्ने कार्यको शुरूआत गरेको छ ।

तपाईको प्रतिक्रिया