धनगढीको छायांकन टोली युरोपतिर


Dhn

धनगढी, मंसिर १९ गते । गोल्डेन हिल्र्स पिक्चर्सको व्यानरमा निर्माण हुने नेपाली चलचित्रको छायांकनका लागि स्थानहरु हेर्न निर्माण युनिट युरोपतिर जाने भएको छ ।

निर्माण युनिटले वेल्जियम, डेनमार्क, जर्मनी, ईटालीको भ्रमण गर्नेछ । निर्माण युनिट आईतवार युरोप उड्दै छ । अगामी मार्चदेखि छायाकन सुरु गरिने चलचित्रको कथा अनुसार नै युरोपमा सुटिङ हुने भएकोले निर्माण कार्यमा कुनै सम्झौता नगर्ने निर्देशक भट्टले जानकारी  दिनुभयो ।

कैलालीका निर्देशक मुकुन्द भट्ट, निर्माता डम्मर चन्द र कञ्चनपुरका द्वन्द्व निर्देशक चन्द्र पन्त युरोपका विभिन्न देशहरुमा सुटिङका लागि स्थान हेर्न जाने तयारीमा रहेका छन ।
निर्माण युनिटले वेल्जियम, डेनमार्क, जर्मनी, ईटालीको भ्रमण गर्नेछ । निर्माण युनिट आईतवार युरोप उड्दै छ । अगामी मार्चदेखि छायाकन सुरु गरिने चलचित्रको कथा अनुसार नै युरोपमा सुटिङ हुने भएकोले निर्माण कार्यमा कुनै सम्झौता नगर्ने निर्देशक भट्टले जानकारी  दिनुभयो ।

चलचित्रमा सौगात मल्ल, नव नायक प्रकाश जंग शाही, नव नायिका सिर्जना सिंन्हाले अभिनय गर्ने पक्का भएको छ । चलचित्रमा सिद्ध खरेल लगायतका कलाकारहरुको अभिनय रहने छ भने अन्य कलाकारहरुसँग सम्झौता हुन वाँकी रहेको निर्माण युनिटले जनाएको छ ।
यसैगरी चलचित्रमा प्रवेश पौडेलको कथा तथा सह– निर्देशन, दिपक विकको संगीत, सविन राईको गायन र निर्माण नियन्त्रक अरुण रेग्मी रहने छन ।

तपाईको प्रतिक्रिया