होलीमा गायक विश्वसागरको हेप्पी होली


भगतराम थारु
नेपालगन्ज, फागुन २७ गते । चर्चित थारु गायक विश्वसागर परियार र गायीका सुमन चौधरीको हेप्पी होली बोलको गीत अहिले चर्चामा छ । होलीको पावन अवसरमा हेप्पी होली हेप्पी होली बोलको म्युजिक भिडियो सार्वजनिक भएको हो ।

दुई दिन अगाडि सार्वजनिक गरिएको सो गीत बजारको गल्ली गल्ली र गाउँको बस्ती बस्तीमा चर्चामा रहेको बाँके बैजापुरका राकेश थारुले दावी गर्नुभयो । हेप्पी होली हेप्पी होली बोलको थारु भाषाको म्युजिक भिडियो आउने वित्तिकै चर्चा बटुल्न सफल भएको उहाँको दावी छ ।

पहिलो पटक गायक परियार र सुमनले होलीको म्युजिक भिडियो बजारमा ल्याएका हुन । पहिलो पटक नै होलीको गीतले सफलता कायम गरेको गायक परियारले जानकारी गराउनुभयो । रंगिविरङगी रंगसे भिजइबु तोहार चोली, घुमघुमके आइल होली फागुनके महिना, सवजे मिलके खेलव होली बोलको म्युजिक भिडियोले थप उर्जा कायम गरेको उहाँले जानकारी गराउनुभयो ।

चर्चित मोडल राजकुमार थारु, प्रमिला चौधरी, संन्दिप विसी, पुजा ओली, मनोज चौधरी र पुजा चौधरीको मुख्य भुमिका रहेको छ । हेप्पी होली हेप्पी होली बोलको गीतमा डान्स डाइरेक्टर कोरियोग्राफर दिल बहादुर रानाले गर्नुभएको छ भने क्यामरामा सरोज डङ्गोराले साथ दिनुभएको छ ।

बाँकेको पिपरीस्थित रहेको आरकेसी डिजिटल स्टुडियोका प्रोप्राईटर रामु चौधरीले भिडियोको मिक्सिङग गर्नुभएको थारु म्युजिक भिडियो हेप्पी होली हेप्पी होली बोलको गीतमा शब्द शुखलाल चौधरीको रहेको छ । बाँकेको बैजनाथ गाउँपालिका वडा नं. ५ बनकटवा र कैलालीमा छायाङकन भएको म्युजिक भिडियो आरकेसी युटुब प्रा.ली. बाट सार्बजनिक गरिएको हो ।

तपाईको प्रतिक्रिया