बैंकमा दुई कार्यकालमात्र अध्यक्ष हुन पाउने व्यवस्था


Rastra bank1

काठमाडौं, पुस १५ गते । बैंक तथा वित्तीय संस्थामा अध्यक्ष तथा बैंक प्रमुख दुई कार्यकालभन्दा वढी समय हुन नपाउने राष्टबैंकले निर्देशन जारी गरेको छ । तर एउटै व्यक्ति जति कार्यकाल पनि सञ्चालक हुन भने पाउने छ ।
अर्थमन्त्री विष्णु पौडेलले संसदमा पेस गर्नुभएको बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐनको मस्यौदमा सञ्चालकको कार्यकाललाई खुला गरिएको हो ।

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार अध्यक्ष तथा बैंक प्रमुख दुई कार्यकालभन्दा वढी एउटै व्यक्ति हुन नपाउने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले आफूले तयार पारेको मस्यौदामा यही व्यवस्थालाई निरन्तरता दिएको थियो । तर अर्थमन्त्रालयमा गएर मस्यौदामा केही हेरफेर भएको छ ।

अध्यक्षका हकमा एउटै व्यक्तीले दुई कार्यकाल मात्र निरन्तरता दिन सक्ने व्यवस्था गरिएको छ । ऐनमा प्रबन्ध सञ्चालकको पनि व्यवस्था गरिएको छ । सञ्चालक र प्रमुख कार्यकरी एउटै व्यक्ती हुँदा उसको पदलाई प्रबन्ध सञ्चालकका रुपमा व्याख्या गरिएको छ ।

राष्ट्र बैंकले जारी गरेको निर्देशन अनुसार नै प्रमुख कार्यकारी अधिकृतको पदलाई पनि दुई कार्यकालमा सीमित गरेको छ । एक कार्यकाल चार बर्षको हुने व्यवस्था छ । यसरी एउटै व्यक्ती एकै संस्थामा आठ बर्षसम्म प्रमुख कार्यकारी अधिकृत हुन पाउने छ ।

प्रमुख कार्यकारी अधिकृतको शैक्षिक योग्यतामा केही कडाइ गरिएको छ । लामो अनुभव नभएको व्यक्तीले स्नातकोत्तर गरेको हुनुपर्ने व्यवस्था र्छ । बैंकिङ, सरकारी तथा संगठित क्षेत्रमा काम गरेको १० बर्षे अनुभव भएको व्यक्तीले भने स्नातक गरे पनि योग्य हुन्छ ।

तपाईको प्रतिक्रिया