म्लाङ प्वाँहार प्रदर्शनको तयारीमा


Tamang

भक्तपुर, पुस २६ गते । तामाङ चलचित्र म्लाङ प्वाँहार (कालो अरिङगाल) आगामी फागुनको तेस्रो सातादेखि पहिलो प्रदर्शन हुनेभएको छ । तामाङ चलचित्र निर्माण भएकामध्ये पहिलो उच्च प्रविधिबाट यो चलचित्र निर्माण गरिएको छ ।

शुक्रबार रफत सञ्चार क्लबमा उक्त चलचित्रको प्रोमो भिडियो सार्वजनिक गरिएको छ । यस चलचित्रमा नेपाली समाजमा गरिब, निमुखा, बिपन्न र उत्पीडनमा परेका वर्गहरुमाथि पुँजीपति वर्गले गरेको अन्याय, अत्याचार र ज्यादति बिरुद्ध आवाज उठाई आमरुपमा समाजलाई सचेत र सजग गराई रुपान्तरणसहितको परिवर्तन गर्ने प्रयास गरिएको छ ।

वर्तमान समसामायिक विषयलाई समेटेर निर्माण गरिएको चलचित्र म्वाँङ प्वाँहारले राजनीतिक विकृतिमाथि पनि व्याङ्ग्यात्मक प्रहार गरेको छ । विशेषगरी नर्वाचनका क्रममा सर्व साधारणलाई विभिन्न प्रलोभन र लालचमा पारेर उनीहरुको मत आफ्नो पक्षमा पारी निर्वाचनमा बिजय हासिल गरी राज्यसत्तामा पुग्ने राजनीतिक चरित्रप्रति तिखो व्यङ्ग्य प्रस्तुत गर्दै चलचित्रले सर्वसाधारणलाई सचेत बन्न समेत प्रेरणा प्रदान गरेको छ ।

थोकर फिल्मस्को ब्यानरमा निर्माण गरिएको यस चलचित्रमा निर्देशक शंकर महर्जनले गरेका छन भने द्वन्द्वमा शंकर महर्जन, नृत्यमा अजय श्याङ्ताङ, रहेको प्रस्तुतकर्ता एवं खलनायक बिकु थोकरले जानकारी दिनुभयो ।

चलचित्रमा जंगे लोप्चन, सुनिता लुङ्बा, सफल दोङ, संगित दोङ, सुष्मा मोक्ताङ लगायतका कलाहरुले आफ्नो भूमिका प्रस्तुत गरेका छन् । थोकरले यस भन्दा अघि १७ वटा तामाङ चलचित्र र २ वटा नेपाली चलचित्रमा खलनायककोे भूमिका निर्वाह गरिसक्नुभएको छ । छोटो समयमा नै दर्शकको अत्यधिक मन जित्न सफल थोकरले चलचित्र निर्माण क्षेत्रलाई पनि तिब्र गतिमा अगाडि बढाएका छन ।

हालसम्म उहाँद्वारा निर्मित चलचित्र मायासे लासी, म्हेन्दो, नेपाली चलचित्र चक्र, ङाला माया र म्लाङ प्वाँहार रहेका छन ।पाँचवटा चलचित्र निर्माण गरिसक्नुभएको थोकरले पृथक ढंगको चलचित्र निर्माण गरी कलाको माध्यमबाट समाजलाई परिवर्तन गर्ने लक्ष्य राख्नुभएको छ ।

चलचित्रको प्रोमो नेपाली चलचित्रका बरिष्ठ कलाकार जयनन्द लामाले उद्घाटन गर्नु भएको थियो । उहाँले लामो समयसम्म कलाक्षेत्रमा लागि परेतापनि आर्थिक अभाबकाकारण तामाङ चलचित्र निर्माण गर्न नसकेता पनि निर्माण गरिएको चलचित्र उत्कृष्ट भएको बताउनु भयो ।

तपाईको प्रतिक्रिया