शान्तिको दूतको रुपमा एकताबद्ध हुन अध्यक्ष लीको अपिल


हमार पहुरा डट कम
काठमाडौं, जेठ १६ गते । हेवेनली कल्चर, वल्र्ड पिस, रेस्टोरेसन अफ लाईट (एचडब्लूपीएल) का अध्यक्ष म्यान ही लीले भावी पुस्तामा स्वतन्त्रता र शान्ति ल्याउन शान्तिको दुतको रूपमा एकताबद्ध हुन सबैमा अपिल गर्नुभएको छ । रूसले युक्रेनमाथि आक्रमण गरी युद्ध सुरु गरेपिछि अध्यक्ष लीले सो आव्हान गर्नुभएको हो ।

युद्ध र द्वन्द्वबाट जीवन र स्थिरताको वर्तमान खतराहरूको सामना गर्न, एचडब्लूपीएलको विश्व शान्ति घोषणाको २५ मे मा आयोजित ९ औं वार्षिक स्मरण अनलाइन समारोहमा सो आव्हान गरिएको हो । कार्यक्रममा करिब तीन हजार बढीको सहभागिता थियो । सो संस्थाले सन् २०१३ मा विश्व शान्ति घोषणाको आव्हान पनि गरेको थियो ।

एचडब्लूपीएल र शान्तिका परिवारहरूले युद्धको सम्भावनालाई रोक्न अन्तर्राष्ट्रिय कानून स्थापना गर्न लामो समयदेखि आह्वान गर्दैआएका छन् । अन्तर्राष्ट्रिय कानुनका विशेषज्ञहरूलाई विश्वव्यापी रूपमा भेला गरी १० धारा र ३८ उपधाराहरूसहितको सो संस्थाले घोषणापत्र समेत बनाएको छ ।

भारतमा द्वन्द्व समाधान गर्न शान्ति गतिविधिहरूको मामलाको रूपमा, धार्मिक ग्रन्थहरुको तुलनात्मक अध्ययनमा आधारित भएर धर्महरू बुझ्न थप सहयोगका लागि धार्मिक अगुवाहरूबीच सम्झौता पत्रहरू हस्ताक्षर गरिएको सो संस्थाले जनाएको छ । लमपुरमा एचडब्लूपीएल, धर्म र ज्ञानको अन्तर्राष्ट्रिय संगठन बीचको साझेदारीले स्थानीय नागरिकलाई शान्तिको मूल्यहरू बताउन शान्ति स्मारक निर्माण गर्न नेतृत्व गरेको थियो ।

कार्यक्रममा शान्तिसम्बन्धी गतिविधिहरूमा शिक्षकहरूको सहभागिता पनि प्रस्तुत गरिएको थियो । मेटाभर्सको प्रयोगको साथ शिक्षण पद्धतिलाई एक भर्चुअल विश्व प्लेटफर्मको रूपमा प्रदर्शन गरिएको थियो । जहाँ विद्यार्थीहरूले सामग्रीहरू पढेर र विश्वका धेरै भागहरूमा गरिएका विभिन्न शान्ति गतिविधिहरू अवलोकन गरेर शान्तिको अनुभव गर्न सक्षम हुन्छन् सो संस्थाले जनाएको छ ।

एचडब्लूपीएलसँग आवद्ध समूह इन्टरनेशनल पिस युथ ग्रुप (आईपीवाईजी) का निर्देशक यंग मिन चुङका अनुसार विगत नौ वर्षदेखि १७६ देशका सात लाख ३० हजार नागरिकहरूले डीपीसीडब्ल्यूको समर्थनमा हस्ताक्षर गरेका छन् । जसले तिनीहरूलाई आफ्ना विचारहरू प्रत्यक्ष रूपमा व्यक्त गर्न अनुमति दिन्छ ।

एक सहभागी विद्यार्थीले भनें, “मैले शान्ति प्राप्तिका लागि अन्तर्राष्ट्रिय कानुनको आवश्यकता सिकेको छु । हामीलाई शान्ति प्राप्त गर्न सक्ने कानुन चाहिन्छ ।” सबैले शान्तिको नागरिक बनेमा कानुनको आवश्यकता नपर्ने पनि ती विद्यार्थीले तर्क गरेका छन् ।

शान्तिको जग लोकतन्त्रसँग नजिक सम्बन्ध छ, जसले शान्ति प्रक्रियामा नागरिक समाजको सहभागिताको अनुमतिको लागि खुला कोठाको रूपमा काम गर्ने भनिएको छ । एचडब्लूपीएलले डीपीसीडब्ल्यूको लागि अन्तर्राष्ट्रिय संस्थाहरूको समर्थन जुटाएर र शान्तिको अनुभूति गर्न अन्तर्राष्ट्रिय मापदण्डलाई सुदृढ गर्न हातमा हात मिलाएर काम गर्दैआएको छ । नागरिक संगठनहरूसँग, एचडब्लूपीएलले शान्तिको जरा लिन सुनिश्चित गर्न सार्वजनिक हितका लागि गतिविधिहरू गर्दैआएको छ ।

तपाईको प्रतिक्रिया