मेगा र क्लियरिङ बैंकबीच सम्झौता


Mega

काठमाडौं, माघ ५ गते । मेगा बैंक नेपाल लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली (आइपीएस) सेवाको सम्झौता भएको छ ।

सम्झौतामा मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गर्नुभयो ।

अब क्लियरिङ हाउसले अन्तर बैंक विद्युतीय भुक्तानी सेवा सञ्चालनका लागि मेगा बैकलाई प्रणाली उपलब्ध गराउने बताइएको छ । सोपछि मेगा बैंकले अन्तर बैंक भुक्तानीको सेवा सुरुवात गर्नेछ । सम्झौताअनुसार कम्पनीसँग आवद्ध सदस्य बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुको खातामा भुक्तानी दिने र लिने लगायत कारोबारहरु सञ्चालन हुने बैंकले बताएको छ ।

यो प्रणालीबाट सदस्य बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकको रकम स्थानान्तरण, लाभांश भुक्तानी, आइपीओ रिफन्ड, बिल भुक्तानी, प्रीमियम भुक्तानी, सामाजिक सुरक्षा भत्ता, पेन्सन तलब र भुक्तानी, रेमिट्यान्स लगायतका भुक्तानी दिने तथा लिने सेवा सञ्चालन हुने बताइएको छ ।
प्रणालीमार्फत हुने कारोबार पारदर्शी हुने, अधिकतम संख्यामा हुने कारोबार सहजै गर्न सकिने, जोखिम न्यूनिकरण हुने लगायत सरल भुक्तानी सेवा समेत ग्राहकलाई प्रदान गर्न सकिने मेगा बैंकले जनाएको छ ।

मेगा बैंकका अहिले देशभर २९ वटा शाखा, ५३ स्थाामा शाखारहित बैंकिङ सेवा, ३२ वटा मेगा मनी मेशिन र १३ सय ४४ भन्दा बढी स्थानमा रेमिट्यान्स सञ्जाल रहेको बैंकले जानकारी गराएको छ ।

तपाईको प्रतिक्रिया