चुम्बन गर्दा आठ करोड व्याक्टेरिया सर्छन्


Kiss

चुम्बनबारे केही बेर सोच्नुभयो भने यो अनौठो र केही हदसम्म फोहोरी कृत्य जस्तो पनि लाग्छ। चुम्बन गर्दा एकअर्काको थुक, र्योल साटासाट हुन्छ। एकपटक चुम्बन गर्दा आठ करोड ब्याक्टेरिया एकजनाको शरीरबाट अर्काकोमा सर्ने गर्छन्। र, यसरी सर्ने सबै ब्याक्टेरिया हानिकारक हुँदैनन् भन्न सकिन्न।

केही समाजमा चुम्बनले साँच्चीकै सम्बन्धलाई सुरुचिपूर्ण बनाउने गर्छ। पश्चिमी समाजका मानिस रतिरागात्मक भावसहितको चुम्बन संसारभरिका मानिसले गर्छन् भन्ने ठान्छन्। तर, एउटा नयाँ अध्ययनले संसारभरिका आधाभन्दा कम संस्कृतिमा मात्र यस्तो खालको चुम्बन अस्तित्वमा रहेको देखाएको छ। अन्य जनावरमा पनि चुम्बन दुर्लभ छ।

शिकारी युगमा रहेका समूहमा चुम्बनको अस्तित्व भेटाइँदैन। न त त्यस्ता मानिसले चुम्बनप्रति अभिरुचि व्यक्त गर्ने गरेको नै पाइएको छ। त्यस्ता मानिसमध्ये कतिपयले त चुम्बनलाई वर्जित मान्ने गर्छन्। ब्राजिलमा पाइने मेहिनाकु कबिला समुदायले चुम्बनलाई निर्लज्ज र अश्लील कृत्य मान्ने गरेको छ।

kiss1

चुम्बनप्रति मानिसको अभिरुचि थाहा पाउन संसारभरिका १ सय ६८ सांस्कृतिक समुदायमा अध्ययन गर्दा ४६ प्रतिशत समुदायमा मात्रै कामोत्तेजनासहितको चुम्बन अभ्यास हुने गरेको पाइएको थियो। त्यसअघि ९० प्रतिशत सांस्कृतिक समुदायमा चुम्बन गरिन्छ भन्ने अनुमान गरिन्थ्यो। सो अध्ययनमा अभिभावकले आफ्ना सन्तानलाई वात्सल्य खन्याउनेगरी गर्ने चुम्बनलाई गणना गरिएको थिएन। जोडीबीच हुने कामोत्तेजनासहितको ओठमा ओठ जोडेर गर्ने चुम्बनलाई मात्र गणना गरिएको थियो।

जनावरलाई हेरेर केही हदसम्म हाम्रो चुम्बन स्वभावबारे बुझ्न सकिन्छ। मानवसँग मिल्दोजुल्दो जीव चिम्पान्जी र बोनबोस पिग्मी चिम्पान्जीले पनि चुम्बन गर्ने गर्छन्। इमोरी विश्वविद्यालयका बाँदरविद् फ्रान्स डी वालका अनुसार कुनै द्वन्द्व या झगडापछि चिम्पान्जीले एकअर्कालाई चुम्बन र आलिंगन गर्ने गरेका पटक–पटक देखिएको छ।

चिम्पान्जीहरूका लागि चुम्बन मेलमिलापको संकेत हो। भाले चिम्पान्जीमाझ चुम्बन अझ बढी आम छ। अर्को शब्दमा भन्नुपर्दा चिम्पान्जीहरूले गर्ने चुम्बनमा रतिराग अथवा कामभावना हुँदैन।

बोनबोसहरूले भने बढी मात्रामा चुम्बन गर्ने गर्छन्। चुम्बन गर्दा प्रायः जिब्रो परिचालन गर्ने गर्छन्। बोनबोस ज्यादै कामुक जनावरको श्रेणीमा पर्ने भएकाले चुम्बनमा जिब्रोको अधिकतम प्रयोगलाई अर्थपूर्ण मान्न सकिन्छ।

बोनबोसहरूले भने बढी मात्रामा चुम्बन गर्ने गर्छन्। चुम्बन गर्दा प्रायः जिब्रो परिचालन गर्ने गर्छन्। बोनबोस ज्यादै कामुक जनावरको श्रेणीमा पर्ने भएकाले चुम्बनमा जिब्रोको अधिकतम प्रयोगलाई अर्थपूर्ण मान्न सकिन्छ।

दुई व्यक्तिबीच भेट हुँदा सुरुमा हामी हात मिलाउँछौँ। तर, बोनबोसले सेक्स गरेर भेटघाट आरम्भ गर्छन्। अर्थात, उनीहरूका लागि सम्भोग हाम्रा लागि हात मिलाउनुजस्तै साधारण हो। त्यसैले रतिरागात्मक भावबाट प्रेरित भएर उनीहरू चुम्बन गर्छन् भन्न पनि सकिँदैन। किनकि, यस्तो भाव समन गर्न सेक्स उनीहरूलाई सहजै उपलब्ध हुन्छ।

यीबाहेक बाँकी कुनै पनि जीवले चुम्बन गर्दैनन्। थुतुनो छेउमा ल्याएर एकअर्कालाई सुँघ्ने, टाउको जोड्ने आदि गरे पनि र्याहल साटासाट गर्ने अथवा एकअर्काको ओठमा घर्षण गर्ने गर्दैनन्।

शुक्रबार साप्ताहिक बाट

तपाईको प्रतिक्रिया