तराईमा एमालेकै बर्चस्व छः सांसद बैजनाथ चौधरी


Baijnath

बैजनाथ चौधरी
केन्द्रीय सदस्य, नेकपा (एमाले) तथा सांसद

फागुन १४ गते शुक्रबार भैरहवामा एमालेले के उद्दश्यको लागी यो सभा गर्न लागिएको हो ?
नेकपा एमालेले मंसिर २१ गतेदेखी फागुन दोस्रो हप्तासम्मको अभियान अन्तरगत यो सभा गर्न लागेको हो । सभाको मुख्यता २ वटा उद्धेश्य छन् पहिलो नेपालको संविधान २०७२ को अन्तरबस्तुको बारेमा जनतालाई प्रस्टाउने दोस्रो तराईमा एमालेको वर्चवस्व कायमै छ भन्ने सबैलाई अनुभूति दिलाउने ।

यहांले तराईमा एमालेको वर्चवस्व छ भन्नु हुन्छ तर तराईमा संविधान जारी भएयता आन्दोलन चर्केको छ नि ?
आन्दोलन गर्नु एउटा पक्ष हो । अहिलेको युगमा १० जना मान्छेहरु सडकमा निस्कीएपछि आन्दोलन भईहाल्छ । तपाईले सोधे जस्तै तराईका जनता केही महिनादेखी बन्द हड्तालबाट दुखीः छन् । तर म यो दाबा साथ भन्छु की तराई मधेसमा एमालेको वर्चस्व विगतदेखी अहिले सम्म कायमै छ र यो सधैभरी रहिरहनेछ । पछिल्लो ०७० सालको निर्वाचनको तथ्यांकले पनि प्रस्टाएको छ की तराईमा एमाले कुन पोजीसनमा छ भन्ने । अहिले पनि तराईबाट ३६ जना सांसाद एमालेकै हुनुहुन्छ । जसमा ५ जना थारु जातिका र ७ जना मधेसी मुलका हुनुहुन्छ । जबकी १ सय १६ सिट रहेको तराईमा मधेसबादी दलको १२ सिट मात्रै जितेका छन् यसले के देखाउंछ । आफै बुझ्नुस् ।

संविधान पारित गर्नुभयो तर तराईबासीले संविधानप्रति असन्तुष्टि राखिरहेका छन यसलाई अब कसरी हेर्नुहुन्छ ?
यो संविधान समग्र नेपाली जनताको हो । कुनै जाति विशेषको होइन् । तराईका जनता पनि नेपाली हुन् । आम नेपाली जनताको लागी जसरी संविधानको मौलिक हकले अधिकार स्थापीत गरेको छ । त्यो अधिकार हिमाल, पहाड र तराईबासी सबैकोलागी हो । जहांसम्म तराईका जनताले केही अधिकार पाएनन भन्ने सबाल हो त्यो बुझाईमा कमी हो । त्यहि बुझाईमा कमीलाई हटाउन र भ्रमलाई चिर्न हामीले भैरहवमा सभा आयोजना गर्न लागेका हौं । संविधानमा थारु, मुश्लिम, दलित, मधेसी, आदीवासी, जनजाति, महिला लगायतका समुदायकोलागी समानुपातिक समावेशी सिद्धान्तको आधारमा मुल प्रवाहीकरणमा लैजाने भन्ने अठोटका साथ पहिलो संविधानको संशोधनमा व्यवस्था पनि गरिएको छ । सबै भन्दा महत्वपुर्ण कुरा तराईका मधेसी दलित जो सबैभन्दा पछाडी परेका समुदाय छन् तिनका लागी विशेष व्यवस्था गदै आम पछाडी परेका जनताकोलागी खाद्य संप्रभुता, शिक्षाको ग्यारेन्टी, रोजगार, आवास, शिक्षा, स्वास्थय लगायतका ग्यारेन्टी गर्दै समाजबाद उन्मूख व्यवस्था संस्थागत गर्नकोलागी यो संविधानले बाटो खुल्ला गरेको छ । यो धेरै नै महत्वपुर्ण कुरा हो । संविधानको अन्तरवस्तुको बारेमा बुझाउन पनि यो सभा आयोजना गरिएकोले सबै जनता उपस्थित हुनु जरुरी छ ।

संविधानको विषयमा सभा मार्फत नै जानकारी गराउनु पर्ने अवस्था किन आयो ?
दशकौको संघर्ष पछि मुलुकले लोकतान्त्रि गणतन्त्रीक नेपालको संविधान पाएको छ । यो संविधानले नेपाल र नेपालीलाई शान्ति र समृद्धि तर्फ उन्मूख गराउन भूमिका खेल्ने बाटो प्रशस्त गरेको छ । लुम्बिनी अन्चलका ६ वटौ जिल्लाबाट लाखौ जनता भैरह्वाको सभामा आउदैहुनुहुन्छ । सो सभालाई सम्बोधन गर्न एमालेका अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्रि के।पी शर्मा ओली, महासचिव इश्वर पोखरेल, उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसाल, स्थायी कमिटी सदस्य सत्यनारायण मण्डल, र छविलाल विश्वकर्मा लगायतका नेताहरु आउने फिक्स भएको छ । अन्य केन्द्रिय पदाधिकारी पनि आउनुहुनेछ ।

सभामा तराईबासी जनताको उपस्थिीति कत्तिको हुन्छ ?
हामीले तराई केन्द्रित गरेर नै भैरहवामा सभा आयोजना गरेका हौं सभामा लाखौ तराईबासी समुदायको उपस्थिीति हुन्छ । त्यसकोलागी पार्टिले मंसिर २१ गतेदेखी नै कार्यक्रम शुरु गरेको छ । अहिले एमाले नेता कार्यकर्ता लुम्बिनी अन्चलका जनताको घरघरमा जानुभएको छ । सबै जनतालाई सभामा सहभागी हुन निम्तो दिनुभएको छ । पश्चिम तराईको नवलपरासी, कपिलवस्तु र रुपन्देहीका मात्रै लाखौं जनता सभामा सहभागी हुने निश्चीत भएको छ ।

विराटनगरमा भएको एमालेको कार्यक्रममा दुर्घटना भएको थियो, यहां नहोला भन्न सकिन्न, तयारी के छ ?
म यो विशाल सभाको तयारीमा एकाध महिनादेखी लाग्दाको अनुभवले के देखाएको छ भने यहांका सबै जनता १४ गतेको सभामा सहभागी हुन लालयित छन् । हामीले सभाको तयारी गरिरहदा यहांका मधेसवादी दलका नेताहरुसंग गहन छलफल गरयौं । १२ गते बुधवार मधेसवादी दलका नेताहरुसंग छलफल गर्दा उहांहरुले खुसीका साथ १४ गतेको सभा सफल पार्न सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ । प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम भएको हुदां मधेसवादी दलहरुले पुर्ण सहयोग गर्ने बताउनु भएको छ । उहांहरुले स्वयं कार्यक्रमा सहभागी हुन्छौ, भनेर पनि भन्नु भएको छ । त्यत्तिमात्र होइन हामीले सबे दलका नेता र कार्यकर्तालाई सभामा सरिक हुन आहवन गरेका    छौं । यो कुनै चुनावी सभा होइन । समग्र रुपमा संविधानको बारेमा जानकारी दिने ध्ययेले आयोजना गरिएको सभा हो । यस्तो कार्यक्रममा कसैले विरोध गर्नुको तुक छैन ।

अन्त्यमा ‘
मैले पुनः पनि जोड दिएर भन्न चाहन्छु । लुम्बिनी अन्चलका सबै जनता फागुन १४ गते भैरहवा आउनुस् । यो सभा एमालेले संयोजन र आयोजना गरेको मात्रै हो । सभा जनताकोलागी सबै विचार आस्था र समुहका मानिसहरुकोलागी हो । शान्तिपुर्ण रुपमा हुन गईरहेका यो सभा जनताकोलागी आयोजना गरिएको हो । त्यसैले सबै काम थाती राखेर एक दिन भैहरवा आउनुस् । प्रधानमन्त्री लगायत एमाले शिर्ष नेताहरुले के भन्नु हुन्छ सुन्नुसस् । शन्तिपुर्ण रुपमा सम्पन्न हुने विशाल सभा जुन भैरहवा स्थित सिद्धार्थ रंगसालामा हुन गईरहेको छ , त्यसमा सबै आमा बुबा, दाजुभाई, दिदीबहिनी र आम जनसमुदायलाई सरिक हुन आहवन गर्दछु ।

(दैनिक नेपाल डट कमबाट)

तपाईको प्रतिक्रिया