वैशाख २४ गते पत्रकारिता दिवस मनाउने निर्णय ऐतिहासिक


SAM_3183

काठमाडौं, फागुन १८ गते । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले गोरखापत्र प्रकाशन शुरु भएको वैशाख २४ गतेलाई राष्ट्रिय पत्रकारिता दिवसकोरुपमा मनाउने सरकारको निर्णयलाई नेपालको पत्रकारिता तथा गोरखापत्रका लागि ऐतिहासिक उपलब्धी भएको बताउनुभएको छ ।

गोरखापत्र दैनिकको बहुभाषिक पृष्ठ ‘नयाँ नेपाल’को तीनदिने बहुभाषितक पृष्ठ सशक्तीकरण प्रशिक्षण कार्यक्रमको मंगलबार यहाँ उद्घाटन गर्नुहुँदै मन्त्री राईले त्यस्तो बताउनुभयो । त्यसका लागि उहाँले धन्यवाद र गोरखापत्र परिवारलाई बधाई ज्ञापन गर्नुभयो । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले गोरखापत्र प्रकाशन भएको मिति वैशाख २४ गतेलाई पत्रकारिता दिवसकोरुपमा मनाउने निर्णय गरेको थियो ।

SAM_3187

“गोरखापत्रको आफ्नै पहिचान, इतिहास र अस्तित्व छ, राष्ट्रिय पत्रकारिता दिवसको घोषणाले गोरखापत्रलाई नयाँ ढंगले अगाडि बढ्ने अवसर प्राप्त भएको छ” भन्नुहुँदै मन्त्री राईले भन्नुभयो, “गोरखापत्रको क्षेत्रीय प्रकाशन तत्काल शुरुगरेर प्रतिस्पर्धी र स्थानीयस्तरमा छिटो पु¥याउने काममा ढिलाई गरिनुहुन्न ।”

गोरखापत्रले विभिन्न ३० भाषाको सामग्री प्रकाशन गरेर सबैको अपनत्वबोध गराउने सकारात्मक प्रयासको शुरुवात गरेकोमा धन्यवाद दिनुहुँदै उहाँले सबै भाषाभाषिको पृष्ठ प्रकाशनका लागि तत्काल संस्थानलाई अगाडि बढ्न निर्देश गर्नुभयो । “गोरखापत्र राम्रो र हाम्रो अखबार बनाउनमा ढिलाई गरिनुहुन्न, बाँकी भाषाको पृष्ठ प्रकाशनका लागि थप पहल भइरहेको छ” मन्त्री राईले भन्नुभयो ।

नयाँ संविधानमै सबै भाषाभाषीलाई राष्ट्रिय भाषाको मान्यता दिइएकाले गोरखापत्रले सबै भाषाको पृष्ठ प्रकाशन गर्नुपर्छ भन्नुहुँदै सञ्चारमन्त्री राईले गोरखापत्रलाई समावेशीतासँगै आकर्षक, गुणस्तरीय, प्रभावकारीतामा जोड दिनुपर्छ भन्नुभयो ।

नयाँ संविधानमै सबै भाषाभाषीलाई राष्ट्रिय भाषाको मान्यता दिइएकाले गोरखापत्रले सबै भाषाको पृष्ठ प्रकाशन गर्नुपर्छ भन्नुहुँदै सञ्चारमन्त्री राईले गोरखापत्रलाई समावेशीतासँगै आकर्षक, गुणस्तरीय, प्रभावकारीतामा जोड दिनुपर्छ भन्नुभयो । नयाँ नेपाल पृष्ठमा कामगर्ने प्रतिनिधिहरुलाई हैसियत अनुसारको सुविधा दिन पनि उहाँले गोरखापत्रलाई निर्देश गर्नुभयो ।

संस्थानका अध्यक्ष रमेश तुफानले बहुभाषिक पृष्ठ प्रकाशन नै गोरखापत्रका लागि अर्को इतिहास भएको बताउनुहुँदै उहाँले त्यसलाई समान्यरुपमा हेर्न नहुने बताउनुभयो । पृष्ठ प्रकाशनमा काम गर्ने संयोजक तथा सहसंयोजकहरुको योगदानको चर्चा पछिसम्म हुने विश्वास व्यक्त गर्नुहुँदै अध्यक्ष तुफानले भाषाको संरक्षण र उत्थानको काम आफैमा इतिहासको खोजीगर्ने माध्यम भएको चर्चा गर्नुभयो ।

संस्थानका महाप्रबन्धक सुशील कोइरालाले स्थापना दिवस वैशाख २४ गतेलाई पत्रकारिता दिवसकोरुपमा मनाउने अवसर पाउनु गोरखापत्रका लागि ऐतिहासिक उपलब्धी भएको बताउनुभयो । गोरखापत्र संस्थान नरहँदा पनि दिवसकोरुपमा त्यसको सम्झना भइरहने विश्वास उहाँले सो अवसरमा विश्वास व्यक्त गर्नुभयो ।

गोरखापत्रले नागरिकलाई सुसुचित गराउने सँगसँगै भाषा र पहिचानलाई पनि स्थापित गरिरहेको बताउनुहुँदै महाप्रबन्धक कोइरालाले भन्नुभयो, “भाषिक पृष्ठ प्रकाशन गर्नु हाम्रोलागि गौरवको विषय हो, बाँकी विषय पनि क्रमशः थप्दै जानेछौं ।”

गोरखापत्रले नागरिकलाई सुसुचित गराउने सँगसँगै भाषा र पहिचानलाई पनि स्थापित गरिरहेको बताउनुहुँदै महाप्रबन्धक कोइरालाले भन्नुभयो, “भाषिक पृष्ठ प्रकाशन गर्नु हाम्रोलागि गौरवको विषय हो, बाँकी विषय पनि क्रमशः थप्दै जानेछौं ।” पृष्ठ संयोजकहरुले पाउने पारिश्रमिकमा ५० प्रतिशत बृद्धिगर्ने उहाँले कार्यक्रममा घोषणा गर्नुभयो । एक अंकको चारहजार रुपिया पाउँदैआएको संयोजक तथा सहसंयोजकहरुले पचास प्रतिशत बृद्धि हुँदा छ हजार रुपिया प्राप्त गर्नुहुनेछ ।

गोरखापत्रका निमित्त प्रधान सम्पादक पुष्कर माथेमाले पत्रकारिता दिवस मनाउने सरकारी निर्णयको स्वागत गर्नुहुँदै त्यसलाई गोरखापत्र प्रकाशन शुरुभएको एकसय १६ वर्षको ठूलो उपलब्धीको संज्ञा दिनुभयो । बहुभाषिक पृष्ठ प्रकाशन गर्नुपनि गोरखापत्रका लागि नमूना उपलब्धी रहेको बताउँदै माथेमाले त्यसलाई सामान्यरुपमा लिन नहुने चर्चा गर्नुभयो ।

SAM_3190

नयाँ नेपाल विभागका संयोजक लक्की चौधरीले भाषाभाषिका पृष्ठ संयोजक र सहसंयोजकहरुलाई विना नियुक्तीपत्र न्यून पारिश्रमिकमा काम गराउनु व्यवस्थापकीय कमजोरी भएको बताउनुभयो । समावेशी पृष्ठ प्रकाशनको आठवर्ष भएपनि सही व्यवस्थापन हुन नसकेको चौधरीले चर्चा गर्नुभयो ।

संस्थानका अध्यक्ष तुफानको सभापतित्वमा भएको उद्घाटनसत्रपछि पहिलो दिनको प्रशिक्षणको कार्यक्रम भएको थियो । पत्रकार जुनारबाबु बस्नेतले समाचार संकलन सीप र समाचारको विषयमा प्रशिक्षण दिनुभयो । विहिबारसम्म चल्ने प्रशिक्षणमा प्रधान सम्पादक माथेमा, प्रबन्ध सम्पादक श्रीओम श्रेष्ठ, पत्रकार नारद गौतम, केशव खनाल, लक्की चौधरी लगायतले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

तपाईको प्रतिक्रिया